×

NMB BANK
NIC ASIA

यस्तो रणनीति अपनाएर फ्रान्सले जित्यो विश्वकप

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – क्रोएसियालाई ४–२ ले हराएर फ्रान्स दोस्रोपटक विश्व च्याम्पियन बनेको छ । प्रतियोगिताभर फ्रान्सको रणनीति पहिलो गोल गरेर विपक्षीमाथि दबाब बनाउने र गति कायम राख्ने नै थियो । 

टीमका मुख्य स्ट्राइकर किलिएन एम्बाप्पे तथा एन्टोइन ग्रीजम्यानले आक्रमणलाई गति दिए । यिनीहरूको जोडीले प्रतियोगिताभरि कुल आठ गोल गरे । मेस्सी, रोनाल्डो र नेयमारको संयुक्त भन्दा यो एक गोल बढी हो ।

प्रतियोगितामा एम्बाप्पे ३७ किलोमिटर प्रतिघन्टासम्मको गतिमा दौडिए । उनले ३४ किलोमिटर प्रतिघन्टामा कुद्ने क्रिस्टियानो रोनाल्डोलाई पनि पछारे । 

फ्रान्सले यस विश्वकपमा सबै ६ खेल ९० मिनेटभित्रै जित्यो । एउटा खेलमा चाहिँ उसले गोलरहित बराबरी खेल्यो । 

प्रशिक्षक डिशँप्सले तीन स्टार खेलाडी करीम, मार्सियल र पायेटलाई टोलीमा राखेनन् । उनीहरूका ठाउँमा कान्टे, एम्बाप्पे, पवार्ड र हर्नान्डेज जस्ता खेलाडीलाई मौका दिए ।

अग्रता लिँदै, प्रतिरक्षा गर्दै
अस्ट्रेलियाविरुद्धको पहिलो समूह चरणको खेलमा ग्रीजम्यानले पहिलो गोल गरे । फ्रान्सले यो खेल २–१ ले जित्यो । त्यसपछि पेरुविरुद्धको खेलमा एम्बाप्पेले एक गोल गरेर जीत दिलाए । डेनमार्कविरुद्धको खेल गोलरहित बराबरीमा टुंगियो । 

नकआउट चरणमा प्रिक्वार्टरफाइनलमा फ्रान्सको प्रतिस्पर्धा अर्जेन्टिनाविरुद्ध थियो । फ्रान्सले पहिलो गोल १३ मिनेटमै हान्यो । अनि खेल ४–३ ले जित्यो । क्वार्टरफाइनलमा त उसको क्लीन शीट रह्यो अर्थात् उसविरुद्ध विपक्षी उरुग्वे र
बेल्जियमले गोलै गर्न सकेनन् । फाइनलमा पनि फ्रान्सले नै पहिलो गोलको अवसर पायो र प्रतिस्पर्धा जित्यो । 

फ्रान्सका खेलाडीको तीव्र गतिले गर्दा नै उसका कुनै पनि खेल एक्स्ट्रा टाइममा पुगेनन् । पहिलो गोल हान्ने अनि दबाब बढाउनका लागि गतिको उपयोग गर्दै लगातार आक्रमणको तानाबाना बुन्ने रणनीति अपनाएकाले पनि फ्रान्सले सफलता
प्राप्त गरेको हो । 

प्रतियोगितामा कुल चार गोल गरेका किलियन एम्बाप्पेले योङ प्लेयर अवार्ड पाए । उनको कुदाइ र तीव्रताले विपक्षी डिफेन्डरहरूको सातो उडायो । 

सेमिफाइनलमा एम्बाप्पे ३७ किमि प्रतिघन्टाको गतिमा दौडेपछि उनलाई साथीहरूले मिस्टर ३७ भन्न थाले । 

