बेनी-जोमसोम सडक आजबाट रातीमा बन्द

साउन ५, २०७५

म्याग्दी– हिमाल पारिको पर्यटकीय मुस्ताङ जिल्ला जोड्ने बेनी–जोमसोम सडक शनिबार रातिदेखि रातको समयमा बन्द हुने भएको छ । 

म्याग्दीका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको बैठकले साउन ५ गतेदेखि लागु हुने गरी बेनी–घाँसा सडकखण्डमा रातको समयमा सवारी सञ्चालन गर्न रोक लगाउने निर्णय गरेको हो । 


ADVERTISEMENT

बैठकले यही ३१ गते सम्मका लागि गलेश्वरदेखि जोमसोम तर्फ जाने सवारी साधनहरू बेलुकी ५ः३० देखि बिहान ५ बजेसम्म र घाँसाबाट बेनीतर्फ आउने सवारी साधनहरु साँझ ६ देखि बिहान ५ बजेसम्मका लागि बन्द गर्ने निर्णय गरेको हो । 

साउन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस