×

NMB BANK
NIC ASIA

सडकले खानेपानीमा समस्या : पहिरो आउँछ-'कहिले पाइप बगाउँछ, कहिले फुटाउँछ'

साउन ५, २०७५

NTC
Sarbottam
सन्दर्भ तस्वीर
Premier Steels
Marvel

नुवाकोट- सदरमुकाम विदुर नगर क्षेत्रमा एक हप्तादेखि खानेपानीको हाहाकार मच्चिएको छ । पहिराको कारण पानी नआउँदा सदरमुकाम क्षेत्रका एक हजार ५०० धारामा पानी वितरण हुन सकेको छैन ।

Muktinath Bank

रसुवाको पैरेबेँसीस्थित त्रिशूली खोलाबाट ल्याइएको पानी विदुर नगरपालिका–१० भैंसे, तिरतिरे भीरमा गत असार ३० गते पहिराले पाइप बगाएको कारण वितरण गर्न नसकिएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष नारायणबहादुर खनालले बताउनुभयो । 

गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेँसी–रसुवागढी सडक स्तरोन्नतिका क्रममा भित्तो काटिएका स्थानमा अविरल वर्षाको कारण पहिरो निरन्तर खस्दा पानी ल्याउन समस्या भएको विदुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका कार्यालय सचिव नवराज न्यौपानेले बताउनुभयो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“हामीले पटक पटक मर्मत गरिसक्यौँ । दिनभरी मर्मत गर्यो, राति पानी पर्छ । पहिरो आउँछ । कहिले पाइप बगाउँछ, कहिले पाइप फुटाउँछ”, न्यौपानेले भन्नुभयो “पहिरोको कारण पानीको अभाव भएको हो ।” 

अविरल वर्षामा कमी नआएसम्म पानी विदुरमा ल्याउन समस्या हुने बताइएको छ । ‘“सडक स्तरोन्नतिका कारण जताततै भित्ता खनिएको छ । खानेपानीको पाइप त्यही सडकको कुनाबाट ल्याइएका कारण सडकमा पहिराको समस्या आउनासाथ पानीको समस्या हुने गरेको छ”, उहाँले भन्नुभयो । 

वर्षात् लागेपछि धमिलो पानी वितरण गर्दै आएको उपभोक्ता समितिले पहिराको कारण अहिले त्यही धमिलो पानी पनि वितरण गर्न नसकेपछि उपभोक्ता स्थानीय ढुंगेधारा, खोल्साको पानी र आकाशे पानी संकलन गरी उपभोग गर्न बाध्य भएको उपभोक्ता कृष्णलाल श्रेष्ठले बताउनुभयो । 

भूकम्पछि कतिपय ढुंगेधारामा पानी सुकेको तथा कतिपयमा पानीको मात्रा धेरै घटेको कारण उपभोक्ता मारमा परेका छन् । विदुर, बट्टार, इनारपाटी, ढुंगे, कोलनी गरी नगरपालिकाका पाँच वटा वडामा पानीको अभाव हुँदा १२ हजारभन्दा नागरिक प्रभावित भएका छन् ।


Advertisment
Nabil box
Kumari

सदरमुकाम क्षेत्रमा व्यवसाय सञ्चालन गर्दै आएका र भाडामा बस्दै आएका धेरै प्रभावित भएका छन् । पानीको अभाव हुँदा महँगोमा ट्यांकरको पानी किन्न बाध्य भएको विदुरका होटेल सञ्चालक रोशन भण्डारीले बताउनुभयो । 

Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

x