×

NMB BANK
NIC ASIA

अध्यक्ष र लेखा सदस्यले सहकारीको खाए ११ लाख, स्थानीयलाई टेर्नै छोडे

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत– दैलेख जिल्लाको आठबीस नगरपालिका वडा नं. ६ को सिंहासैनमा रहेको बयालढुंगा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष केश बहादुर शाही र लेखा संयोजक निरक कठायतले सहकारीको ११ लाख २० हजार रुपैयाँ हिनामिना गरेको पाइएको  छ । 

Muktinath Bank

एक सय ३२ जना शेयर सदस्य रहेको उक्त सहकारी २०६६ सालमा स्थापना भएको थियो । २०६६ सालमा अध्यक्ष बनाइएका केशबहादुर शाही र निरक कठायतले कागजात मिलाएर उक्त रकम खाएको देखिएको स्थानीय गगन शाहीले बताए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

‘हामीले बारम्बार उनीहरूलाई छलफलका लागि बोलाएका थियौं ।’ उनले भने, ‘तर उनीहरूले अहिले हामीलाई टेर्नै छोडे ।’ गगनका अनुसार उनीहरूबाट रकम असुल गरिदिन भनेर इलाका प्रहरी कार्यालय राकम कर्णालीमा दुई पटक छलफल भइसकेको छ । तर, उनीहरू सम्पर्कमै आउन चाहेका छैनन् । 


Advertisment
Nabil box
Kumari

‘एक सय ३२ जना शेयर सदस्य रहेको सहकारीको पैसा हिनामिना हुँदा हामीलाई अन्य सहकारी खोल्न समस्या परेको छ ।’ उनले भने, ‘स्थानीयद्वारा नै रकम हिना मिना भएपछि अहिले अन्य शेयर सदस्यहरू पनि आक्रोशित भएका छन् ।’

Vianet communication
Laxmi Bank

रकम हिनामिना भएपछि बारम्बार हिसाब माग्दा केशबहादुर शाही सम्पर्कमा नआएको बताइएको छ । लेखा सदस्य निरक कठायत भने अहिले पनि गाउँमै रहेका छन् । उनले आफूले एक लाख ६० हजार रुपैयाँ मात्रै खाएको स्वीकार गरेका छन् । साउन ७ गतेसम्म उक्त रकम आफूले तिर्ने गरी जिल्ला प्रशासन कार्यालय दैलेखमा कागज पनि गरेका छन् ।


‘अहिले सहकारीको कुर्सी र टेवलहरू, अन्य कागजातहरु कता छन थाहा छैन ।’ नाम नबताउने शर्तमा एक जना शेयर सदस्यले भने, ‘अहिले सहकारीको पुरै नामोनिसान मेटिएको छ ।’ सहकारी खोलेर आफूहरूलाई सहयोग पुग्ने अपेक्षा सहित आफूहरूले पैसा दैनिक रुपमा जम्मा गर्ने गरेता पनि त्यो सबै रुपैयाँ दुई जनाले खाएको उनको भनाई छ ।

सहकारी संस्थामा उच्च मूल्य कृषि बस्तु विकास आयोजना दैलेखले बाख्रापालनको लागि २०७२ मा दिएको २ लाख ४० हजार रुपैयाँ पहिलो किस्तामा र दोस्रो किस्ता ४ लाख  गरेर ६ लाख ४० हजार रुपैयाँ खोर सुधारका लागि भनेर दिएको थियो । त्यो मध्ये पहिलो किस्ताको काम गरे पनि दोश्रो किस्ताको रकम भने उनीहरूले कामै नगररे खाएका थिए । 

उनीहरूले अन्य कागजात मिलाउन नसक्दा तेस्रो किस्ताको रकम निकाल्नै सकेनन् । संस्थामा रकम हिनामिना भएको पाइएपछि स्थानीय शेयर सदस्यहरूले छानविन समिति समेत गठन गरे । छानविन समितिको संयोजकमा नरबहादुर कठायत, सदस्यहरूमा अर्जुन शाही र भीम आचार्य रहेका थिए । 

