×

NMB BANK
NIC ASIA

दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा

असार ३२, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- चालु आर्थिक वर्षको एघार महीनामा शोधनान्तर स्थितिमा केही सुधार आएको छ । 

Muktinath Bank

नेपाल राष्ट्र बैंकका अनुसार दश महिनामा रु १८ अर्ब ९३ करोड रहेको शोधनान्तर घाटा एघार महिनामा रु चार अर्ब ३४ करोडमा सीमित रहेको छ । गत आवको जेठ मसान्तमा विदेशी विनिमय सञ्चिती रु १० खर्ब ९४ अर्ब पुगेको छ, जुन ९.६ महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

आर्थिक वर्ष २०७५÷७६ को कृषि उत्पादन बाँकी अवधिमा हुने मनसुनी वर्षामा निर्भर रहने र समीक्षा अवधिमा पर्यटक आगमनमा वृद्धि हुनाका साथै २०७२ वैशाखको भूकम्पबाट क्षतिग्रस्त निजी आवास पुनःनिर्माणले गति लिएकाले आगामी दिनमा आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने राष्ट्र बैंकले आज सार्वजनिक गरेको ११ महिनाको आर्थिक अवस्थाका विषयमा जनाइएको छ । 


Advertisment
Nabil box
Kumari

समीक्षा अवधिमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले वृद्धि भई रु छ खर्ब ७९ अर्ब ७३ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले बढेको थियो । खुद ट्रान्सफर आप्रवाह भने ०.१ प्रतिशतले बढी रु सात खर्ब ७६ अर्ब २७ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय ११.६ प्रतिशतले बढेको थियो । 

Vianet communication
Laxmi Bank

वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिने नेपालीको संख्या (पुनः श्रम स्वीकृतिबाहेक) समीक्षा अवधिमा ८.२ प्रतिशतले घटेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो संख्या ३.५ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा चालू खाता रु दुई खर्ब ९ अर्ब २१ करोडले घाटामा गएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा रु दुई अर्ब ९९ करोड थियो । 

समीक्षा अवधिमा आयात उल्लेख्य रहेकाले चालू खातामा उच्च घाटा भएको हो । फलस्वरुप अघिल्लो वर्षको एघार महिनामा रु ७४ अर्ब २३ करोडले बचतमा रहेको समग्र शोधनान्तर स्थिति समीक्षा अवधिमा रु चार अर्ब ३४ करोडले घाटामा छ । समीक्षा अवधिमा प्रत्यक्ष वैदेशिक लगानी आप्रवाह रु १५ अर्ब ८८ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो लगानी रु १२ अर्ब २७ करोड थियो । 

गत वर्ष असार मसान्तको रु १० खर्ब ७९ अर्ब ४३ करोड रहेको कुल विदेशी विनिमय सञ्चिती चालु आवको जेठ मसान्तमा १.३ प्रतिशतले वृद्धि भई रु १० खर्ब ९४ अर्ब पुगेको छ । कुल विदेशी विनिमय सञ्चितीमध्ये राष्ट्र बैंकमा रहेको सञ्चिती गत आवको असार मसान्तको रु नौ खर्ब २७ अर्ब २७ करोडको तुलनामा गत आवको जेठ मसान्तमा ५.५ प्रतिशतले वृद्धि भई रु नौ खर्ब ७८ अर्ब १८ करोड पुगेको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १४, २०८०

नेपाली वायुयान कम्पनीहरूलाई युरोपेली आकाशमा उडान अनुमति दिन युरोपियन युनियन (ईयू) सकारात्मक देखिएको छ ।  ईयूले बुधवार नेपाल नागरिक उडान प्राधिकरण (क्यान)लाई एक पत्र लेख्दै क्यानको नेतृत्वले यही गतिमा ...

चैत ८, २०८०

काठमाडौँ । गृह मन्त्रालयले आफ्नो विवादित निर्णय सच्याएको छ । साइबर अपराध नियन्त्रणको नाममा पत्रपत्रिका र अनलाइन सञ्चारमाध्यमलाई कारबाही गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीहरुलाई दिने गरी भएको निर्णय विवादमा तानिएप...

चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

मंसिर ५, २०८०

​कोका–कोला इन्डियाले आईसीसी मेन्स क्रिकेट वर्ल्डकप २०२३ मा एक विशेष पहलको शुरूवात गरेको छ । कोका–कोलाले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)सँगको साझेदारीमा पूरै रिसाइकल गरिएको पेट बोतलहरू...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x