×

NMB BANK
NIC ASIA

१५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ– हिमवत् खण्डको बहुसांस्कृतिक पक्ष झल्किने गरी सांस्कृतिक संग्रहालय स्थापना र यस क्षेत्रको कला साहित्य अध्ययन  मञ्च निर्माण गरी विश्वव्यापी सम्पर्क सञ्जाल गठन गर्ने प्रतिबद्धतासहित १५ बुँदे चन्द्रागिरि घोषणापत्र जारी भएको छ ।

Muktinath Bank

मदन भण्डारी कला साहित्य प्रतिष्ठानले २०५औँ भानु जयन्तीका अवसरमा आयोजना गरेको तीनदिने हिमवत् खण्ड साहित्य कला सम्मिलनको अन्तिम दिन प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा आइतबार चन्द्रागिरिमा सम्पन्न समापनसभामा सो घोषणापत्र जारी भएको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

त्यसप्रकारको सांस्कृतिक संग्रहालय बनाउन नेपाल सरकारले सम्बन्धित समुदायसँग सहकार्य गरी तत्काल कार्य आरम्भ गर्न सम्मिलनले ध्यानाकर्षण गराएको छ ।


Advertisment
Nabil box
Kumari

‘हिमवत् खण्ड कला साहित्य र संस्कृति,  विश्वव्यापी सम्पदा र मानवीय समृद्धि’ को उद्घोषसहित आयोजित सम्मिलनमा विश्वको सर्वोच्च शिखर सगरमाथासहितको हिमवत् खण्ड संसारको गौरव भएकाले यस भूखण्डमा संसारका १००० भन्दा बढी बोलिने भाषा, यसको प्रकृति, संस्कृति तथा उच्च मानवीय मूल्यको संरक्षण गर्न सङ्कल्प गरेको छ ।

Vianet communication
Laxmi Bank

यस प्रकारको सम्मिलनलाई निरन्तरता दिन आवश्यकताअनुसार पालैपालो विभिन्न क्षेत्रमा आयोजना गरी आपसी हार्दिकतालाई अरु प्रगाढ बनाउने एवं हिमवत् खण्डको वैभवलाई विश्वव्यापीकरण गर्ने प्रतिबद्धतासमेत गरिएको छ ।

घोषणापत्र तयारी समितिका संयोजक प्रा केशव सुवेदीले घोषणापत्र प्रस्तुत गर्दै हिमवत् खण्ड एशियाली भेगबाट सिर्जित वैदिक, ताओ तथा बौद्ध वाङ्मय, ज्योतिष विज्ञान, योग एवं आयुर्वेदले यस भेगको चेतनालाई सदैव उँचो पार्दै आएको तथ्यलाई स्वीकार गर्दै ज्ञान तथा चेतनाका ती गौरवशाली परम्परालाई अझ परिष्कृत र परिमार्जित गर्ने प्रस्ताव पारित भएको बताउनुभयो ।   

सम्मिलनले नेपालको विकास निर्माण र समृद्धितर्फको यात्रामा बहु सांस्कृतिक पहिचान कायम राख्दै अघि बढ्न सम्बद्ध सबै पक्षलाई आह्वान गर्दै यहाँ बोलचालमा रहेका १२३ भाषा तथा तिनसँग जोडिएका संस्कृतिको जीवन्ततालाई आपसमा सहकार्य गरी विकसित गर्नु आवश्यक ठानेको छ ।

विद्यमान कर्पोरेट विश्वमा प्रविधि उपयोगको नाममा मानवशक्तिलाई विस्थापन गरी रोजगारीको अवसर गुमिरहेको भन्दै सम्मिलनको घोषणापत्रमा भनिएको छ, “मेसिनले मानवशक्तिलाई विस्थापन गर्ने तर थप रोजगारी सिर्जना नगर्ने नाफाखोर प्रवृत्तिको घोर भत्र्सना गर्दै काम गरेर जीवन निर्वाह गर्नुपर्ने वर्गको रोजगारी सुनिश्चित गर्न सम्बन्धित पक्षलाई आह्वान गर्दछ ।”

समापन कार्यक्रममा सम्मिलन सफल बनाउन योगदान गर्नेलाई सम्मानित गरिएको थियो ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x