×

NMB BANK
NIC ASIA

मार्सी चामलको ‘मारामार’ : जुम्लामा खेती खुम्चिँदै, काठमाडौंमा बजार फैलिँदै

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत – राजनीतिक वृत्तमा डा. गोविन्द केसीको अनशन, संसदमा कांग्रेसको चर्काे विरोध, चिकित्सा शिक्षा विधेयक र मेडिकल माफियाको चर्चा जति छ, मार्सी चामलको भातको चर्चा उत्तिकै छ । मार्सी भात खाएर सत्तासिन नेतृत्व मेडिकल माफियाको प्रभावमा परेको चर्चासँगै मार्सीको चर्चा चुलिएको हो ।

Muktinath Bank

मार्सी चामल सामाजिक सञ्जालमा आरोप–प्रत्यारोप र मारामारको विषय बनेको छ । मार्सीको चर्चा काठमाडौंमा चुलिएपनि जुम्लामा त्यसको उत्पादन खुम्चिँदै गइरहेको छ । जुम्ला जिल्लाको सिँजा उपत्यकाका धीरबहादुर शाही २० रोपनी खेतमा धान खेती गर्छन् । उनले गर्नै धान खेतीमध्ये करीब ३० प्रतिशत अर्थात् ७ रोपनीमा मात्रै मार्सी धान खेती गर्दै आएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

उनी मार्सी धान करीब १० टन उत्पादन गर्छन् । तर, उनले मार्सी धानको व्यापार भने गर्दैनन् । ‘हामीले आफूलाई खान र आएका आफन्तलाई नासो दिन मात्रै यो खेती गरिरहेका छौं,’ शाहीले भने, ‘उत्पादन कम हुने भएकाले हामी मार्सी धान त्यति धेरै रोप्दैनौं ।’


Advertisment
Nabil box
Kumari

तातोपानी गाउँपालिका अन्तर्गत हाँकुका कृषक धीरज रोकायाका अनुसार पहिलेको तुलनामा मार्सी धान रोप्ने कार्य कम हुँदै गएको बताए । यसको प्रमुख कारण कम धान फल्नु रहेको उनको भनाई छ । धान कम फलेपनि आफूले घरमा खानका लागि भने मार्सी धान लगाउने गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

केही वर्षअघिसम्म चन्दननाथ नगरपालिका–७ का लक्षिराम महत जुम्ली कालीमार्सी धान लगाउँथे । अहिले भने उनी उन्नत जातको खेती गर्छन् । कालीमार्सीमा ब्लास्ट रोगको संक्रमण देखिएपछि विकल्पमा उनले उन्नत जातको धान लगाएका हुन् । कृषि अनुसन्धान केन्द्र जुम्लाले चन्दननाथ १ र चन्दननाथ ३ जातको धान सिफारिस गरेयता उनले उन्नत जातको धान खेती गर्दै आएका हुन् ।

उन्नत जातको मार्सी धान स्वादिलो, असिनाले बाली झार्न नसक्ने, बोट होचो र उत्पादन धेरै भएकाले किसानको रोजाइमा परेको लक्षिराम बताउँछन् । ‘यो धान अहिलेको जलवायू सुहाउँदो छ,’ उनले भने, ‘जुम्ली मार्सीझैं डायट पनि उत्तिकै स्वादिलो रहेको हुँदा हामीले उन्नत जातको धान खेती गरेका हौं ।’

जुम्लामा २ हजार ८ सय हेक्टरमा धान रोप्ने गरिएको छ । जिल्ला कृषि कार्यालय जुम्लाका प्रमुख भरत कँडेलका अनुसार जुम्लाको धान खेती हुने कुल जमिनको ३० प्रतिशत हेक्टर जमिनमा मात्रै मार्सी धान खेती गर्ने गरिएको छ ।
उनका अनुसार हरेक वर्ष मार्सी धान लगाउने क्षेत्रफल कम हुँदै गएको छ ।

आर्थिक वर्ष २०७२/०७३ मा १ हजार हेक्टर क्षेत्रफलमा मार्सी धानको खेती गरिएको थियो भने आर्थिक वर्ष २०७३/०७४ मा घटेर ९ सय हेक्टरमा आयो । आर्थिक वर्ष २०७४/०७५ मा ८ सय हेक्टरभन्दा अलि बढी जमिनमा खेती गरिएकोमा यो वर्ष पनि ८ सय हेक्टर क्षेत्रफलमा मात्रै धान खेती गरिएको प्रमुख कँडेलले बताए ।

‘उन्नत जातको धान रोप्दा किसानले प्रतिहेक्टर २ टन धान उत्पादन गर्न सक्छन् भने मार्सी धानको उत्पादकत्व १ दशमलव ४ टन मात्र छ,’ उनले भने, ‘त्यसैले पनि यहाँ मार्सी धानप्रतिको आकर्षण घटेको हो ।’ उनले अहिले कृषकले कोसेली घरमार्फत् केही मार्सी चामल बिक्री गरिरहेको बताए ।

‘ट्रकका ट्रक बाहिर पठाउन शुरू भएको छैन । अर्थात्, मार्सी धानको व्यावसायिकीकरण हुन सकेको छैन,’ लोकान्तरसँग कुरा गर्दै प्रमुख कँडेलले भने, ‘यहाँबाट रारा जाने पर्यटकले २–४ किलो किनेर लैजाने गरेका छन् ।’ उनका अनुसार जुम्लामा मार्सी धानको प्रतिकिलो १ सय ५० रुपैयाँ पर्ने गरेको छ । १२ औं शताब्दीमा चन्दननाथ बाबाले छिमेकी मुलुकबाट ल्याएको धानको बीउ तातोपानी गाउँपालिकाको गुरुफोक्टोमा परीक्षण गरेर जिल्लाभर विस्तार गरेको बताइन्छ ।

मार्सी धानको सफल परीक्षणपछि चन्दननाथ मन्दिरको सेरा ज्युलोमा खेती गरेर किसानलाई वितरण गरिएको थियो । अहिले पनि मार्सी धानको चामल चन्दननाथ मन्दिरमा सिक दिने प्रचलन छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

पुस ५, २०८०

काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

कात्तिक २८, २०८०

नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १३३ रुपैयाँ ६४ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ १६ पै...

चैत २७, २०८०

यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x