×

NMB BANK
NIC ASIA

फ्याँकिन लागेको खाना बेचिन्छ यो स्टोरमा, लाग्छ मानिसको लामो लाइन

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – बेलायतमा खाना बर्बाद हुनबाट बचाउनका लागि एक अभियान शुरू गरिएको छ । त्यहाँ एडम स्मिथ र जो हर्कबर्ग नामक दुई व्यक्तिले जंक फूड स्टोर चेन खोलेका छन् । 

यो स्टोरमा रेस्टुराँमा बचेको खाना र सुपरमार्केटमा म्याद गुज्रेको सामान ल्याइन्छ । आवश्यकता परेकाहरूले स्वेच्छाले केही पैसा तिरेर खाना किन्छन् । त्यहाँ फल, सागपात, ब्रेड, केक र चिकन समेत सबै किसिमका खानेकुरा पाइन्छन् । 

यसलाई द रियल जंक फूड प्रोजेक्ट नाम दिइएको छ । सोमवारदेखि शनिवारसम्म जम्मा दुई घन्टाका लागि स्टोर खुल्छ । त्यतिखेर सामान किन्नेको लामो लाइन लाग्छ । 

केही अवसरमा कुनै चीजको स्टक धेर भएमा सामाजिक सञ्जालमा त्यसको जानकारी दिइन्छ र केही मिनेटमै बिकिहाल्छ । 

यो स्टोरमा ल्याइने खानेकुरा खानलायक नै हुन्छ तर सुपरमार्केटको मापदण्डकै त हुँदैन । कुनै खानेकुराको डब्बामा कोतरिएको हुनसक्छ वा टिन कुच्चिएको हुनसक्छ । कहिलेकाहीँ सागपातका डाँठहरू हरियो नभएर रातो भइसकेका हुन्छन् । 

एडमले यो स्टोर पहिलोपटक सन् २०१६ मा खोलेका थिए । अब यस्ता चार स्टोर छन् र ६ वटा थप स्टोर खोल्ने तयारी चलिरहेको छ । 

लगभग २५ हजार मानिसका लागि यहाँ हरेक हप्ता खाना उपलब्ध हुन्छ । ग्राहकहरूले यहाँबाट म्याद गुज्रेको सामान पनि लान्छन् । 

उनीहरू खानेकुरा सुँघ्छन् र चाख्छन् अनि मन प–यो भने प्रयोग गर्छन् । 

संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार, संसारभरि हरेक वर्ष १.३ अर्ब टन खाना फ्याँकिन्छ । उता ८० करोड मानिस खानाको कमीका कारण कुपोषणको शिकार भएका छन् । 

एडम यसअघि अस्ट्रेलियामा एक फार्ममा काम गर्थे । त्उहाँ सुँगुरहरूलाई काँक्रो खुवाइन्थ्यो । खासमा काँक्रो दानाभन्दा सस्तो थियो । 

तर कतिपय मानिस त त्यही काँक्रो पनि खान सक्दैनथिए । त्यसबाट नै उनलाई खाना बचाउने आइडिया फु–यो । उनले सुपरमार्केटमा गएर अनुसन्धान गर्दा म्याद गुज्रेको खानेकुरालाई ठेगान लगाउन पैसा तिर्नुपर्ने पत्ता लगाए । त्यसपछि नै
उनले खानेकुरा तथा सामान गरीबहरूसम्म पु–याउने काम शुरू गरे ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
भदौ ७, २०८०

चुम्बनको सबैभन्दा पुरानो रेकर्ड चार हजार ५०० वर्ष पुरानो भएको अनुसन्धानकर्ताहरुले बताएका छन् । यसै साता ‘साइन्स’ पत्रिकामा प्रकाशित नयाँ अध्ययनले प्राचीनकालमासमेत यो व्यापक रहेको देखिएको बताएको छ...

असार २५, २०७७

विश्वका प्राय: मुलुकमा लिखित संविधान छ। ती देशमा लिखित संविधानकै आधारमा शासन चल्छ। तीमध्येको नेपाल पनि एउटा हो। नेपालले पछिल्लो पटक ०७२ मा नयाँ संविधान जारी ग-यो। तर, तपाईँलाई थाहा नहुन सक्छ विश्व...

जेठ ३१, २०८०

पाँच महिनाअघि ससुरालीबाट बेपत्ता भएका एक जना व्यक्ति फेला परेका छन् । भारतको बिहारस्थित सुल्तानगंजका निशान्त पाँच महिनापछि नोयडामा भेटिएका हुन् ।   भारतीय सञ्चार माध्यमका अनुसार ससुरालीबाट हराएका उनला...

असोज १९, २०७८

काठमाडौं — लामो, कालो, घना र बलियो कपाल पाल्ने इच्छा सबैले राख्छन् । यस्तो कपालप्रति धेरैजना आकर्षित हुन्छन् र शरीरको सुन्दरता पनि बढ्छ । उमेर बढ्दै जाँदा कपाल फुल्दै जानु स्वाभाविकै हो । तर आजकलको...

भदौ ७, २०८०

काठमाडौं — पसलहरूतिर अनि गाडीमा पनि कागती र खुर्सानीलाई धागोमा उनेर झुण्ड्याएको देख्न पाइन्छ । खराब मान्छेको आँखा नलागोस् भन्नका लागि यसरी कागती झुण्ड्याउने गरेको बताइन्छ । हुन त यसलाई अन्धविश्वास भनेर...

जेठ ११, २०८०

साइकलको पांग्रा गोलो हुने गरेको सबैलाई थाहा छ ।  तर चौकोर पांग्रा भएको साइकल पनि बनेको छ ।  यसको पांग्रामा ट्यांकको जस्तो ट्य्राक जडान गरिएको छ । साइकल हाँक्ने व्यक्तिले पाइडल मार्दा ट्य्राक सम्प...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x