×

NMB BANK
NIC ASIA

सक्कली श्रीमतीको नाममा नक्कली श्रीमतीलाई अमेरिका लान खोजेपछि

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं–रौतहट जिल्ला गुजरा नगरपालिका वडा नम्बर ५ का स्थानीय रामकुमार गुप्ताले दोस्रो बिवाहको नाटक गरि एक युवतीलाई संयुक्त राज्य अमेरिका लैजान खोज्दा समस्यामा परेका छन् । 

Muktinath Bank

राजधानीमा रामकुमार गुुप्ताकी पहिलो श्रीमती रुपरेखा गुप्ताका आफ्न्तले बिहीबार पत्रकार सम्मेलन गरेर अमेरिका लैजान तयार भएका रामकुमार गुप्ता र मधु साहलाई कानूनी रुपमा कारबाही गर्न माग गरेका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

रुपरेखाकी फुपु नाता लाग्ने रञ्जु साहले दोस्रो बिवाहको बारेमा संविधान कडा भएपनि व्यबहारिक रुपमा महिलाहरुले अत्याचार खेपिरहनुपरेको बताइन् ।


Advertisment
Nabil box
Kumari

नेपाल वैश्य यूवा संघकी केन्द्रीय सचिवसमेत रहेकी साहले भनिन्,‘मेरो भदैनी रुपरेखाको श्रीमान पाँचवर्षदेखि अमेरिकामा बस्दै आउनुभएको छ, पछिल्लो समयमा उहाँले रौतहटकै अर्की मधु साह गुप्ता नाम गरेकी केटीलाई नागरिकता दिएर उनलाई अमेरिका लैजान लागेको हामीलाई सूचना आएको छ, त्यही खबरले हाम्रो भदैनी मानसिक रुपमा प्रभावित भएकी छिन्, पाँच वर्षीया छोरी छन्, दोस्रो बिवाह गरेर जोडिएको घरपरिवारलाई अन्यायमा पार्ने काम उनले गर्दैछन्, यो कार्य पूर्णरुपमा गलत छ ।’ त्य

Vianet communication
Laxmi Bank

स्तै कार्यक्रममा रुपरेखाका बुवा विश्वनाथ साह गुप्ताले आफ्नी छोरीमाथि अन्याय गर्नेलाई कडा कारबाही हुनुपर्ने माग गरेका छन् ।

उनले भने,‘७ वर्ष पहिले आपसी मिलेमतोमा विवाह गरेका थिए, पाँच वर्षकी नातिनी छिन्, दोस्रो विवाहको नाटक गरेर छोरीको श्रीमान्ले अर्की श्रीमतीलाई अमेरिका लैजान थालेको सूचना हामीले पाएका छौं, मधु साहको काका नाता लाग्ने फोरमका नेता समेत रहेका किरण साहले मलाई पैसामा मिल्न आग्रह गरेका छन्, हामीलाई पैसा चाहिएको होईन ।’ उनले अघि थपे,‘हाम्री छोरीको न्याय खोसिनु हुँदैन भन्ने हो, नागरिकता दिने, यो कुकार्यमा संलग्न जोकोहीलाई कडा कारबाही हुनुपर्छ, नेपालको संविधानले दोस्रो बिवाह गर्नेलाई दण्डित गर्छ, त्यो कारबाही दोषीले भोग्नैपर्छ ।’ पाँच वर्षिया छोरीको साथमा २५ वर्षिया आमा रुपरेखा गुप्ता अहिले माईतीमा बस्दै आएकी छिन् ।
 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

कात्तिक २१, २०८०

भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x