वैदेशिक रोजगारीमा जाने १५ प्रतिशत घटे

साउन ३, २०७५

काठमाडाै-वैदेशिक रोजगारीमा जाने युवाको संख्या घट्दै गइरहेको तथ्यांक सार्वजनिक भएको छ । विगत ३ वर्षको तथ्यांकले वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या १५ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिएको छ । आर्थिक वर्ष २०७२-२०७३ मा वैदेशिक रोजगारीमा जाने नेपाली युवाको संख्या ४ लाख १८ हजार ७ सय १३ बाट १५.४३ प्रतिशत अर्थात ६४ हजार ६ सय ३१ ले घटेर गत आवमा ३ लाख ५४ हजार ८२ मा सीमित भएको छ । यसरी हेर्दा विगत ३ वर्षमा बर्सेनि ८ प्रतिशतभन्दा बढीले घट्दै गइरहेको देखिन्छ । काराेबार दैनिकमा खबर छापिएकाे छ । 

साउन ३, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस