पुस १०, २०८०
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
सुर्खेत – कर्णाली प्रदेश सरकारले जुम्लामा १९ दिनदेखि अनशनरत डा. गोविन्द केसीको जीवन बचाउन कर्णाली प्रदेश सरकारले संघीय सरकारलाई आग्रह गरेको छ ।
सामाजिक विकास मन्त्री दल रावलले डा. केसीको जीवन रक्षाका लागि संघीय सरकारलाई आह्वान गरिएको लोकान्तरलाई बताए । ‘हामीले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सकेसम्म उनको उपचार गराउन निर्देशन दिएका छौं,’ मन्त्री रावलले भने, ‘तर, पनि त्यहाँ उपयुक्त सुविधा नभएको हुँदा उनको उपचारका लागि काठमाडौं लैजान सरकारलाई आग्रह गरेका छौं ।’
मन्त्री रावलले डा. केसीका माग संघीय सरकारसँग सम्वन्धित रहेको बताउँदै त्यसबारे आफूहरूले केही पनि निर्णय गर्न नमिल्ने प्रतिक्रिया दिए । ‘उहाँले उठाएका सबै माग केन्द्र सरकारसँग सम्बन्धित छन्,’ उनले भने, ‘हामीले केही पनि गर्न सक्दैनौं, त्यो हाम्रो अधिकार क्षेत्र बाहिरको कुरा हो ।’
डा. केसीले राखेका माग प्रदेश सरकारसँग सम्बन्धित नरहेकाले काठमाडौं लगेर उपचारका साथै वार्ता र संवादका माध्यमबाट समस्याको समाधान गर्न प्रदेश सरकारले आग्रह गरेको उनले बताए ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले डा. केसीले राखेका माग कर्णाली प्रदेश सरकारसँग सम्बन्धित नरहेको बताए । उनले केसीको लामो अनशनले स्वास्थ्य अवस्था पनि बिग्रँदै गएको बताउँदै अब मन्त्रिपरिषद्बाटै निर्णय गरेर डा. केसीलाई काठमाडौं लैजान औपचारिक आग्रह गरिने जानकारी दिए । मुख्यमन्त्री शाहीले संघीय सरकारका गृहमन्त्री रामबहादुर थापालाई भेटेरै आफूले डा. केसीलाई हेलिकोप्टरमार्फत् काठमाडौं लैजान आग्रह गरेको बताए ।
नेपाल चिकित्सक संघले मंगलबारदेखि कर्णाली प्रदेशमा इमर्जेन्सी बाहेकका सेवा ठप्प पारेका छ । संघका सुर्खेत अध्यक्ष डा. नवराज केसीले १९ दिनदेखि जुम्लामा अनशनरत डा. केसीका माग सम्बोधन गर्ने विषयमा सरकारले कुनै पहल नगरेको भन्दै इमर्जेन्सी बाहेकका सबै सेवा ठप्प पार्ने निर्णय गरिएको बताए ।
‘१९ दिनदेखि जुम्लामा अनशनरत डा. केसीका माग सम्बोधन गर्न सरकारले अहिलेसम्म पनि वार्ता टोली गठन गरेको छैन,’ उनले भने, ‘राज्यले डा. केसीका माग सम्बोधन नगर्दासम्म आन्दोलनलाई निरन्तरता दिन्छौं ।’ उनले आफूहरूको जागिरभन्दा डा. केसीको जीवन ठूलो भएको भन्दै सरकारलाई केसीसँग वार्ता गर्न आग्रह गरे ।
संसदमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सचेतक हिमबहादुर शाहीले सरकारले तत्काल डा. केसीका माग पूरा गर्नुपर्ने माग गरे । ‘डा. केसीका सबै मागहरू जायज छन्,’ उनले भने, ‘तत्काल सरकारले उनका माग पूरा गरोस् ।’ उनले अनशन बसेको १९ दिन बित्दा पनि सरकार माग पूरा गर्न उदासिन हुनु अधिनायकवादको पराकाष्ठा भएको आरोप लगाए ।
‘आजसम्म उनका माग पूरा नहुनु आपत्तिजनक छ,’ उनले भने, ‘नेपाली कांग्रेसका तर्फबाट म सरकारको यो रवैयाको घोर भत्र्सना गर्दछु ।’
मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...
नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् । विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...
नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...
‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...
दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...
नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...
ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...