तर छानविन समितिले प्रतिवेदन नै सार्वजनिक गरेन ।  छानविन समितिका संयोजक नर बहादुर कठायतले रकम हिनामिना भएको आफूहरूले पाएको बताए । ‘हामीले गरेको छानविन अनुसार ११ लाख २० हजार रुपैयाँ हिनामिना भएको देखियो ।’ उनले भने, ‘हामीले प्रतिवेदन कस्लाई बुझाउने भन्ने अन्यौल रहेका कारण प्रतिवेदन सार्वजनिक नगरेको साँचो हो ।’ 

यता, परियोजनाका सामाजिक परिचालक चुडामणि उपाध्यायले उनीहरूले पहिलो किस्ताको विल पेश गरेका र दोश्रो किस्ताको रकमको विल भरपाई अहिलेसम्म पनि पेश नगरेको बताए । ‘मैले बारम्बार ताकेता गर्दा पनि उनीहरूले अटेर गरेका छन् ।’ उपाध्यायले भने, ‘कामै नगर्ने र पैसा खाने परिपाटी हावी भएकाले उनीहरूले कसैलाई पनि टेर्न नचाहेका हुन ।’ 

उनका अनुसार सहकारीसँग २०७१ साउन १८ गते सम्झौता भएको जम्मा रकम ८ लाख ३४३ रुपैंया थियो । पहिलो किस्तामा २ लाख ४० हजार उनीहरूले लगेका थिए भने सो रकमको पेश्की फछर््यौट भएका कारण  दोश्रो किस्ताको ४ लाख लिएका थिए तर उनीहरुले सो किस्ताको  विल भरपाई दिन सकेनन् । 

आयोजनाले तेस्रो किस्ताको  १ लाख १४ हजार ३४३ र अन्तिम किस्ताको ४६ हजार रुपैयाँ उनीहरुलाई भुक्तानी नदिइएको बताएको छ ।
यता, सम्पर्कमा आएका लेखा सदस्य निरक कठायतले आफूले एक लाख ६० हजार रुपैंया खाएको स्वीकार गरे । ‘हामीले दोश्रो किस्तामा आएको ४ लाखमा एक लाख ६० हजार मैले लगेको हुँ ।’ उनले भने, ‘बाँकी रकम अध्यक्षले नै खाएका हुन ।’ 

उनले अध्यक्ष शाहीसँग बारम्बार सम्पर्क गर्ने गरेतापनि सम्पर्कमा आउन नचाहेको बताए । ‘दुवै जना मिलेर पैसा दिउँ भनेतापनि उनले अटेर गर्ने गरेका छन् ।’ उनले भने, ‘अध्यक्षका कारणले म दबाबमा छु । चौतर्फि रुपमा दबाब आइरहेको छ ।’

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ ।  ट...

मंसिर २७, २०८०

निर्माण व्यवसायी महासंघले खरिद सम्बन्धी कानून परिमार्जनसहितका ९ बुँदे माग राखी आन्दोलन गरेको थियो । २०८० साउन २६ गते प्रधानमन्त्रीस्तरीय निर्णयबमोजिम सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिवको अध्यक्षतामा गठित कार्यद...

मंसिर २९, २०८०

सूचनाको हकसम्बन्धी ऐन, २०६४ बमोजिम प्रधानमन्त्रीका सचिवालय सदस्यहरूको नियुक्ति तथा पारिश्रमिकसम्बन्धी विवरण उपलब्ध गराएबापत प्रधानमन्त्री कार्यालयकी सूचना अधिकारी कविता फुयाँलको जिम्मेवारी खोसिएको छ । करिब ५ वर्...

असोज १९, २०८०

ने​पालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...

चैत २, २०८०

त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...

कात्तिक २४, २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x