×

NMB BANK
NIC ASIA

महानगरपालिकालार्इ करदातामैत्री बनाउन अभियान शुरु

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले औपचारिक शिक्षालाई व्यावहारिक बनाउन र राजस्व प्रशासन करदातामैत्री बनाउन अभियान शुरु गरेको छ । 

यसै आर्थिक वर्षको शुरुवातसँगै राजस्व प्रशासनलाई करदातामैत्री बनाउन कामपाले अभियान थालेको हो । यसका लागि जनप्रतिनिधि र कर्मचारीका लागि अभिमुखीकरण शुरुवात बुधबारदेखि भइसकेको छ । 

प्रत्येक जनप्रतिनिधिलाई यस किसिमको अभियानमा सहभागी गराएर सम्बन्धित वडाका नगरवासीलाई जानकारी गराउनुपर्नेछ । त्यसैले शुरुवातको समयमा प्रशासनका कर्मचारी र जनप्रतिनिधिलाई यस अभियानमा सहभागी गराइएको छ । 

बुधबार अभियानको शुभारम्भ गर्दै महानगरका प्रमुख विद्यासुन्दर शाक्यले नगरसभाबाट स्वीकृत विधेयकका व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच एउटै बुझाई हुन आवश्यक रहेकाले अभियान शुरु गरेको जानकारी दिनुभयो । 

नगरसभाले आव २०७५/०७६ का लागि स्वीकृत गरेको आर्थिक विधेयकको व्यवस्थाका विषयमा जनप्रतिनिधि र कर्मचारीका बीच द्विविधा उत्पन्न नहोस् भन्ने उद्देश्यले अभिमुखीकरण शुरुवात गरिएको पनि प्रमुख शाक्यले जानकारी दिनुभयो । 

कामपाका उपप्रमुख हरिप्रभा खड्गीले नागरिकलाई सम्बन्धित शीर्षकमा कर तिर्नका लागि जिम्मेवार बनाउन र लिएको कर खर्च भएको शीर्षक देखाउन पनि यस्ता अभियानको आवश्यकता परेको धारणा राख्नुभयो । 

महानगरले ठूलो संख्यामा एकैपटक तथा सानो सानो समूहमा गरी पटकपटक अभिमुखीकरण गरेर राजस्व प्रशासनलाई मजबुत बनाउने लक्ष्य राखेको छ । विगतका ऐन र कानूनी व्यवस्थालाई विस्थापित गर्दै नयाँ व्यवस्था शुरुवात भएकाले पनि यस प्रकारको कार्यक्रमको आवश्यकता देखिएको कामपाका सहप्रवक्ता नवराज ढकालले जानकारी गराउनुभयो । 

अभियानमा जनप्रतिनिधि कामपाका कर्मचारी र व्यवस्थापन विषयमा अध्ययनरत विद्यार्थी सहभागी रहेका छन् । 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x