×

NMB BANK
NIC ASIA

एकै पटक छ वटासम्म शव जलाउन सकिने गरी महाकालीमा घाट निर्माण हुँदै

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

कञ्चनपुर- भीमदत्त नगरपालिका–१२ महाकाली तटीय क्षेत्र ऐरीमा दाहसंस्कारका लागि अन्त्येष्टिघाट बनाउने प्रक्रिया अगाडि बढेको छ । 

अन्त्येष्टि घाट बनाउनका लागि रु तीन करोडमा ठेक्का सम्झौता गरिएको छ । शनिदेव निर्माण सेवा कम्पनीसँग घाट निर्माणका लागि ठेक्का गरिएकाले असोज महिनादेखि कार्य शुरु हुने शहरी डिभिजन क्षेत्रीय कार्यालयका प्रमुख रवीन्द्र बोहराले बताउनुभयो । सम्झौता भएदेखि डेढ वर्षमा कार्य सकिने घाटमा एकै पटक छवटासम्म शव जलाउन सकिने गरी डिजाइन तयार गरिएको छ । 

घाट महाकाली नदीमा बन्न लागेको छलेनको पुलको पूर्व भागसँग जोडिएको क्षेत्र भुजेलामा नदी र छलेनको बाटोको बिचमा निर्माण हुने बोहराले बताउनुभयो । 

उहाँका अनुसार घाटमा वर्षायाममा पानी धेरै आउने भएकाले उक्त समयका लागि अग्लो स्थानमा जलाउने र हिउँदमा पानी कम हुने भएकाले सिँढीमार्फत तल गएर अलि गहिरो पानी भएको ठाउँमा जलाउन सकिने गरेर डिजाइन तयार पारिएकोले अब शव जलाउन तथा घाटको समस्या नहुने भएको छ । 

घाटको संरचना ५० मिटर लम्बाइ र २५ मिटर चौडाइमा रहने छ । सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय धनगढीले अन्त्येष्टि घाट निर्माणका लागि रु चार करोड ५० लाखको ठेक्का आह्वान गरेको थियो । 

तीन वर्षसम्म सञ्चालन हुने सघन शहरी विकास कार्यक्रमअन्तर्गतका महाकाली नदीमा अन्त्येष्टि घाट निर्माण पहिलो नम्बरमा राखिएको छ । 

शाखाका इञ्जिनियर गोरखबहादुर सिंहले गुरुयोजना बनाएर अन्त्येष्टि घाट निर्माणका लागि ठेक्का गरिएको बताउनुभयो । चारैतिर पर्खाल हुने घाटमा खुला र टिनका छाना भएका चारचार घर हुने गुरुयोजनामा उल्लेख गरिएको छ । यसैगरी, हरियाली, आवतजावत गर्ने बाटो, नदी रोक्न पर्खाललगायतका संरचना निर्माण गर्ने योजना छ । 

महाकाली परमधाम शान्तिघाट जिल्ला समितिका अध्यक्ष तारादत्त जोशीले घाट निर्माणका लागि ठेक्का सम्झौता गरिएपछि वर्षौंदेखिको सपना पूरा हुन लागेको बताउनुभयो । 

भारतीय सीमा सुरक्षा बल एसएसबीले शारदा ब्यारेज नजिक नदीमा दाहसंस्कारमा अवरोध गर्न थालेपछि जोशीलगायतले घाट निर्माणका लागि अभियान चलाउनुभएको थियो । 

घाट निर्माणका लागि ब्रह्मदेव, झोलुंगे पुल, ओदालीलगायतका अन्य स्थानलाई सम्भाव्य क्षेत्रका रुपमा हेरिएको थियो । घाट निर्माणको कार्यलाई नगरको गौरवको योजनाअन्तर्गत समेत राखिएको छ । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x