फ्रान्सका प्रशिक्षक डिडिएर डिशँप्सले विश्वकपका लागि खेलाडी छान्दा युरो २०१६ को फाइनल खेलेकामध्ये १४ खेलाडी बाहिरै परे । यससम्बन्धमा प्रश्न उठ्दा डिशँप्सले उनको यो निर्णयले फ्रान्सेली फूटबलमा क्रान्ति ल्याउने बताए । 

डिशँप्सले युवा र तेज गतिका खेलाडीहरूको टीम तयार पारेर आफ्नो रणनीतिको सही कार्यान्वयन गरे । उनको रणनीतिलाई युवा टोलीले भरपूर सहयोग पनि ग–यो । 

डिशँप्सले फाइनलअघि विश्वकपभरि दुईवटा पारम्परिक फर्मेसन मात्र राखे । उनले ४–३–३ र ४–४–२ को फर्मेसनमा खेल खेलाएकोमा फाइनलमा भने नयाँ प्रयोग गरेर ४–२–३–१ को फर्मेसन राखे । अर्थात्, चार डिफेन्डर, दुई डिफेन्सिभ

मिडफील्डर, तीन अट्याकिङ मिडफील्डर र एक स्ट्राइकर । फाइनलमा टीमले चार गोल हानेपछि डिशँप्सको यो फर्मेसन सही साबित भयो ।

एजेन्सी

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
माघ १२, २०८०

युरोपेली अन्तरिक्ष एजेन्सी (इएसए) ले बिहीबार गुरुत्वाकर्षण तरङ्ग अर्थात अन्तरिक्ष समयमा तरङ्ग पत्ता लगाउने र पृथ्वीको सबैभन्दा नजिकको छिमेकी ग्रह शुक्रको रहस्य पत्ता लगाउनेसहित दुई वटा मिसन अघि बढाउन अनुमति दिएको छ...

फागुन १२, २०७९

सूर्य नेपाल गल्फ टुर २०२२-२३ अन्तर्गत चौथो प्रतियोगिता सूर्य नेपाल वेस्टर्न ओपनको दोस्रो दिन साविक विजेता एमेच्योर खेलाडी सुवास तामाङ ४-अन्डर ६५ को सानदार कार्ड तयार पार्दै शीर्ष स्थानमा उक्लिएका छन्। ​ ...

असार २, २०७५

काठमाडौं, २ असार–  विफा विश्वकपको समूह बी अन्तरगत अहिले स्पेन र पोर्चुगल  बीचको खेलमा जारी छ ।  १–१ गोलमा चलिरहेको खेलमा स्पेनको लागि डिएगो कोष्टाले २४ औं मिनेटमा गोल गरे ।&nbs...

असार ३२, २०७५

काठमाडौं – फ्रान्सले फिफा विश्वकप २०१८ को फाइनलमा क्रोएसियालाई ४–२ गोलअन्तरले हराएपछि प्रशंसकहरू उत्सवमा मग्न भएका छन् ।  राजधानी पेरिसमा मानिसहरू सडकमा आएर उत्सव मनाए । आईफल टावरम...

असार ७, २०७५

काठमाडौं, ७ असार – अर्जेन्टिनाका प्रशिक्षक जर्ज साम्पाओली कप्तान लियोनल मेस्सीको आलोचना गर्ने समर्थकमाथि खनिएका छन् । सानै उमेरमा स्पेन पुगी त्यहीँबाट क्लब फूटबल खेलिरहेका मेस्सीलाई कतिपय अर्जेन्टाइनले नै आलो...

जेठ २४, २०७५

काठमाडौं, २४ जेठ - फिफा विश्वकप फूटबल प्रतियोगिता यही जेठ ३१ गतेबाट रुसमा शुरु हुँदैछ । विश्वभरका करोडौं फूटबल समर्थक विश्वकपको प्रतिक्षामा छन् । आफूलाई मन पर्ने टोली र खेलाडीहरूको प्रदर्शनमा उनीहरूको नज...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x