पुस २५, २०८०
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बागलुङ – बहुउपयोगी सल्लाको खोटो बेचेर यहाँका सामुदायिक वनका उपभोक्ता समूहरूले लाखौँ आम्दानी गर्दै आएका छन् ।
वर्षेनी खोटो संकलन र निर्यात गर्दै आएका बुर्तिबाङको टाकुरा, सल्लेरीपानी, सल्लेरी र माडे सावउसका वन उपभोक्ता समूहले गत आवमा संकलित छ हजार १७५ केजी खोटोबाट रु सात लाख ६७ हजार ९३४ आम्दानी गरेका हुन् ।
खोटोबाट रु ९९ हजार ८३४ राजश्व र स्थानीय कर रु ३२ हजार ८३५ संकलन भएको छ । जिल्ला बाहिरका कम्पनीबाट माग आउन थालेपछि उपभोक्ता समूह खोटो संकलनतर्फ आकर्षित भएका हुन् ।
सल्लो प्रजातिका रुखबाट निकालिने खोटो अलकत्रा, तारपिन तेल, ग्रिज र रंग बनाउन प्रयोग हुन्छ । जिल्ला वन कार्यालयका अनुसार कपिलवस्तु रोजिन उद्योग र रुपन्देहीको माउण्ट रोजिन एण्ड टर्पेनटाइन इन्डस्ट्रिज प्रालिले यहाँ संकलित खोटो खरिद गर्ने गरेका छन् ।
उपभोक्तालाई खोटो संकलनका लागि आवश्यक पर्ने सीप र प्रविधि उद्योगले नै प्रदान गर्छन् । पच्चीस वटा रुखबाट १० केजीजति खोटो निकाल्न सकिने जिल्ला वन कार्यालयका सहायक जिल्ला वन अधिकृत रामबहादुर विक बताउँछन् । बुर्तिबाङको माडे सामुदायिक वनबाट सबैभन्दा बढी खोटो संकलन हुने गरेको उनको भनाइ छ । खरिदकर्ताले प्रतिकेजी रु १२ का दरले खोटो खरिद गर्ने गरेका छन् ।
खोटो बेचेर समूहमा आउने आम्दानी उपभोक्ताले आयआर्जनमा लगाउने गरेका छन् । आयआर्जनमार्फत समूहका सदस्यको जीवनस्तर सुधारमा मद्दत पुगेको सामुदायिक वन उपभोक्ता महासंघको ठहर छ । खोटो संकलन र निर्यातलाई जिल्लाका अन्य क्षेत्रमा पनि विस्तार गर्नुपर्ने महासंघको जिल्ला अध्यक्ष प्रेम लामिछाने बताउँछन् । बजार प्रवद्र्धनसँगै आर्थिक तथा प्राविधिक सहयोग गर्न महासंघ तयार रहेको उनको भनाइ छ ।
“वनमा त्यसै खेर गइरहेको खोटो संकलनबाट लाखौँ रुपैयाँ समूहमा भित्रिएको छ”, उनी भन्छन्, “यसलाई अझै व्यावसायिक बनाउन आवश्यक छ ।” वनको स्रोत उपयोग गरेर उद्यम सञ्चालन गर्ने उपभोक्तालाई महासंघले आर्थिक तथा प्राविधिक सहयोग गर्दै आएको छ । जिल्लाका अन्य क्षेत्रमा पनि सल्लो प्रजातिको वन क्षेत्र पर्याप्त भएको हुँदा खोटोको राम्रो सम्भावना छ ।
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...