×

NMB BANK
NIC ASIA

मुख्य समाचार : फ्रान्स र क्रोएसियामा कसले उचाल्ला विश्वकपको ट्रफी?, स्मार्ट लाइसेन्स नै नक्कली

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अगाडि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्प पूरा गर्ने उद्देश्यका साथ प्रभावकारीरुपमा काम गर्न मन्त्री र सचिवहरुलाई निर्देशन दिनुभएको छ । 

Muktinath Bank

सरकारको मूल लक्ष्य आर्थिक समृद्धि र विकास भएकाले त्यसमा कुनै पनि सम्झौता हुन नसक्ने र जनतालाई केन्द्रमा राखेर योजनाबद्ध विकास हुनुपर्ने प्रधानमन्त्रीको जोड थियो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार भएको छलफलमा मन्त्री तथा सचिवहरुको सहभागिता रहेको थियो । प्रधानमन्त्री ओलीले आगामी साउन १ गतेदेखि नै सरकारको नीति र कार्यक्रम तथा आगामी आवको बजेट कार्यान्वयनमा ल्याउने गरी कार्ययोजना ल्याउन सचिव र मन्त्रीहरुलाई निर्देशन दिनुभयो । 


Advertisment
Nabil box
Kumari

ट्यांकरमा लक सिस्टम लागू
नेपाल आयल निगमको प्रदेश नं १ को कार्यालय विराटनगरले निगमको तेल ढुवानी गर्ने ट्यांकरमा शनिबारदेखि आधुनिक ‘लक सिस्टम’ लागू गरेको छ । निगमका कार्यकारी निर्देशक सुशील भट्टराई र मोरङका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्यले संयुक्तरुपमा लक सिस्टमको उद्घाटन गरे । 

Vianet communication
Laxmi Bank

लक सिस्टम लागू भएसँगै आयल निगमका ३४० ट्यांकरमा ताला लगाइएको छ । लक सिस्टम (ताला) भारतमा तेल भर्दा लाग्ने र नेपाल आयल निगमको डिपोमा मात्रै लक खुल्ने आयल निगमले जनाएको छ । 

सेन्सरसहितको उक्त लक सिस्टम लगाएपछि तेल चोरी हुने, गुणस्तरमा तलमाथि हुने र विवादलगायत समस्या समाधान हुने आयल निगमको भनाइ रहेको छ ।

स्मार्ट लाइसेन्स नै नक्कली !
नक्कली सवारीसाधन चालक अनुमतिपत्र (लाइसेन्स) नियन्त्रण गर्न सरकारले प्रयोगमा ल्याएको ‘स्मार्ट लाइसेन्स’ नै नक्कली बन्ने गरेको भेटिएको छ । नक्कली ‘स्मार्ट लाइसेन्स’ प्रयोग गरी सवारीसाधन चलाउँदै आएका केही अभियुक्त पक्राउ परेपछि घटना पुष्टि भएको हो । 

नुवाकोटका मनोज गुरुङ र कालिकोटका चक्र नेपाली नक्कली स्मार्ट लाइसेन्ससहित पक्राउ परेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दियो । महानगरीय ट्राफिक सातदोबाटोका प्रमुख प्रहरी निरीक्षक सीताराम हाछेथूका अनुसार ट्राफिक नियम उल्लंघनको आरोपमा पक्राउ परेका चक्रको स्मार्ट लाइसेन्स विशेष परीक्षणपछि नक्कली भएको खुलेको हो । 

हाछेथूू लाइसेन्स स्मार्ट बने पनि जाँच गर्ने स्मार्ट प्रविधि ट्राफिक प्रहरीलाई नदिँदा कारोबार बढेको बताउँछन् । नयाँ पत्रिकामा खबर छ । 

राजपाले संसद्मा प्रभावकारी भूमिका खेल्ने 
राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले संघीय संसद्को दुवै सदनमा पार्टीको तर्फबाट प्रभावकारी भूमिका खेल्ने भएको छ । राजपा संसदीय दलको शनिबार सिंहदरबारमा बसेको बैठकले संसद्मा उठेका विषयमा जिम्मेवार ढंगले प्रस्तुत हुने निर्णय गरेको हो ।

बैठकले संसद्मा उठेका विषयमा गुण र दोषका आधारमा आफ्नो भूमिकालाई प्रभावकारी बनाउने निर्णय गरेको राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

यस्तै राजपा संसदीय दलकोे नेतामा पार्टीका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर सर्वसम्मत चयन भएका छन् । राजपा संसदीय दलको बैठकले उनलाई संसदीय दलको नेतामा सर्वसम्मतरूपमा चयन गरेको हो । 
    
अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोको प्रस्ताव तथा सबै नेताको समर्थनमा ठाकुर दलको नेतामा चयन भएको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले जानकारी दिए ।

