×

NMB BANK
NIC ASIA

प्रहरीका सईलाई ६० हजार रुपैयाँ घुस दिन खोज्दा...

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं– शुक्रवार (२९ असार) अपराह्न, काठमाडौंको सामाखुसीमा २ जनाबीच झगडा भयो । दुई युवाको कुटपिट देखेपछि स्थानीयहरु जम्मा हुने नै भए । 

Muktinath Bank

स्थानीयको भीडमा एकजनाले आफू प्रहरी भएको बताउँदै अर्का व्यक्तिमाथि कुटपिट गरिरहेका थिए । कुटपिट गर्ने व्यक्ति थिए ओखलढुङ्गाका विजय मगर । कुटाइ खाने व्यक्ति पनि ओखलढुङ्गाकै रिजन सुनुवार थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

लागू औषध सेवनकर्ता र बिक्री समेत गर्ने रिजन र विजय दुवै सामान्य चिनजानका साथी हुन् । शुक्रवार आफूसँग लागू औषध नभएपछि विजयले रिजनसँग भएको लागू औषध खोस्नका लागि उनीमाथि आक्रमण गरेका थिए । 


Advertisment
Nabil box
Kumari

उनीहरुबीच झगडा भएको केही समयमै महानगरीय प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरी टोली घटनास्थलमा पुग्यो । भीडमा आफूलाई प्रहरी भनेर चिनाइरहेका विजय र रिजनलाई नियन्त्रणमा लिएर हिरासतमा राख्यो ।

Vianet communication
Laxmi Bank

अघिल्लो दिन (असार ३० गते) शनिवार परेकाले उनीहरुलाई आज (आइतवार) सार्वजनिक अपराधमा अनुसन्धान गर्न म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लैजाने तयारी हुँदै थियो । 

दुवैजनालाई गाडीमा हाल्ने तयारी भइरहेका बेला विजयले महाराजगंज वृत्तका प्रहरी नायव निरीक्षक (सई) टेक बहादुर कुँवरको हातमा एउटा पोको थमाए । मिनरल वाटरको बोत्तलमा हुने प्लास्टिकले बेरिएको पोको खोलेर हेर्दा सई कुँवर आश्चर्यमा परे । 

पोकोमा १००० दरका ६० नोट थिए । 

सई कुँवरले पोको खोलेर हेर्दा विजयले विन्ती गरे, हजुर मेरो गल्ती भयो । यो लिनुहोस् । मलाई रिहा गरिदिनुहोस् । 

त्यसपछि सई कुँवर विजय र उनले दिएको नोट समातेर वृत्त प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) भेषराज रिजालको कोठामा पुगे । 

रिजालले उनले दिएको पैसा बरामद गरेर मुचुल्का बनाउन लगाए । विजय र रिजन दुवईलाई सार्वजनिक अपराधमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट म्याद थप गराइसकिएको छ । 

विजयमाथि प्रहरी कर्मचारीलाई घुस रकम दिन खोजेको विषयमा थप अनुसन्धान गरी मुद्दा चलाइने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी मोहन थापाले जानकारी दिए । 

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x