×

NMB BANK
NIC ASIA

जुम्ला प्रकरणः सहकर्मीको मृत्यु भएको भन्दै किन झूट बोल्यो प्रहरीले ?

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ – जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौं ल्याउने क्रममा प्रहरीले मृत्युको गलत सूचना फैलाएर भीड नियन्त्रण प्रयास गरेको तथ्य खुलेको छ । केसीलाई लैजान स्थानीयले अवरोध गरेपछि अस्पताल परिसरभित्रै प्रहरीले बल प्रयोग गरेको थियो ।

Muktinath Bank

अस्पताल परिसरभित्र प्रहरीले गरेको माइकिङको अडियो र भिडियो सामाजिक सञ्जालहरूमा फैलिएको छ । जसमा डीएसपी तपनकुमार दाहालले माइकिङ गर्दै भनेका थिए, ‘हाम्रा एकजना प्रहरी जवानको मृत्यु भइसकेको छ । त्यसकारण हाम्रा प्रहरी पनि मरेको हुनाले, क्याजुअल्टी भएको हुनाले हामीले पनि संयमता अपनायौं धेरैबेरसम्म । तपाईंहरू कोही आन्दोलन गर्न आउनुभएको छ भने बस्नुस् ठीक छ त्यसमा ।’


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

प्रहरीले माइकिङमार्फत आफ्ना सहकर्मीको मृत्यु भएको भन्ने खबरलाई आधार मानेर सञ्चार माध्यमहरूले समाचार प्रसारण गरे । बिहीबार साँझ नै प्रहरी प्रधान कार्यालयले मृत्युको तथ्यबारे प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको थियो । प्रधान कार्यालयको विज्ञप्तिमा ‘समाचार ब्रेक गर्ने होडबाजीमा असत्य समाचार सम्प्रेषण गर्नेजस्तो मानवीय संवेदनाको विषयमा सूचना दिनुअघि आधिकारिक पुष्टि गर्न’ अपिल गरिएको थियो ।


Advertisment
Nabil box
Kumari

आखिर प्रहरीले आफ्नै सहकर्मीको मृत्यु भएको खबर फैलाएर भीड नियन्त्रण गर्ने स्थिति किन निम्तियो ? जुम्लाका डीएसपीले किन प्रहरीको मृत्यु भएको भन्दै माइकिङ गरे ?  प्रहरी प्रवक्ता शैलेश थापाले भने, ‘डीएसपीले किन त्यस्तो भने र त्यस्तो अवस्था किन आयो भन्नेबारेमा आन्तरिक छानबिन सुरु भएको छ ।’

Vianet communication
Laxmi Bank

पूर्वडीआईजी नवराज ढकालका अनुसार प्रहरीले भीड नियन्त्रणका बेलामा होस् वा अन्य बेलामा गलत सूचना वा सन्देशको प्रसार गर्नु आचारसंहिताविपरीत र गैरकानुनी कुरा हो । उनले भने, ‘भीड नियन्त्रण वा अन्य कुनै नाममा पनि प्रहरीले गलत सन्देश फैलाउनु हुँदैन ।’ पूर्वडीआईजी हेमन्त मल्लले भीड नियन्त्रणका बेला आफ्नै सहकर्मीको मृत्युको खबर दिनु त्रुटिपूर्ण भएको बताए । अाजकाे कान्तिपुर दैनिकमा खबर छापिएकाे छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

सवारीसाधन  सुविधा  प्राप्त  गर्ने  कर्मचारीलाई  इन्धनबापत नगद उपलब्ध गराउन सरकारले निर्देशिका जारी गरेको छ । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ ले दिएको अधिकार प्रयोग ...

कात्तिक २३, २०७८

विशेष  आर्थिक  क्षेत्र  (सेज)भित्र मदिरा,  सुर्तीजन्य  र  विस्फोटक  पदार्थ  उत्पादन  गर्ने  उद्योग स्थापना  गर्न  नपाइने  भएको  छ।  विश...

फागुन ४, २०८०

ललिता निवास प्रकरणमा विशेष अदालतले बिहीबार फैसला गरेको छ । फैसला अनुसार ललिता निवासको हडपिएको जग्गा सरकारको नाममा आउने भएको छ।  अदालतले त्यसमा दोषीहरुलाई कैद र जरिवानको फैसला पनि गरेको छ ।  ...

माघ २४, २०८०

कास्की प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित थप १८ जनाविरुद्ध अनुसन्धान  सुरु  गरेको  छ  ।  पोखराको  सूर्यदर्शन  बचत तथा ऋण सहकारी ठगी प्रकरणमा ...

माघ ३, २०८०

चालुु  आर्थिक  वर्ष  २०८०/८१  मा  नेपाली  श्रमिकका लागि मलेसियाको रोजगारी घटेको छ । गत आव २०७९/८० मा पहिलो श्रम गन्तव्य देश बनेको मलेसिया चालुु आवमा क्रमशः घटेर तेस्रो र चौथो ...

फागुन १५, २०७४

बुटवल, १५ फागुन-  भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३५ जना चिनियाँसहित २ सय मजदुर काम गरिरहेका छन् । केही निर्माण उपकरण र मेसिनरी यन्त्र थपिएका छन् । द्रुतगतिमा कच्चा पदार्थ संकलन भएको छ । च...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x