भदौमा हुने भनिएको कांग्रेस महासमिति बैठक असोजमा
नेपाली कांग्रेसले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति बनाउन नसक्दा आगामी भदौमा हुने महासमिति बैठक प्रभावित हुने भएको छ । 

विधान संशोधनका लागि मस्यौदा तयारी गर्न समय लाग्ने कारण देखाउँदै सभापति शेरबहादुर देउवा असोज दोस्रो साता महासमिति बैठक बोलाउनुपर्ने निचोडमा पुगेको उनीनिकट एक केन्द्रीय सदस्यले बताए ।

कांग्रेसले भदौ अन्तिम साता महासमिति बैठक गर्ने निर्णय लिएको थियो । पार्टी निकायलाई संघीय संरचनाअनुसार रूपान्तरण गर्न महासमिति बैठकको मुख्य एजेन्डा विधानको संशोधन र परिमार्जन छ । त्यसअघि नै मस्यौदा टुंग्याउन दुवै पक्षका नेताबीच महामन्त्रीको संयोजकत्वमा विधान मस्यौदा समिति बनाउने समझदारी बनेको थियो ।

तर वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सदस्यको नाम नदिएका कारण समिति घोषणा हुन सकेको छैन । सभापति शेरबहादुर देउवाले शनिबार बूढानीलकण्ठस्थित आफ्नै निवासमा विश्वासपात्रहरूसँग पौडेल पक्षले नाम नदिए के गर्ने भन्ने विषयमा सुझाव लिएका थिए । 

राष्ट्र बैंकको योजना
नेपाल राष्ट्र बैंकले लघुवित्त एवं सहकारी संस्थालाई कर्जा सूचना केन्द्रको सञ्जालमा जोड्ने भएको छ । यसअघि वाणिज्य तथा विकास बैंकले आफ्नो वित्तीय विवरण कर्जा सूचना केन्द्रमा सम्प्रेषण गर्दे आएका छन् । 

नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको आर्थिक वर्ष ०७५÷७६ को मौद्रिक नीतिमा सूचना नपठाउने संस्थाले साउन महिनादेखि दुई प्रतिशतको विन्दुमा कर्जा नोक्सानी व्यहोर्नुपर्ने हुन्छ । नेपालमा सहकारी संस्थाको संख्या पुगनपुग ३५ लाख रहेको छ । 

साउन १ गतेदेखि शेयर कारोबार अनलाइनमार्फत 
तपाई शेयर कारोबार गर्नुहुन्छ ? काठमाडौँको धुलो र सवारी चापमा फसेर शेयर दलाल कम्पनीमा पुग्ने गर्नुभएको छ भने अब तपाईको दुःखको दिन सकिएको छ । तपाई अब घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजरुपमा नै कारोबार गर्न सकिने भएको छ ।

सरकारले आगामी साउन १ गते अर्थात आगामी मंगलबारदेखि स्वचालित विद्युतीय कारोबार प्रणाली (अटोमेटेड इलेक्ट्रोनिक ट्रेडिङ सिस्टम) लागू गर्ने भएको छ । शेयर कारोबारलाई थप व्यवस्थित, प्रभावकारी र लगानीमैत्री बनाउने उद्देश्यका साथ सो प्रणाली लागू गर्न लागिएको हो ।

सो प्रणाली लागू भएपछि अनलाइन कारोबारका लागि कारोबारकर्ताले पहिलो पटक शेयर दलाल कहाँ पुगेर ‘युजरनेम’ र ‘पासवर्ड’ भने लिनुपर्नेछ । त्यसपछि तपाईले घर, कार्यालय वा इन्टरनेट भएका जुनसुकै स्थानबाट पनि सहजैरुपमा शेयर खरिद वा बिक्री गर्न सक्नुहुन्छ । 

विश्वकपमा बेल्जियम बन्यो तेस्रो, उपाधिका लागि फ्रान्स र क्रोएसिया भिड्दै
विश्वकप फुटबलअन्तर्गत शनिबार भएको प्लेअफ खेलमा बेल्जियमले तेस्रो स्थान बनाउन सफल भएको छ । रुसको सेन्ट पिटर्सवर्ग रङ्गशालामा भएको खेलमा बेल्जियमले इङ्ल्याण्डलाई २–०ले पराजित गरेको हो ।  

यसैबीच उपाधिका लागि आज फ्रान्स र क्रोएसिया भिड्दै छन् । मस्कोस्थित लुझनिकी स्टेडियममा फाइनल प्रतिस्पर्धा हुनेछ । क्रोएसिया पहिलोपटक विश्वकपको फाइनलमा पुगेको हो भने फ्रान्सले तेस्रोचोटि फाइनलमा स्थान बनाएको हो । 

