गण्डकी प्रदेशसभामा आज प्रधानमन्त्रीको विशेष सम्बोधन, कांग्रेसले अवरोध गर्ने

साउन ३, २०७५

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार गण्डकी प्रदेशसभामा विशेष सम्बोधन गर्नुहुने भएको छ । गण्डकी प्रदेशको राजधानी पोखराको नदीपुरस्थित प्रदेशसभा सचिवालयमा अपराह्न  १२.४० बजे प्रधानमन्त्रीको विशेष सम्बोधन हुने कार्यक्रम तय भएको प्रदेशसभा सचिवालयका सचिव शम्भु खड्काले जानकारी दिए ।

उनका अनुसार विशेष सम्बोधनका लागि सचिवालयले आवश्यक तयारी पूरा गरिसकेको छ । संघीय संरचनाअनुरुप प्रदेशसभा गठन भएपछि यो प्रदेशमा पहिलोपटक प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नुभएको हो ।

पोखरा विश्वविद्यालयको १९ औं वार्षिक साधारणसभामा विश्वविद्यालायका कुलपतिका हैसियतमा सभाको अध्यक्षता गर्न प्रधानमन्त्री ओली बिहीबार पोखरा जाँदै हुनुहुन्छ । 

यसैबीच, प्रधानमन्त्रीले सम्बोधन गर्ने प्रदेशसभा बैठक भने प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गर्ने जनाएको छ । 

केन्द्रीय समितिकै निर्णय अनुसार कुनै पनि बैठक सञ्चालन गर्न नदिने कांग्रेस गण्डकी प्रदेशका उपनेता मेखलाल श्रेष्ठले बताए ।

साउन ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस