×

NMB BANK
NIC ASIA

मालापोतमा किर्ते काम : सार्वजनिक जग्गा उद्योगको नाममा

साउन ४, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

नवलपरासी – पश्चिम नवलपरासीको सरावल गाउँपालिका–१ मा नक्कली कागजातका आधारमा किर्ते गरेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको खुलासा भएको छ । 

Sagarmatha Cement
Muktinath Bank

खेलमैदान र मुस्लिम समुदायको शव गाड्ने स्थान (कब्रिस्थान) रहेको सार्वजनिक जग्गालाई गुल्मी जिल्ला साविकको (जयखानी गाविस–३) का दीपक सुनारले नक्कली कागजातका आधारमा ग्यास उद्योगलाई बिक्री गरेको खुलासा भएको हो । २ बिगाहा १५ कट्ठा २ धुर जग्गा किर्ते कागजातका आधारमा लुम्बिनी ग्यास उद्योग गैंडाकोट पूर्वी नवलपरासीलाई न्यूनतम मूल्य कायम गरेर १ करोड १२ लाख रुपैयाँमा बिक्री गरेको रहस्य खुलासा भएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सार्वजनिक जग्गाको कित्ता नम्बर २४ रहेको छ । सो नक्कली जग्गाधनी पूर्जा प्रतिलिपिका आधारमा स्रोता कायम गरी १ सय २४ नम्बर कित्ताको वडा कार्यालयबाट सिफारिस लिएर अगाडिको हक मेटेर मालपोत कार्यालयबाट जग्गा ग्यास उद्योगलाई बिक्री गरेको पाइएको हो । 


Advertisment
Nabil box
Kumari

स्थानीय तहबाट सिफारिस लिँदा सुनारले २०७४ चैत २० गते पूर्जा हराएकाले प्रतिलिपि सिफारिस, २०७५ जेठ १ गते घरगोठ प्रमाणित सिफारिस लिँदा १ पटक १ सय २४ र अर्को पटक ७ सय २४ नम्बर कित्ता कायम गरेको प्रमाण फेला परेको छ । पटक–पटक किर्ते गरेर कागजपत्र बनाएको र पूर्जासमेत सक्कली नक्कली के हो भन्ने यकिन नभएकाले मालपोत कार्यालयमा पनि किर्ते कागज पेश भएको छ । यसबारे अहिले अनुसन्धान भइरहेको मालपोत कार्यालय परासीले जनाएको छ । 

Vianet communication
Laxmi Bank

पटक–पटक किर्ते कित्ता नम्बर प्रयोग गरेर अगाडिको १ अंक मेटेर सार्वजनिक जग्गा उद्योगलाई बिक्री गरेको पाइएको सरावल गाउँपालिका–१ का वडाध्यक्ष भेषनारायण चौधरीले जानकारी दिए । नक्कली जग्गा पूर्जा प्रतिलिपि खडा गरेर कित्ता नम्बर किर्ते गरेर वडामा सिफारिसका लागि मालपोतमा १ करोड रुपैयाँ मूल्य कायम गरेर उद्योगलाई बिक्री गरिएको सो जग्गाको चलनचल्तीमा करीब १० करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा रहेको छ । 

सुनारले २० वर्ष लगाएर सुकुम्बासी समस्या समाधान आयोगले प्रदान गरेको किर्ते लालपूर्जाको माध्यमबाट स्रेस्ता कायम गर्ने, मालपोत बुझाउने र कित्ताकाट गरेको भेटिएको छ । यद्यपि यी सबै काममा मालपोत र नापी कार्यालयका कर्मचारीको समेत हात हुन सक्ने स्थानीयवासीले आरोप लगाएका छन् । 

