पुस ५, २०८०
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
काठमाडौं – आर्थिक वर्ष २०७४/०७५ को अन्तिम दिन अर्थमन्त्रालय राजस्वको लक्ष्य छुन झण्डै १६ अर्ब संकलन गर्नुपर्ने दबाबमा थियो । सरकारले असार ३१ गते आइतबारसम्ममा कर तथा भन्सारबाट ७ खर्ब १४ अर्ब ३१ करोड ७९ लाख १६ हजार रुपैयाँ आम्दानी गरेको थियो ।
तत्कालीन अर्थमन्त्री कृष्णबहादुर महराले ल्याएको सोे बजेटको राजस्व संकलनको लक्ष्य ७ खर्ब ३० अर्ब रुपैयाँ थियो ।
लक्ष्य पूरा गर्न राजस्व सचिव शिशिरकुमार ढुंगाना दबाबमा थिए । सोही दबाबका कारण सचिव ढुंगाना असार १५ गतेपछि निकै व्यस्त थिए । असार ३१ सम्म राजस्वको लक्ष्य भेट्न नसकेपछि ढुंगानालाई सोमबार एकैदिन १५ अर्ब ७३ करोड ७६ लाख रुपैयाँ कर संकलन गर्नुपर्ने चर्को दबाब थियो ।
त्यसकारण असार अन्तिम दिन सोमबार उनी दिनभरीजसो राजस्वको अपडेट लिनमै व्यस्त रहे । सचिव ढुंगाना सोमबार अबेर (करीब १० बजे) सम्म मन्त्रालयमै रहेर घर फर्केका थिए ।
राजस्व कार्यालयहरूबाट मध्यरातपछि मात्रै राजस्व संकलनको अन्तिम विवरण आएको थियो । आन्तरिक राजस्व विभाग स्रोतकाअनुसार विभागका तथा कर कार्यालयका प्रमुखसँग ढुंगाना सोमबार रातिसम्म निरन्तर सम्पर्कमा रहे । मन्त्रालय तथा विभागका अधिकारीहरूले पनि सोमबार मध्यरातसम्म कार्यालयमै बसेर काम गरेका थिए ।
अर्थमन्त्रालयका अनुसार क्लोजिङको दिन सोमबार भन्सार तथा कर कार्यलयका कर्मचारीको भरपूर प्रयासपश्चात मध्यराति राजस्व संकलनले लक्ष्य नाघेको हिसाब निस्किएको थियो ।
असार अन्तिम दिन ३२ गते कर कार्यालयका प्रमुख तथा भन्सार कार्यालयको अथक प्रयासका कारण राजस्वको लक्ष्य छुन सफल भएको अर्थमन्त्रालयका अधिकारीहरू बताउँछन् ।
अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आर्चाकाअनुसार राजस्वको लक्ष्य भेट्टाउन सोमबार अन्तिम प्रयासस्वरूप राजस्व नतिरेका ठूला करदातालाई फोन गर्ने लगायत काम गर्दै सबै कर कार्यालय भन्सारका प्रमुखहरूले अथक प्रयास गरेकै कारण एकैदिनमा ठूलो अंकमा राजस्व संकलन भएको हो ।
आचार्यले भने, ‘राजस्वको पूर्ण लक्ष्य भेट्टाउन सोमबार सम्बन्धित अधिकारीहरुले ठूलो मेहेनत गरे । त्यही मेहनतका कारण एकैदिनमा १६ खर्ब राजस्व संकलन गर्न सफल भयौं ।’
काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले झन्डै १ अर्बको प्रोजेक्टमा नेपाल महिला उद्यमी महासंघसँगको पूर्वसम्झौता उल्लंघन गर्दै आफ्नी जेठीसासू अध्यक्ष रहेको संस्थासँग सम्झौता गरेको पाइएको छ । महिला ...
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...
मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...
एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...
यामाहाको एमटी १५ को करसहितको वास्तविक मूल्य करिब ३ लाख ६८ हजार मात्र हो, तर यसलाई यामाहाको आधिकारिक बिक्रेता एमएडब्ल्यू इन्टरप्राइजेजले ५ लाख २५ हजारमा बेचिरहेको छ । यसको शो-रूम मूल्य वास्तविक मूल्यभन्दा डे...
कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...