×

NMB BANK
NIC ASIA

फोहोरको विषयमा विराटनगरमा फेरि झडप, आक्रमण गर्नेमाथि किटानी जाहेरी

असार ३१, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर-  विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारीले सर्बसाधारण माथि आक्रमण गरेको भन्दै आरोप लगोको छ ।

Sagarmatha Cement
Muktinath Bank

स्थानीयलाई कुटपिट गर्नुका साथै ज्यान मार्ने धम्की दिएको पीडितहरुले आरोप लगाएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

जिल्ला वन कार्यलय सुनसरीमा कार्यरत वन अधिकृत महेश कुमार साहका परिवारलाई कम्पनीका कर्मचारलै कुटपिट गरेको आरोप लागेको छ ।


Advertisment
Nabil box
Kumari

आफू घरमा नभएको मौकामा श्रीमती र छोराहरुलाई कुटपिट गरी गम्भीर घाईते बनाएको अधिकृत  साहले बताए ।

Vianet communication
Laxmi Bank

पीडीत परिवारले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी आफ्ना परिवार माथि कुटपिट भएको दाबी गरे ।

कुटपिटबाट जुनेली मार्ग बस्ने ५० बर्षिया बविता साह र दुई छोरालाई सरसफाई गर्न आएका कर्मचारीले कुटेको श्रीमान् महेशले पत्रकार सम्मेलन बताए ।

नगरक्षेत्रको सरसफाईको काम गर्दै आएको वेष्ट मेनेजमेन्ट ग्रपले जुनेली मार्गमा शनिवार बिहान ८ बजे पुगेका बेला बविता साहका परिवारलाई कुटपिट गरि धम्की दिएको उनीहरुको आरोप छ । कुटपिटबाट बविता साह, छोरा मोहित, मन्जुको अनुहार र घुडामा चोट लागेको उनले बताए । यस विषयमा वेष्ट मेनेजमेन्ट गु्रपसँग मिलेर काम गर्दै आएको संस्थाका प्रकाश ईङनामसंग बुझ्दा उनले फोहर संकलनको क्रममा ग्राहक बन्न अनुरोध गर्दा साह परिवारले उल्टै आफूहरुमाथि अवद्र व्यावहार गरेको बताए ।

एक बर्ष अगाडीसम्म ग्राहक बनेको तर ३ महिनादेखिको पैसा नतिरेका कारण हामीले सम्झाउन खोज्दा उल्टै बविता साह र उनका दुई २ छोराले फोहोर मैला संकलन गर्न पुगेका सहभागिहरूलाई गाली गलौज गरे, संस्थाका अध्यक्ष देबी आचार्यले भने, सम्झाउँदैमा आक्रमणमा उत्रिएपछि केही विवाद भएको हो । नियम अनुसार त सबैले सरसफाईमा सहभागी त हुनु पर्यो नी हैन र ?’ साह परिवारको आक्रमणबाट वेष्ट मेनेजमेन्ट गु्रपका सुपरभाइजर रमण गौतम केशरबहादुर कार्की , कृष्णप्रसाद पोखरेल र म आफू स्वयम घाईते भएको अध्यक्ष आचार्य बताए ।

श्रीमती बबीता र छोराहरुले घरबाट वेल्ना चक्लाले सहभागीहरुलाई कुटपिट गर्न लगाएको प्रत्यक्षदर्शी स्थानीयले बताए । साह परिवारले चक्कु लगायत घरेलु हातहतियार ल्याएर हान्न थालेपछि तत्काले वडा प्रहरीलाई खबर गरेका थिए । वडा प्रहरी कार्यालय विराटनगरबाट टंकप्रसाद कोईरालाको नेतृत्वमा गएकोे टोलीले विवाद साम्य पार्न खोज्दा पनि उल्टै प्रहरीसंग विवाद गर्न खोजेको स्थानियले बताए । प्रहरीले घटनास्थलबाट दुवै छोरालाई पक्राउ गरेको थियो ।

पक्राउ गरेको ५ घन्टा नवित्दै उनीहरूलाई रिहा गरेपछि स्थानीय गाउलेहरूले जिल्ला प्रहरी कार्यलयमा कार्वाहीको माग गर्दै किटानी जाहेरी दिएका छन् । विराटनगर महानगरपालिकाको सहयोगमा भैरहेको बिशेष अभियानमा संयुक्त टोल नगर समन्व्य समिति , जुनेली मार्ग टोल विकास संस्था , अभिराम यूवा क्लव, सरस्वती सिकाई केन्द्र र पाईला परिवर्तनको भन्ने संस्था सरसफाईको लागि गएका थिए ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x