ट्रम्प र पुटिनबीच के विषयमा हुँदैछ वार्ता ?

असार ३२, २०७५

काठमाडौं – अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्प र रुसका राष्ट्रपति भ्लादिमिर पुटिन सोमवार फिनल्यान्डको राजधानी हेल्सिन्कीमा पहिलोपटक औपचारिक कुराकानी गर्न गइरहेका छन् । 

उनीहरूबीच सिरिया, इरान, अमेरिकी चुनावमा हस्तक्षेप र युक्रेनको विषयमा कुराकानी हुने सम्भावना छ । पूरै विपरीत स्वभावका यी दुई नेताबीचको वार्तामा संसारकै नजर छ । 

हेल्सिन्की बैठकअघि ट्रम्पले वार्ताबाट एकदमै कम परिणामको आशा राखेको बताएका छन् । ट्रम्पमाथि अमेरिकी चुनावमा रुसको हस्तक्षेपको विषय उठाउने दबाब छ ।

सन् २०१४ मा क्राइमियामाथि रुसको कब्जापछि अमेरिका र अन्य देशले मस्कोमाथि आर्थिक प्रतिबन्ध लगाएका थिए । अघिल्लो हप्ता ब्रसेल्समा भएको नाटो सम्मेलनमा भाग लिन पसगेका ट्रम्पले अमेरिकाका तर्फबाट क्राइमियालाई रुसी
क्षेत्रको रूपमा मान्यता दिने विकल्प खुला रहेको बताए । यो विषयमा पनि दुई नेताले कुरा गर्ने सम्भावना छ । 

रुसले लगातार सिरियाका राष्ट्रपति बशर अल–असदको समर्थन गरिरहेका छन् तर ट्रम्पले सिरियामाथि हवाई आक्रमणको आदेश दिइसकेका छन् । ट्रम्पका अनुसार, सिरियामा रुसले गरेको सहयोग सिरियाली सरकारलाई रासायनिक हतियार
प्रयोग गरेर नागरिकमाथि गरेको अत्याचार रोक्नका लागि हुनुपर्छ ।

अमेरिका र रुस सिरियाको विषयमा पनि सहमतिमा पुग्न सक्छन् ।

एजेन्सी 


ADVERTISEMENT

असार ३२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस