×

NMB BANK
NIC ASIA

बन्दुक देखाएर पत्नीले काटिन् पतिका दुवै कान

साउन ३, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – भारतको कोलकातामा एक महिलाले आफ्ना पतिलाई बन्दुक तेर्स्याएर उनका दुवै कान काटिदिएकी छन् । यो खतरनाक घटना सेन्ट्रल कोलकाताको नारकेलडांगा इलाकाको हो । 

आफ्ना पति मोहम्मद तन्वीरभन्दा लगभग दुईगुणा उमेर बढी भएकी ४० वर्षीया मुमताज बीबीले आफ्ना साथी र नातेदारहरूसँग मिलेर धारिलो हतियारले प्रहार गरेको आरोप छ । तन्वीर र मुमताज नारकेलडांगाको एक घरमा सँगसँगै बस्थे । दुई वर्षअघि मात्र उनीहरूको विवाह भएको थियो । 

घटनाका प्रत्यक्षदर्शीहरूका अनुसार, आक्रमणपछि तन्वीरको लगातार रगत बगिरहेको थियो । उसको कान दुई टुक्रा भएको थियो ।

तन्वीर म–यो भन्ठानेर मुमताज र उसका आफन्तहरू घटनास्थलबाट फरार भए । गम्भीर घाइते भएका तन्वीरलाई उसका छिमेकीहरूले एनआरएस अस्पताल पु–याए । 

प्रारम्भिक मेडिकल रिपोर्टअनुसार, धारिलो हतियारले काटिएका कारण तन्वीरका दुवै कान टाउकोबाट छुट्टिएका छन् । 

तन्वीरको परिवारले बताएअनुसार, बिहेपछि मुमताजले पतिलाई लगातार सताउने गरेकी थिइन् । उसलाई आफ्नो परिवारसँग भेट गर्न पनि मुमताजले रोक लगाएकी थिइन् । उनी कतिचोटि घरबाट भागेका पनि हुन् । अनि मुमताजले तन्वीरसँग
जबर्जस्ती पैसा पनि असुलेकी छन् । 

तन्वीरको परिवारका अनुसार, उनीहरूले मुमताजबाट तन्वीरलाई छुटाउन धेरै सम्झाइबुझाइ गरेको भएपनि केहस् भएन । परिवारका एक सदस्यले भने, ‘तन्वीरकी आमाले आफ्नो सम्पत्ति समेत बेचिदिइन् र सबै पैसा मुमताजलाई दिएर
तन्वीरलाई मुक्त गर्न भनिन् । मुमताजले पैसा त लिइन् तर तन्वीरबाट छुट्टिन चाहिँ मानिनन् ।’

तन्वीरले मिडियालाई बताएअनुसार, हालै उनी मलिकपुरतिर भागेका थिए । तर मुमताज र उनका सहयोगीहरूले उसलाई फेरि समातेर ल्याए । 

तन्वीरले भने, ‘मुमताज र उसका बहिनीहरू मलाई प्रायः पिटिरहन्थे । त्यसैले म घरबाट भागें । फेरि पक्रेर ल्याएपछि उनीहरूले बन्दुक तेर्स्याएर मेरो कान काटिदिए ।

एजेन्सी
 

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २९, २०७५

जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...

असोज १, २०७५

काठमाडौं — अमेरिकाको उत्तरी क्यारोलाइना पुगेको फ्लोरेन्स आँधीले गर्दा परेको भारी वर्षाका कारण सर्प र गोही बगेर शहर पसेका छन् ।  एक चिडियाखानाले ३८ वटा सर्प हराएको भन्दै मानिसहरूलाई सचेत रहन सल्ल...

कात्तिक १४, २०७५

जर्मनी- जर्मनीका एक जना पूर्व नर्स नेल्स होएगेलले आफ्नो जिम्मेवारीमा रहेका १०० बिरामी मारेको मङ्गलबार स्वीकार गरेका छन् ।  जर्मनीको विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा ठूलो मानिएको क्रमवद्धरूपमा भएको हत्याका आर...

चैत १९, २०७५

काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ ।  ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...

माघ २०, २०७४

काठमाडौं, २० माघ– भारत पञ्जाबको मुक्तसर जिल्लामा एक व्यक्तिले फेसबुक लाइभको क्रममा आत्महत्याको प्रयास गरेका छन् । मुक्तसर जिल्लाको भुट्टीवाला गाउँका गुरुतेज सिंहले फेसबुक लाइभको क्रममा आफैंलाई गोली हानेर आ...

फागुन २६, २०७५

भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ ।  बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x