×

NMB BANK
NIC ASIA

शौचालयमा खसेको फोन निकाल्न खोज्दा हातै फस्यो, बोलाउनुप–यो उद्धारकर्मी

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको मुम्बईस्थित कुर्लामा एक किशोरको फोन शौचालयको दुलोमा पसेपछि उनले हात छिराएर निकाल्ने कोशिश गरे । तर यसक्रममा उनको हात त्यहीँ फस्यो । 

उनको हात निकाल्नका लागि उद्धारकर्मीलाई बोलाउनुप–यो । हात त निकालियो तर फोन चाहिँ निकाल्न सकिएन ।

रोहित राजभार मुम्बईमा आफ्ना अंकल लालमणि वर्माको घरमा आएका थिए । चौथो तल्लामा बनेको अपार्टमेन्टमा उनी इन्डियन स्टाइलको ट्वाइलेटमा फोन चलाइरहेका थिए । बिहान आठ बजे फोन उनको हातबाट चिप्लिएर शौचालयको प्वालमा खस्यो ।

रोहितले तत्कालै त्यसलाई निकाल्ने कोशिश गरे तर सानो प्वालमा उसले लगाएको फलामको चुरा फस्यो । जति गर्दा पनि हात ननिस्केपछि उसले अर्को हातले बल्लबल्ल ढोका खोलेर अरू मानिसलाई बोलायो । उसका परिवारका सदस्य र
छिमेकीहरूले सहायता गर्न खोजे पनि केही सीप लागेन ।

अनि उद्धारकर्मीहरूलाई बोलाइयो । उनीहरूले प्वालबाट रोहितको हात निकाले । 

रोहितलाई नाडीमा चर्को पीडा भयो । उसलाई अस्पताल लगियो र चिकित्सकहरूले एक्सरे गरे । तर उसको हातको हाड भाँचिएको देखिएन ।

पेनकिलर दिएर उसलाई केही मिनेटमै डिस्चार्ज गरियो । उसको स्मार्टफोन चाहिँ शौचालयमै हरायो । उद्धारका क्रममा त्यो फोन ड्रेनमा खसेछ ।

एजेन्सी
 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

माघ ७, २०७४

लस एन्जेलस, ७ माघ - अमेरिकाको क्यालिफोर्नियास्थीत मरुभूमिमा हेलिकोप्टर दुर्घटना हुँदा दुई जना अमेरिकी सैन्य विमान चालकको मृत्यु भएको छ ।  शनिबार बिहान प्रशिक्षणका क्रममा उक्त हेलिकोप्टर दुर्घटनामा प...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x