×

NMB BANK
NIC ASIA

अविश्वास प्रस्तावको सामना गर्ने निर्णय मोदीको कस्तो दाउ ?

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको तल्लो सदन लोकसभाको ५३५ मध्ये ३१२ सांसद एनडीएसँग भएकाले नरेन्द्र मोदी सरकारलाई अविश्वास प्रस्तावबाट कुनै डर छैन । 

अविश्वास प्रस्तावमा बहसमार्फत सरकारले पछिल्ला चार वर्षमा आफ्ना उपलब्धिहरूको जानकारी सम्भावित मतदातासमक्ष पु–याउने तयारी शुरू गरेको छ । यसका साथै उसले अनेकौं राजनीतिक मुद्दामा पनि विपक्षीलाई घेर्ने योजना बनाएको छ । 

भारतीय जनता पार्टी सूत्रहरूले बताएअनुसार, सरकार आफ्ना प्रभावशाली वक्ताहरूलाई विपक्षमाथि आक्रमण गर्नका लागि प्रयोग गर्दैछ । केन्द्रीय मन्त्रीहरू राजनाथ सिंह र सुषमा स्वराजका साथै रविशंकर प्रसादलाई पनि भाजपाविरोधीहरूसँग भिड्न लगाइने सम्भावना छ । 

लोक जनशक्ति पार्टीका नेता रामाविलास पासवान दलित मुद्दामा सरकारको पक्ष प्रस्तुत गर्न सक्छन् जबकि आफ्नो दलको नेता अनुप्रिया पटेल पिछडिएका वर्गको अधिकारका विषयमा सरकारका तर्फबाट जानकारी दिनेछिन् । 

बहसका अन्तिम वक्ताका रूपमा प्रधानमन्त्री मोदीले जोडदार भाषण दिने आफ्नो विशेषताको प्रदर्शन गर्नेछन् । मोदीले तीन तलाक, किसानको समस्या हटाउन सरकारको प्रयास, कांग्रेसमा निशाना र भाजपाविरुद्ध विपक्षी एकजुट हुनुपरेको जस्तो विषय समट्नेछन् ।

भाजपाले सदनमा आफ्ना नेताहरूसँग बैठक गरेर सहयोगी र समान विचारधारा भएका दलसँग कुराकानी गर्ने निर्देशन दिएका छन् । 

शिवसेना, टीआरएस र एआईएडीएमकेका सांसदहरूले सरकारको पक्षमा मत दिने विश्वास भाजपाले लिएको छ । टीआरएसले कांग्रेसको साथ नदिने संकेत दिइसकेको छ । अनि २० सांसद भएको बीजेडीले पनि कांग्रेससँग दूरी बनाएको छ ।
एआईएडीएमकेले भाजपामाथि नरम दृष्टिकोण राखेको छ किनकि पार्टीले उसलाई उपसभामुख पद दिएको थियो । 

टीडीपी बाहिर निस्केपछि एनडीएका १६ सांसद घटेका थिए । तर अन्य साना दल र निर्दलीय सांसदहरूको समर्थन प्राप्त हुने भाजपाले आशा गरेको छ ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

चैत १९, २०७५

काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ ।  आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...

पुस २, २०७५

दोहा– खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ ।  दोहामा भएको दुई दिन लाम...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

मंसिर १८, २०७५

काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ ।  अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x