×

NMB BANK
NIC ASIA

विराटनगरका मुख्य सडकमा आजदेखि ‘नो पार्किङ’, अटेर गरे कारबाही

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर– आजबाट विराटनगर महानगरपालिको मुख्य बजार ट्राफिक चोकदेखि जलजला चोकसम्म पार्किङ निषेध गरिएको छ । मुख्य बजार क्षेत्रमा एकतर्फी पार्किङ हुँदै आएको थियो । 

Sagarmatha Cement
Muktinath Bank

पार्किङका कारण प्रदेश नम्बर १ को अस्थायी राजधानीमा ट्राफिक व्यवस्थापनमा समस्या देखिएपछि जिल्ला ट्राफिक प्रहरी कार्यालयले साउन १ गते अर्थात आजदेखि पार्किङ निषेध गरेको हो । पार्किङका लागि बजार क्षेत्रमा बुधहाट चोकको ‘ए’ र ‘बी’ प्लटमा व्यवस्था मिलाइएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

पार्किङ  निषेधित क्षेत्र घोषणा गरिएपछि विराटनगरको बुधहाट चोकदेखि जलजला चोकमा हुँदै आएको एकतर्फी ‘वान वे’ नियम दुई पाङ्ग्रे सवारी साधनका लागि हटेको छ । सो क्षेत्रमा सिटी सफारी सहितका अन्य सवारी साधनका लागि भने एकतर्फी कायम रहने छ । 


Advertisment
Nabil box
Kumari

विराटनगर महानगरपालिकासँगको समन्वयमा सडकमा पार्किङ निषेध गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रहरी निरीक्षक शिव पोखरेलले जानकारी दिए । पोखरेलका अनुसार, पार्किङ निषेध गरिएको क्षेत्रमा दैनिक ३ देखि ४ सय मोटरसाइकल र ६० देखि ७० चार पाङ्ग्रे गाडी पार्किङ हुने गरेका थिए ।

Vianet communication
Laxmi Bank

बजार क्षेत्रको अस्तव्यस्तलाई व्यवस्थापन गर्न पार्किङ निषेध गरिएको बताउँदै उनले तत्कालका लागि गुद्रीको ‘ए’ र ‘बी’ प्लटको खाली जग्गा र नमस्कार होटल अगाडी खाली रहेको जग्गालाई पनि पार्किङको रुपमा प्रयोग गरिने बताए । 

साउन १ गतेदेखि सार्वजनिक सवारी साधनले भाडादर देखिने स्थानमा टाँस्नु पर्ने, सार्वजनिक सवारी साधनका चालकले जुत्ता अनिवार्य लगाउनु पर्ने, कर्मचारीले अनिवार्य पचिय पत्र झुण्ड्याउनु पर्ने,  जेष्ठ नागरिक, अपांग र महिलाको सिट अनिवार्य आरक्षण गर्नु पर्ने व्यवस्था पनि कडाइका साथ कार्यान्वयनमा ल्याइने भएको छ ।

यसरी लागू गरिएको नियम साउन ७ गतेसम्म सूचित गरिने र त्यसपछि अटेर गरे कारबाही गरिने प्रहरी निरीक्षक पोखरेलले बताए ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

मंसिर ८, २०८०

पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x