पुस २, २०७५
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – कुनै देशको राष्ट्रपतिले आफ्नै जासूसी निकायविरुद्ध गई अर्को देशलाई समर्थन गर्ने कुरा बिरलै मात्र भेटिन्छ । तर अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले यस्तै काम गरेका छन् । यसलाई ट्रम्पको आत्मघाती गोलका रूपमा हेरिएको छ ।
फिनल्यान्डको राजधानी हेल्सिन्कीमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखरवार्तापछि ट्रम्पलाई अमेरिकी चुनावमा रुसको हस्तक्षेपका विषयमा प्रश्न गरिएको थियो । उनले एफबीआईलाई नै प्रश्नको कठघरामा उभ्याए ।
ट्रम्पले आफ्नै जासूसी संस्थालाई आलोचना गर्दा अमेरिकामा उनको निन्दा गरिएको छ ।
सन् २०१६ को राष्ट्रपति चुनावका बेलामा रुसले हस्तक्षेप गरेको विषयमा विश्वास गर्नुपर्ने कुनै कारण नरहेको ट्रम्पले बताए ।
ट्रम्प र पुटिनबीचको भेटघाटभन्दा अघि रोबर्ट मुलरको अध्यक्षताको जाँचबुझ समितिले चुनावमा ट्रम्पकी प्रतिद्वन्द्वी हिलारी क्लिन्टन र डेमोक्रेटिक पार्टीको कम्प्युटर सर्भर ह्याक गरेर लीक गरेको आरोप १२ जना रुसी जासूसी अधिकारीमाथि लगाएका थिए ।
हेल्सिन्कीमा ट्रम्पमाथि चुनावको हस्तक्षेप मुद्दा पुटिनसमक्ष उठाउने दबाब थियो । तर उनले बैठकपछिको पत्रकार सम्मेलनमा मस्कोविरुद्ध एक शब्द पनि उच्चारण गरेनन् । उल्टो उनले एफबीआईको अनुसन्धानमाथि नै प्रश्न उठाए ।
पत्रकार सम्मेलनमा ट्रम्पलाई सोधियो, ‘अमेरिका र रुसबीचको खराब सम्बन्धमा मस्को जिम्मेवार छ त ?’ ट्रम्पले उत्तर दिए, ‘दुवै देश जिम्मेवार छन् । अमेरिका मूर्ख थियो, हामी सबै मूर्ख थियौं जस्तो लाग्छ ।’
एजेन्सी
दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लाम...
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...