फ्रान्स एकचोटि विश्वविजेता भइसकेको छ । सन् १९९८ मा आफ्नै गृहभूमिमा भएको विश्वकपको फाइनलमा ब्राजिललाई हराएर ऊ विश्वविजेता बनेको थियो । 
क्रोएसिया पनि त्यही विश्वकपमा सेमिफाइनलमा पुगेको र फ्रान्सले नै उसलाई हराएको थियो । 

कसले उचाल्ला २१ औं विश्वकपको ट्रफी ?
विश्वकप फुटबलको रुसमा आज हुने उपाधि भिडन्तलाई सबैजसो पत्रपत्रिकाले प्रमुखताका साथ छापेका छन् । 
विश्वकपको फाइनलमा पुग्नु आफैंमा ठूलो उपलब्धि हो । उत्कृष्ट क्षमता प्रस्तुत गर्दै सबै खाले अप्ठ्यारा चिरेर उपाधि होडमा उभिएका फ्रान्स र क्रोएसियाबीच को अब्बल भन्ने होड आइतबार अन्त्य हुनेछ । 

यही होडमा खेलाडीले समेत आफूलाई विश्वकप विजेता टोलीको सदस्यका रूपमा उभ्याउने मौका पाउनेछन् । २१ औं विश्वकपको उपाधिको मुखमा रहेका फ्रान्स र क्रोएसिया दुवैको लक्ष्य अहिले उपाधि छ । फ्रान्स आफूलाई क्रोएसियाभन्दा बलियो रहेको दाबी गरिरहेको छ । यस्तै बलिया टोलीलाई धुलो चटाउँदै फाइनलमा स्थान बनाएको क्रोएसियाले पनि आफू उपाधिको वास्तविक हकदार ठानिरहेको छ ।

फ्रान्सले सन् १९९८ मा पहिलोपटक उपाधि जितेको थियो । त्यही इतिहास दोर्होयाउन फ्रान्सले अहिले निकै मेहनत गरिरहेको छ । २० वर्षअघि फ्रान्सले सेमिफाइनलमा क्रोएसियालाई हराएको थियो । 

फ्रान्सले अहिले त्यही क्रोएसियालाई फाइनलमा हराउनु पर्नेछ । संयोगवश २० वर्षअघि फ्रान्सले डिडियर डेसच्याम्पसको कप्तानीमा विश्वकप उचालेको थियो । अहिले उनै डिडियरले टोलीको प्रशिक्षण सम्हालेका छन् । 
डिडियर फ्रान्सलाई प्रशिक्षकका रूपमा पनि उपाधि दिलाउन चाहन्छन् । फ्रान्स टोली इतिहासकै बलियो भएको पनि डिडियरले दाबी गरे ।

यसैगरी पाँचपटक विश्वकपमा सहभागिता जनाएको क्रोएसिया रुस विश्वकपबाट आफूलाई नयाँ विजेता बनाउन चाहन्छ । सन् १९९१ मा युगोस्लाभियासँग छुट्टिएपछि क्रोएसियाले सन् १९९८ मा स्वतन्त्र राष्ट्रका रूपमा पहिलोपटक विश्वकप खेलेको थियो । 

पहिलो सहभागितामै क्रोएसियालाई फ्रान्सले सेमिफाइनलमै २–१ गोलले पराजित र्गयो । त्यसैले विश्वकपमा दोस्रोपटक फ्रान्ससँग प्रतिस्पर्धा गर्दा क्रोएसियाका लागि २० वर्षअघिको बदला लिने सुनौलो मौका छ । 

विश्वकपमा हालसम्म एकपटक मात्रै प्रतिस्पर्धा गरेका यी दुई टोलीबीच समग्रमा पाँचपटक भिडन्त भएको छ । तिनमा फ्रान्सले तीन खेलमा जित हात पारेको छ भने बाँकी दुई खेल बराबरीमा टुंगिएका छन् ।

‘हामीले यहाँसम्म आइपुग्न धेरै मेहनत गरेका छौं । विपक्षी फ्रान्सलाई कम आँकेका छैनौं । तर, सुन्दर फुटबल खेल्दै उपाधि जित्न हामी कुनै कसर बाँकी राख्नेछैनौं’, प्रशिक्षक ज्लाट्को डालिचले भने । 
फ्रान्स र क्रोएसिया बीचको फाइनल भिडन्तलाई युवाविरुद्ध अनुभवी टोलीको प्रतिस्पर्धा पनि मानिएको छ । 

विश्वकप फुटबलमा नयाँ इतिहास बन्ने वा पुरानै इतिहास दोहोरिने टुंगो पनि आइतबार लाग्नेछ । फ्रान्सले उपाधि जिते इतिहास दोर्होयाउनेछ भने क्रोएसिया विजयी बने नयाँ विजेता टोली जन्मिनेछ ।, अन्नपूर्ण पोस्टमा खबर छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x