×

NMB BANK
NIC ASIA

बनिसक्दै कलंकी-कोटेश्वर ८ लेन सडक, कुन लेनमा कति गतिमा सवारी चलाउने ? [फोटो/भिडियो]

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कलंकी–कोटेश्वर आठ लेन सडकको निर्माण कार्य करीब अन्तिम चरणमा पुगेको काठमाडौं चक्रपथ सडक आयोजनाले जनाएको छ ।

Sagarmatha Cement
Muktinath Bank

कलंकीबाट बल्खु, सातदोबाटो हुँदै कोटेश्वरसम्मको १० दशमलव ३७ किलोमिटर सडक स्तरोन्नतिको काम अन्तिम चरणमा पुगेको हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सडकको फिनिसिङ मात्र बाँकी रहेको र यसलाई छिट्टै पूर्णता दिने आयोजनाका प्रवक्ता इञ्जिनियर निरञ्जन अर्यालले बताए ।


Advertisment
Nabil box
Kumari

सडकको स्तरोन्नति चीन सरकारको सहयोगमा साङ्घाइ कन्स्ट्रक्सनले सन् २०१२ डिसेम्बरमा शुरु गरेको थियो ।

Vianet communication
Laxmi Bank

बीचमा भूकम्प, नाकावन्दीजस्ता कारण देखाउँदै आयोजनाले काम सक्न ढिलाइ गरेको हो ।

कसरी चलाउने सवारी ?

मुख्य सडक (बीचको सडक)मा प्रतिघण्टा ५० किलोमिटरको गतिमा सवारी चलाउनुपर्नेछ । यस्तै रिलिफ रोड (साहयक सडक)मा प्रतिघण्टा २० किलोमिटरको गतिमा सवारी चलाउन सकिने बताइएको छ ।

मुख्य चोकहरूमा भने ट्राफिक सिग्नलहरू राखिनेछन् ।

सडकको बीचबाट २५/२५ मिटर चौडाइ दायाँ र बायाँ मेन रोडलाई लिइएको छ । क्यारिज रोड १५ दशमलव ५ मिटर चौडाइ रहेको र पैदलयात्रीका लागि २ दशमलव ५ मिटरको फूटपाथ बनाइएको आयोजनाले जनाएको छ ।

सडक पिचको मोटाइ सब बेस १८० एमएम, बेस ३२० एमएम, सर्फेस् ६० एमएम र अर्को सर्फेस ४० एमएमको गरी कुल ६०० एमएम रहेको छ ।

माथिल्लो भाग अर्थात् कालोपत्रेको आयु ५ वर्ष रहेको इञ्जिनियर अर्याले बताए ।

यसक्षेत्रमा ४ ठाउँमा दायाँ/बायाँ गरी जम्मा आठवटा मोटरेबल पुल बनिसेका छन् । ३ ठाउँमा आकाशे पुल पनि बनाइएको छ ।

अन्डरपास पनि अन्तिम चरणमा

यस सडकखण्ड अन्तर्गत ८ सय मिटरको कलंकीमा अन्डरपास पनि छ । यो अन्डरपासको काम पनि अन्तिम चरणमा छ । थारै ठाउँमा कालोपत्रे गर्न र लेन अनुसारको चिह्न राख्न बाँकी रहेकाले केही दिन पछि मात्र यो सञ्चालनमा आउने बताइएको छ ।

उनले भने – ‘बर्सात्का कारण काममा केही ढिलाइ भएको हो, छिट्टै काम सम्पन्न गरेर सञ्चालनमा ल्याउँछौं,’ आयोजनाका महानिर्देशक प्रकाशचन्द्र भण्डारीले बताए ।

काम नसकिँदा बल्खु–कलंकीमा सास्ती

बल्खु–कलंकी सडकखण्डमा अहिले धूलो र हिलोले हिँडिसाध्ये छैन । पानी पर्दा हिलो र नपर्दा धुलोले यात्रुहरूलाई सास्ती भइरहेको छ ।

हिलोमा सवारी साधनहरू फसिराखेका देखिन्छन् ।

बल्खुबाट कलंकीतर्फ ४ सय मिटर पर महानगर यातायातको गाडी फस्दा झण्डै डेढघण्टा सवारी जाम भयो ।

ट्राफिक संकेत नहुँदा दुर्घटना

पिच भइसकेको सडकमा पनि ट्राफिक संकेतहरू नहुँदा दुर्घटना निम्तिन थालेको छ । एकान्तकुना चोकमा दैनिकजसो चार/पाँचवटा दुर्घटना भइराख्ने सोमवार ड्युटीमा भेटिएका ट्राफिक प्रहरी विकासबहादुर चन्दले बताए ।

‘एकान्तकुनामा दैनिकजसो दुर्घटना हुने गर्दछ । ट्राफिक संकेत र लेन नहुँदा दुर्घटना भएको हो ।’


 

कलंकीको अन्डरपास छिट्टै सञ्चालन हुने, अब कसरी चलाउने गाडी ? [भिडियो रिपोर्ट]

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

मंसिर ३०, २०८०

बुधवार काभ्रेको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयका १ हजार ८३८ जना विद्यार्थीमाझ सनम ढकाल दृश्यमा आए । एमबीबीएसमा सर्वोत्कृष्ट भएर गोल्ड मेडल ल्याउँदै सनम दीक्षित भएसँगै सबैमाझ परिचित भएका हुन् ।  काठम...

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

माघ २७, २०८०

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी विश्वकै लागि शान्तिक्षेत्र हो । यो क्षेत्र आउँदो महिना विशेष हुने भएको छ । विश्वकै प्रतिष्ठित र ठूलो पुरस्कार मानिने नोबेल पुरस्कार विजेताहरूको जमघट हुने भएपछि विशेष हुन लागेक...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x