वडा कार्यालयबाट ७ सय २४ नम्बर कित्ताको मालपोत तिरेर २४ नम्बर कित्ता किनबेच भएपछि मालपोत कार्यालयका कर्मचारीको मिलेमतो रहेको स्थानीयवासीको आरोप छ । यसबारे मालपोत कार्यालय परासीका प्रमुख शिवध्वज अधिकारीले मालपोत कागज केरमेर गरेर आफ्ना कर्मचारीलाई समेत झुक्याइएको हुन सक्ने र यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

आफ्ना कर्मचारीको गल्ती भए अनुसन्धान गरेर कारवाही गर्ने र बिक्री भएको जग्गालाई सार्वजनिक कायम गर्न कानूनी प्रक्रिया अगाडि बढाइसकेको प्रमुख अधिकारीको भनाइ छ । पछिल्लो समय जग्गा बिक्रीका लागि सिफारिस लिँदा ७ सय २४ नम्बर कित्ताको १५ कट्ठा २ धुरको सिफारिस लिएर अगाडि दुई बिगाहा थप गरिएको छ ।

जेठ ९ गते रजिष्ट्रेशन पास भएको जग्गा लुम्बिनी ग्यासका प्रतिनिधिले उद्योगका लागि संरचना बनाउन अवलोकन गर्न आएपछि स्थानीयवासीले सार्वजनिक जग्गा पास भएको थाहा पाएका हुन् । उद्योग प्रतिनिधिलाई स्थानीयवासीले उद्योगले खरिद गरेको जग्गा सार्वजनिक जग्गा भएको भन्दै फिर्ता पठाएपछि जग्गा धनीले मालपोत कार्यालयमा आएर आफ्नो रकम फिर्ता गर्न माग गरेका थिए । 

जग्गा खरिद गर्ने कम्पनीका प्रतिनिधि सुरेन्द्रराज पौडेलले मालपोत कार्यालयमा आएर आफूहरुलाई किर्ते गरेर फसाइएको भन्दै रकम फिर्ता गरिदिन आग्रह गरेका थिए । तर स्थानीयवासीले भने ठूलो रकमको कारोवार गर्दा जग्गा नै नहेरी किनबेच भएकाले यसमा ठूलो गिरोह सक्रिय रहेको बताएका छन् । मालपोत कार्यालय परासीका अनुसार २०२४ सालमा २ बिगाहा १५ कट्ठा ४ धुर जग्गा २४ नम्बर कित्ताकाट गरेर सार्वजनिक प्रतिजग्गा कायम गरेको छ । सुनारले सुकुम्बासी समस्या समाधान आयोगबाट २०५५ मंसिर १५ गते जग्गाधनी पूर्जा लिएका छन् । 

सार्वजनिक जग्गा आफ्नो नाममा गरेपछि २०५५ सालदेखि साविकको तिलकपुर गाविसमा मालपोत दस्तुर बुझाएर २०६४ सालमा स्रेस्ता कायम गरिएको छ । स्थानीयवासीका अनुसार अहिले किर्ते गरी बिक्री गरिएको जग्गा पहिलेदेखि नै एकातर्फ खेलमैदान र अर्कोतर्फ कब्रिस्थान (मुस्लिम समुदायको शव गाड्ने स्थान) का रुपमा प्रयोग गर्दै आएको सार्वजनिक स्थल हो । 

तत्काल सो जग्गाको पूर्जा खारेज गरेर सार्वजनिक कायम गराउन स्थानीयवासीले माग गरेका छन् । मालपोत, नापी कार्यालयबाट सार्वजनिक जग्गा कसरी पास भयो शंकाको विषय बनेको छ । किर्ते गरेको आरोपमा दीपक सुनारलाई प्रहरीले केही दिनअघि पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी उपरीक्षक राजेन्द्र भट्टका अनुसार घटनाका बारेमा सूक्ष्म अनुसन्धान भइरहेको र केही दिनमा नै घटनाबारे सत्यतथ्य बाहिर आउने बताए ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

असोज २६, २०८०

नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...

पुस २१, २०८०

यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x