×

NMB BANK
NIC ASIA

अन्तिम चरणमा सुनकाण्डको छानबिन : ४ नेपाली र ४ भारतीय ‘ठूला माछा’को सूचीमा

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – गत चैत २० गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गृह मन्त्रालयका सहसचिव ईश्वर पौडेलको नेतृत्वमा गठित छानबिन समितिको म्याद आज १ दिन मात्रै बाँकी छ । 

Muktinath Bank

तेस्रोपटक थपिएको म्याद असार मसान्तमा समाप्त हुनेछ । सरकारले अब समितिको म्याद नथप्ने लगभग निश्चित छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

गत माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भित्र्याएर हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या भएपछि पौडेलको नेतृत्वमा उच्चस्तरीय छानबिन समिति गठन भएको थियो ।


Advertisment
Nabil box
Kumari

समितिले सनम शाक्यको हत्या र नेपालमा हुने गरेको सुन तस्करीको छानबिन गरी जिल्ला सरकारी वकिलको कार्यालय मोरङमार्फत मोरङ जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ । 

Vianet communication
Laxmi Bank

समितिले गरेको छानबिनका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय मोरङले गत वैशाख १९ गते मोरङ जिल्ला अदालतमा ६३ जनाविरुद्ध मुद्दा दर्ता गरेको थियो ।

त्यसपछि अन्य ६ जनाविरुद्ध पनि सुन तस्करी प्रकरणमा मुद्दा दर्ता भइसकेको छ । 

सुन तस्करी प्रकरणका ६९ जना प्रतिवादीमध्ये ३३ जना मुद्दाको पुर्पक्षका लागि थुनामा छन् भने ४ जनालाई जिल्ला अदालत मोरङले धरौटी र तारेखमा रिहा गरेको छ । 

४ नेपाली र ४ भारतीय ‘ठूला माछा’को सूचीमा

सुन तस्करी प्रकरणमा प्रहरीका बहालवाला २ वरिष्ठ उपरीक्षक (एसएसपी), १ जना प्रहरी उपरीक्षक (एसपी) २ जना प्रहरी नायव उपरीक्षक (डीएसपी), १ पूर्व नायव महानिरीक्षक (डीआईजी), १ जना प्रहरी नायव निरीक्षक (सई)सहितका प्रहरी अधिकारी अहिले थुनामा छन् । 

तर सुन तस्करी प्रकरणको छानबिनका लागि गठित उच्चस्तरीय समितिले मोरङ उर्लाबारीका चूडामणि उप्रेतीलाई तस्करीको ‘ठूला माछा’को सूचीमा राखेको छ । 

हराएको भनिएको तस्करीको साढे ३३ किलो सुन नेपाल मगाउन व्यवस्थापकको भूमिका खेलेका भनिएका गोरेकै समूहको यातनाका कारण फागुन १७ गते सनमको मृत्यु भएको थियो । 

गृह मन्त्रालयको उच्च स्तरीय समितिले गोरेसहित फरार रहेका एमके अग्रवाल, थुनामा रहेका भुजुङ गुरुङ र छिरिङ वाङ्गेल घलेलाई ‘ठूला माछा’को सूचीमा राखेको छ । 

‘संगठित अपराधको अनुसन्धान गर्दा कुनै पनि अभियुक्तको अपराधिक कार्यमा संलग्नताको आधारमा उसलाई कति सानो र ठूलो भन्ने निष्कर्ष निकालिन्छ,’ सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिका एक सदस्यले लोकान्तरसँग भने, ‘अपराधमा संलग्नताको आधारमा गोरे मुख्य अभियुक्त हुन्, गोरेपछि मोहन अग्रवाल, भुजुङ र डेबिट भनिने छिरिङ क्रमश मुख्य अभियुक्त भएको वर्गीकरण गरेका छौं ।’

पौडेल नेतृत्वको समितिले साउन २ गतेतिर सरकारलाई बुझाउने गरी अहिले सुन तस्करी प्रकरणको अनुसन्धान प्रतिवेदन तयार पारिरहेको छ । 

प्रतिवेदनमा ४ जना नयाँ भारतीय नागरिकबारे पनि उल्लेख गरिएको समिति स्रोतले लोकान्तरलाई बतायो ।

नेपालबाट हुने सुन तस्करीमा ठूलो मात्रामा रकम लगानी गर्ने भारतीयको पहिचान भएको व्यहोरा प्रतिवेदनमा उल्लेख गरिने समितिका सदस्यले लोकान्तरलाई बताए । 

‘नेपालमा हवाइ मार्गमार्फत् तस्करी हुने अधिकांश सुन भारतीय बजारमा खपत हुने गरेको थियो । त्यसमा भारतीयको ठूलो लगानी हुने गरेको तथ्य पनि बाहिर आइसकेको छ,’ समितिका सदस्यले लोकान्तरसँग भने, ‘तस्करीको सुनमा ठूलो रकम लगानी गर्ने भारतीयको पहिचान भइसकेको छ । यद्यपि अहिले नै उनीहरूको नाम भने सार्वजनिक गरिने छैन ।’

समितिले प्रधानमन्त्री र गृहमन्त्रीलाई व्यक्तिगत रूपमा भारतीय लगानीकर्ताको नाम र विवरण बुझाउने भए पनि प्रतिवेदनमा उनीहरूको नाम उल्लेख नगर्ने जनाएको छ ।

अबको छानबिन सीआईबीले गर्ने

गृह मन्त्रालयको छानबिन समितिको म्याद सकिएपछि साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करीको थप अनुसन्धान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र जिल्ला प्रहरी कार्यालय मोरङले संयुक्त रूपमा गर्ने भएका छन् । 

सुनकाण्डका फरार प्रतिवादी तथा अन्य अभियुक्तलाई पक्राउ गर्न सीआईबीले मोरङ प्रहरीलाई सहयोग गर्ने छ ।

यस्तै तस्करीबारे नयाँ तथ्य फेला परे मोरङ प्रहरीले सीआईबी र प्रहरीको विशेष ब्यूरोको सहयोगमा छानबिन गर्नेछ ।

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x