२३ स्वास्थ्य संस्था स्थानीय तहमा हस्तान्तरण

असार ३२, २०७५

रसुवा- जिल्ला जनस्वास्थ्य कार्यालयले आफ्नो मातहतमा रहेका विभिन्न स्वास्थ्य संस्थालाई आज एक समारोहबीच स्थानीय तहलाई हस्तान्तरण गरेको छ । 

एक प्राथमिक स्वास्थ्य केन्द्रसहित १८ सरकारी र पाँच सामुदायिक गरी कुल २३ वटा स्वास्थ्य संस्थालाई स्थानीय तहमा हस्तान्तरण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा गुणनिधि शर्माले जानकारी दिनुभयो । 
हस्तान्तरण गरिएका सबै स्वास्थ्य संस्था साउन १ गतेबाट स्थानीय तहको रेखदेख र अनुगमनमा रहने बताइएको छ । 


ADVERTISEMENT

हस्तान्तरण गरिएका स्वास्थ्य संस्थामध्ये नौकुण्ड गाउँपालिकामा चार, आमाछोदिङमोमा पाँच, गोसाइँकुण्डमा छ, उत्तरगयामा चार र कालिका गाउँपालिकामा चार वटा रहेका छन् । 

असार ३२, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस