×

NMB BANK
NIC ASIA

मिर्गाैला रोगीको उपचार गर्न हेटौँडामा थप दुई डाइलाइसिस मेशिन

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

हेटौँडा- आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुर (पुलचोक) ले आगामी भदौको दोस्रो सातामा मकवानपुरको हेटौँडामा मिर्गाैला रोगीको उपचारको लागि सहज तुल्याउन थप दुईवटा डाइलाइसिस मेशिन उपलब्ध गराउने भएको छ । 

हाल हेटौँडा उपमहानगरपालिका–११ थाना भर्याङस्थित चुरेहिल अस्पतालको कार्यकक्षमा आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरद्वारा विसं २०७४ साल पुस १६ गतेदेखि नियमित मिर्गौला रोगीका लागि डाइलाइसिस सेवा उपलब्ध गराउँदै आएको छ । 

अहिले सर्लाही, रौतहट र मकवानपुर जिल्लाका गरी करीब ३० जना मिर्गौला रोगीलाई उपचारको क्रममा क्रमशः प्रत्येक दिनको तीनपटक डाइलाइसिस सेवा सरकारी सुविधामा निःशुल्क उपलब्ध गराउँदै आएको आरोग्य स्वास्थ्य प्रतिष्ठान हेटौँडाका इञ्चार्ज स्टाफ नर्स रिना सिलवालले जानकारी दिनुभएको छ । 

अहिले सर्लाही, सिन्धुली, रौतहट र मकवानपुरका गरी करीब २३ जना थप मिर्गौला रोगी डाइलाइसिस सेवाका लागि प्रतिक्षा सूचीमा रहेका र ती बिरामीलाई आगामी भदौको २० गतेदेखि नियमित डाइलाइसिस सेवा उपलब्ध गराउन आवश्यक प्राविधिक तयारी भइरहेको र ती बिरामीलाई थप उपचारका लागि वरिष्ठ मिर्गाैला रोग विशेषज्ञ चिकित्सकको पनि सेवा उपलब्ध गराउनेतर्फ पहल गरिएको चुरेहिल अस्पतालका वरिष्ठ प्रशासन प्रमुख रविरमण अधिकारीले बताउनुभएको छ । 

हेटौँडा उपमहानगरपालिका–१४ बस्ने मिर्गौला रोगी गुरुङबहादुर आलेमगर र वडा नं ८ राजपानी बस्ने मिर्गौला रोगी मीना परियारले हेटौँडास्थित चुरेहिल अस्पतालमा नियमित डाइलाइसिस उपचार गरिरहेको भएपनि तत्काल डाइलाइसिस कार्यकक्षमा बिरामीलाई आकस्मिक रुपमा आइपर्ने समस्यालाई तत्काल उपचार विधिमा लैजान वरिष्ठ मिर्गौला रोग विशेषज्ञ चिकित्सक उपलब्ध नहुँदा अहिले निकै कठिनाइ भोग्नुपरेको उल्लेख गर्दै आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरबाट एकजना विशेषज्ञ चिकित्सक उपलब्ध गराइदिन सम्बन्धित निकायलाई अनुरोध गर्न माग गरेका छन् । 

आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा सञ्चालित डाइलाइसिस सेवालाई अझ प्रभावकारीरुपमा सेवासुविधा उपलब्ध गराउन दुईजना स्टाफ नर्स उपलब्ध गराउने र ती प्राविधिक जनशक्तिलाई अहिले डाइलाइसिससम्बन्धी तालीम उपलब्ध गराइएको र आगामी भदौको दोस्रो साताबाट ती स्टाफ नर्स हेटौँडामा कार्यरत रहनुहुने आरोग्य स्वास्थ्य प्रतिष्ठान, हेटौँडाका इञ्चार्ज रीना सिलवालले बताउनुभएको छ । 

यसअघि आरोग्य स्वास्थ्य प्रतिष्ठान ललितपुरले हेटौँडामा तीनवटा डाइलाइसिस मेसिन उपलब्ध गराएको थियो । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x