×

NMB BANK
NIC ASIA

‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सुझाव

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- आदिकवि भानुभक्त आचार्य विषयमा विद्यावारिधि गर्ने भारतका एक साहित्यकारले ‘भानुभक्तीय रामायण’लाई विश्वसम्पदा सूचीमा राख्न सकिने बताउनुभएको छ । 

Muktinath Bank

दुई सय पाँचौँ भानुजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानद्वारा तीन दिन आयोजित प्रथम ‘हिमवत्खण्ड कला साहित्य सम्मिलन’ मा नेपाल आउनुभएकी सिक्किम विश्वविद्यालय नेपाली विभागका सहप्राध्यापक डा कविता लामाले ‘भाषिक साहित्यिक विश्वसम्पदाका सन्दर्भमा भानुभक्त’ शीर्षक कार्यपत्र प्रस्तुत गर्दै विभिन्न भाषामा अनुदित ‘रामायण’को प्रकाशन, भारत तथा विश्वका नेपाली डायस्पोरा समाजमा ‘रामायण’को महत्व र भानुजयन्ती, भारतमा भानु शालिकको स्थापना, ‘रामायण’ अडियो क्यासेटको निर्माण, भानुभक्तमाथि निर्मित पहिलो नेपाली चलचित्र, उनीमाथि गरिएका विभिन्न विद्यावारिधि आदि कारणले सो कुरा पुष्टि हुन सक्ने बताउनुभएको छ । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

खरसाङ निवासी डा लामाले भानुभक्त आचार्यका काव्यकृतिको भाषिक अध्ययन विषयमा वनारस विश्वविद्यालयबाट सन् १९९७(विसं २०५४तिर) विद्यावारिधि पूरा गर्नुभएको थियो । सिक्किम विश्वविद्यालयको स्कूल अफ ल्याङ्ग्वेजेस एण्ड लिटरेचरमा उहाँ हालै डीनका रुपमा नियुक्त गरिनुभएको छ । 

“हिन्दी, असमेली, बंगला, मैथिली, भोजपुरी र अंग्रेजीमा भानुभक्तको रामायणको अनुवाद हुनु भनेको सो कृति विश्वस्तरमा पुग्नु हो, अनि कविलाई विश्व कवि मात्र नभनेर विश्वसम्पदाका रुपमा नै आधिकारिक तौरले स्थापित गर्ने प्रयास गर्नु हो”, कार्यपत्रमा भनिएको छ । 


Advertisment
Nabil box
Kumari

डा लामाले नेपाली भाषा साहित्य र समाजमा कवि भानुभक्त विश्वसम्पदाका रुपमा स्थापित भइसकेकाले उनको महान् साहित्यिक सम्पदा ‘भानुभक्तीय रामायण’ लाई पनि राष्ट्रिय अनि अन्तर्राष्ट्रिय संरक्षण प्रदान गराउन तथा विश्व धरोहरका रुपमा स्थापित गर्न आधिकारिक रुपमा पहल हुनुपर्नेमा उहाँले जोड दिनुभएको छ । यसका लागि नेपाल र भारत सरकार दुवैले राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन(युनेस्को)सित पत्राचार गर्न उहाँले सुझाव दिनुभएको छ । 

Vianet communication
Laxmi Bank

सन् २०१४ मा युनेस्कोले नेपालबाट विश्व धरोहरका सूचीमा राखेका लुम्बिनी, चितवन राष्ट्रिय निकुञ्ज, काठमाडौँ उपत्यका, सगरमाथा राष्ट्रिय निकुञ्जलाई जस्तै ऐतिहासिक र वैश्विक मूल्यका दृष्टिले आदिकवि भानुभक्तको जन्मस्थल चुँदी रम्घा पनि सांस्कृतिक सम्पदाका सूचीमा सामेल गर्न सकिने उहाँको तर्क छ । 

सो प्रक्रियामा सरकारलाई सहयोग गर्ने संस्थामा दुवै मुलुकका नेपाल प्रज्ञा –प्रतिष्ठान, नेपाली साहित्य अकादमी भारत, अन्तर्राष्ट्रियस्तरमा गठित नेपाल गैरआवासीय संस्था, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज, विश्व भुटानी साहित्य संगठन, विश्व नेपाली साहित्य महासंघ आदिले यसमा सहयोगको हात बढाउन सकेमा व्यावहारिक अनि आधिकारिक रुपमा भानुलाई विश्व सम्पदाका रुपमा स्थापना गर्न सफल हुने उहाँको विश्वास छ । 

नेपाली भाषा साहित्यका सन्दर्भमा आदिकवि भानुभक्तलाई विश्व कविका रुपमा स्थापित गर्न, विश्व धरोहर घोषित गर्न तथा ज्ञान समाजको प्रमुख हिस्सा बनाउन आजको युवा पुस्ता अघि आउनुपर्ने सुझाव पनि उहाँको छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २७, २०८०

तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...

कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

कात्तिक २१, २०८०

पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x