×

NMB BANK
NIC ASIA

काठमाडौं –गत जेठ ३ गते राष्ट्रिय सभागृहमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरणको घोषणा हुँदै गर्दा साबिकको एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीले भने– ‘हामी मिसिएको होइन, अन्तरघुलन भएका छौं । हिन्द महासागरमा गएर यो पानी कहाँको हो भनेर छुट्ट्याउन सकिन्छ र ? अघिसम्म प्रचण्ड अर्कै पार्टीको नेता हुनुहुन्थ्यो । मैले भनेँ– तपाईँको माओवादी सिद्धियो । उहाँले जवाफ दिनुभो– तपाईँको एमाले पनि त सिद्धियो । खासमा यही कुरा सुन्नका लागि मैले त्यसो भनेको थिएँ ।’

Sagarmatha Cement
Muktinath Bank

प्रचण्ड पनि के कम, उनले त्यसअघि नै भनिसकेका थिए– ‘हाइड्रोजन र अक्सिजन मिलेर पानी बन्यो, अब छुट्ट्याउन मिल्दैन ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

दुई अध्यक्षको मुखबाट सोही दिन अन्तरघुलित भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) झण्डै दुई महिना बित्दा पनि छुट्टाछुट्टै अस्तित्वमा कायम छ । प्रदेश, जिल्ला र स्थानीय कमिटीमात्र होइन, जनवर्गीय संगठनहरू पनि अलग–अलग नै छन् ।


Advertisment
Nabil box
Kumari

मुलुककै शक्तिशाली सत्तारुढ दलको एकता प्रक्रियामा आमजनतालाई चासो हुने नै भयो । तर एकीकरण घोषणा भएयता बाहिर चर्चा हुनेगरी त्यस्तो कुनै पार्टी गतिविधि देखिएको छैन । सकारात्मक तथा नकारात्मक जेसुकै भए पनि चर्चा छ त केवल सरकारको । सरकार नेकपाकै अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा छ ।

Vianet communication
Laxmi Bank

के गर्दैछ नेकपा ?

पार्टी एकीकरणपछि बसेको नेकपाको पहिलो बैठकले १५ दिनको समय दिएर तीन फरक–फरक कार्यदल गठन गरेको थियो ।

एउटा कार्यादलले विधानको परिपूरक हुनेगरी नियमावली मस्यौदा निर्माण, अर्कोले संगठनात्मक एकीकरण र तेस्रोले जनवर्गीय संगठनको एकीकरण प्रक्रियालाई अघि बढाउने जिम्मा पाएका थिए । 

ती कार्यदलले आफ्नो काम पूरा गरेपछि अहिले आवश्यक थप कार्यदल गठन गरेर पार्टी एकीकरणलाई पूर्णता दिने प्रक्रिया अघि बढेको स्थायी समिति सदस्य बेदुराम भुसाल बताउँछन् । नियमावली मस्यौदा निर्माणका लागि गठित कार्यदलका सदस्यसमेत रहेका भुसालले भने– ‘विधान र नियमावली फाइनल भएको छ । जनवर्गीय संगठन तथा प्रदेश, जिल्ला र स्थानीय तहका कमिटीबीच पनि एकीकरणका लागि कार्यदलहरू बनेर काम गरिरहेका छन् ।’

कार्यदलले तयार पारेको नियमावली मस्यौदालाई महासचिव विष्णु पौडेल तथा सचिवालय सदस्यद्वय वामदेव गौतम र रामबहादुर थापा ‘बादल’ रहेको कार्यदलले अन्तिम रूप दिएपछि गत बुधबार बसेको सचिवालय बैठकले पारित गरेको छ । नियमावली पारित भएपछि संगठनात्मक एकीकरण प्रक्रिया तीव्र गतिमा अघि बढेको भुसालले बताए ।

नियमावली तयार भएपछि त्यसैको आधारमा काम अघि बढेको केन्द्रीय सदस्य खिमलाल देवकोटा पनि बताउँछन् । ‘शुरुमा काम गर्न अलि अप्ठ्यारो थियो, तर नियमावली तयार भएपछि त्यसैको आधारमा काम अघि बढेको छ,’ देवकोटाले भने ।

कहिले मिलिसक्छ सबै कमिटी ?

पार्टी कमिटी र जनवर्गीय संगठनबीच एकीकरणका लागि गठित कार्यदलहरूले तीन महिनाको समय पाएका छन् । ‘कार्यदलहरूले तीन महिनाको समय पाएका छन् । त्यस्तो खासै डेटलाइन नै भन्ने त छैन, तर तीन महिनाभित्र यी प्रक्रियाहरू पूरा गरिसक्ने भन्ने छ,’ नेता भुसालले लोकान्तरसँग भने ।

उता देवकोटा भने ‘टाइम टेबल’ नै बनाएर तीन महिनाभित्रै एकता प्रक्रिया पूरा गरिसक्ने बताउँछन् । ‘टाइम टेबल नै बनाएर तीन महिनाभित्रै सक्ने गरी काम अघि बढेको छ,’ देवकोटाले भने, ‘सक्नु नै पर्छ, नत्र पार्टी फङ्सन नै हुँदैन ।’

कसरी चलिरहेको छ पार्टी ?

देवकोटाका अनुसार पार्टी कमिटीहरू तीन ढंगले चलिरहेका छन् । ‘केही स्थानमा स्वतस्फूर्त रूपमै एकीकरण भइसकेको छ, अधिकांशले संयुक्त निर्णय गरेर काम गरिरहेका छन्, केही भने छुट्टाछुट्टै अस्तित्वमा छन् र उनीहरूको खास गतिविधि पनि छैन,’ उनले लोकान्तरसँग भने ।

चुनावअघिको गठबन्धनका कारण पार्टी एकता प्रक्रियालाई निष्कर्षमा पुर्‍याउन निकै सहज भएको उनको अनुभव छ । ‘प्रि–इलेक्सन कोएलिनसन’का कारण धेरै सहज भएको छ,’ देवकोटाले भने, ‘केन्द्रमा निर्णय भइसकेको र एकसाथ चुनाव लडेकाले पार्टी एकीकरणका सम्पूर्ण प्रक्रियालाई पूर्णता दिन समस्या छैन ।’

छिट्टै सम्पूर्ण पार्टी कमिटी एक भएर अघि बढ्ने उनको विश्वास छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x