×

NMB BANK
NIC ASIA

सूर्य वरिपरि अनौठो दृश्य, आकाशमा के हुँदैछ ?

साउन १, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – कञ्चनपुरको बेलौरीका नेपाल कम्यूनिस्ट पार्टी (नेकपा) का नेता पल्लबराज भट्टले मंगलबार दिउँसो आकाशतिर हेर्दा सूर्य वरिपरि अनौठो दृश्य देखे । उनीजस्तै अनौठो दृश्य देखेका अरुले पनि सामाजिक सञ्जालमा तस्बिर सेयर गर्दै तस्बिरबारे जिज्ञासा व्यक्त गरेका छन् ।

Sagarmatha Cement
Muktinath Bank

सूर्य परिवरि अनौठो. चक्रजस्तो बनेको र चक्रको अन्तिम घेरामा इन्द्रेणीजस्तो दृश्य देखिएको छ । जुन दृश्यले सर्वसाधारणमा आश्चर्यजनक प्रश्न जन्मिएको छ । सबैले देखिएको दृश्यको कारण र असरबारे जिज्ञासा राखिरहेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

नेपाल खगोलीय समाज (नासो) का अध्यक्ष सुरेश भट्टराईले सूर्य वरिपरि देखिएको दृश्य ‘सोलार होलो’ भएको बताए ।


Advertisment
Nabil box
Kumari

‘वायुमण्डलमा एकाएक तापक्रम घटबढ हुँदा यस्तो दृश्य देखिन्छ,’ उनले भने, ‘यो खगोलीय घटनाभन्दा पनि मौसमसँग सम्बन्धित घटना हो ।’ यस्तो दृश्य मध्यदिउँसो १२ बजे आसपास देखिने गरेको उनले बताए ।

Vianet communication
Laxmi Bank

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले त्यो चक्रजस्तो दृश्य सूर्यमा नभई बादल वरिपरि आकाशमा बनेको बताए । ‘पृथ्वीबाट हेर्दा सूर्यमा चक्र बनेको जस्तो देखिएको मात्रै हो, त्यो बादलका कारणले बनेको हो,’ उनले भने, ‘प्रकाश आवर्तन र परावर्तनका क्रममा यस्तो दृश्य बन्ने गर्छ ।’

नासोका अध्यक्ष भट्टराईले आकाशमा देखिएको दृश्य मनोरम र रमाइलो मात्रै भएको बताए । ‘त्यो दृश्यले कुनै असर र प्रभाव पार्दैन । हेरेर रमाइलो गर्ने मात्रै हो,’ उनले भने । मौसमविद् पौडेलले सूर्यबाट आउने प्रकाश बादलसँग ठोक्किएर त्यस्तो दृश्य देखिएपनि एकछिनपछि हराएर जाने बताए । ‘यस्तो दृश्यले वैज्ञानिक रुपमा कुनै असर गर्दैन,’ उनले भने । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x