×

NMB BANK
NIC ASIA

विराटनगरको साहित्यमा विभाजित मानसिकता, पुस्तान्तरणको समस्या

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

विराटनगर – ध्रुबे आयातित थोत्रो इतिहासको चिथ्रो टालो बोकेर
दिग्भ्रमित हुँदै भौतारिएको छ,
मानिसहरूको आस्था र विश्वास भत्काउँदै
जताततै कुद्दै जे मन लाग्यो त्यही गर्दैछ ...
उ कसैको कुरा सुन्दैन
कसैलाई मान्दैन
कसैमाथि विश्वास गर्दैन
मदोन्मत बनेर विदेशी माउतेको इशारामा
आफ्नो सुन्दर घर नष्ट भ्रष्ट गरिरहेको छ
कतै ध्रुबे बहुलाएको त हैन ?

Muktinath Bank

यी शब्दले राष्ट्रप्रति गहकिलो व्यंग्य प्रहार गरेको छ । पछिल्लो समय देश सञ्चालन गर्ने प्रधानमन्त्री तथा मन्त्रीलाई धु्रबे हात्तीको संज्ञा दिइएको कवितामा प्राज्ञ साहित्यकार दधिकार सुवेदीले माउतेको इशारा भनेर बाहिरी विदेशी चलखेललाई उठान गर्न खोजेका छन् । उनले आफ्ना साहित्य सिर्जनामा भनेझैं नेपाली साहित्यमा चोेटिला शब्दहरू पूर्वका साहित्यकारले देश हाँक्ने गरी प्रहार गर्ने क्रम लामो भइसकेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

विराटनगरको साहित्य क्षेत्र पछिल्लो समय उर्बर बन्दै गएको छ । काठमाडौंलाई मात्र साहित्यको राजधानी ठान्नेलाई चुनौती दिँदै साहित्यका जानकारहरू विराटनगरलाई चिनाउन कम्मर कसेरै लागेका छन् ।


Advertisment
Nabil box
Kumari

विराटनगरले साहित्यमा लामो इतिहास रचिसकेको छ । विराटनगरको साहित्य विक्रम सम्वत् १९८० को दशकबाट शुरू भएको मानिन्छ । त्यो बेला नेपाली साहित्यको शुरूवात कोइराला परिवारभित्र थियो । कृष्णप्रसाद कोइरालाको कृष्ण विनोद कवितालाई नै नेपाली साहित्यमा विराटनगरले कवितामा पाइला टेकेको रुपमा सम्झना गरिन्छ । त्यसपछि नेपाली साहित्यमा प्रशस्तै साहित्यकारको जन्म भयो र त्यो श्रृंखला अहिलेसम्म जारी रहेको साहित्यकार बलराम पोखरेलको अनुभव छ ।

Vianet communication
Laxmi Bank

उनी भन्छन्, ‘विराटनगरले नेपाली साहित्यमा योगदान गर्दागर्दै पनि कतिपय अवस्थामा कहीँकतै हराइरहेका छौं कि भन्ने लागेको छ ।’ पहिलो पुस्ताका मान्छेहरू चिन्तनशील, मननशील थिए, कतिपयको नाम चल्यो कोही गुमनाम भए । जगन्नाथ गुरागाईजस्ता गुणरत्नमाला लेख्ने व्यक्ति जन्माउने पनि विराटनगर नै भएको बलराम पोखरेल बताउँछन् ।

विराटनगर चिनाउनेमा पुराना पुस्ता मात्र हैन, त्यतिबेला नयाँ पुस्ता उसैगरी जुर्मुराएरै आए । केही बदलिँदो परिवेश र परिस्थितिका कारण विस्थापित भए भने कोही जेनतेन अन्यत्र गुजारा चलाएर सहित्यलाई अभियान र सामाजिक चेतना विकासको रुपमा लिएर अघि बढ्दैछन् ।

उनीहरू कवितामा नयाँ–नयाँ प्रयोगका साथ अघि बढ्दै छन् । हिजोको साहित्य अध्यात्मवादमा आधारित रहेर लेखिन्थ्यो, आज ती साहित्य विज्ञान र समाजसँग जोडिएर आउन थालेका छन् । कवि दिङ्गाली कान्छो नेपाली साहित्यमा आउने क्रमलाई थेगिराख्न सक्ने हो भने साहित्यमा विराटनगरले आफ्नो उचाइलाई कहिल्यै शिरबाट गिर्न दिने अवस्था नरहेको बताउँछन् ।

खासगरी विराटनगरले नेपाली साहित्यमा राम्रै प्रतिनिधित्व गरेको साहित्यमा लाग्दै आएकाहरू बताउँछन् । विवश पोखरेल, ज्योति जंगल, राधिका गुरागाई, सीमा आभासजस्ता प्रतिभाले राष्ट्रमा राम्रो स्थान ओगटिरहेको कवि चुडामणी नेपाल अकिञ्चन अनुभव सुनाउँछन् ।

कृष्णप्रसाद कोइरालादेखि अहिलेको पुस्तासम्म आइपुग्दा सयौं साहित्यकार विराटनगरसँग जोडिएर राष्ट्रिय स्तरमा नाम लेखाउन सफल भइसकेका छन् । बिचको पुस्तासँग प्रभावित भएर साहित्यका नयाँ पुस्ता तछाडमछाडको अवस्थामा रहेकाले विराटनगरको साहित्य सकारात्मक र गुणात्मक रहेको प्राज्ञ दधिकार सुवेदी बताउँछन् । पछिल्लो पुस्ता देवकुमारी थापा, बालकृष्ण पोखरेलसँग प्रभावित भएर अगाडि बढिरहेको उनको भनाई छ ।

साहित्यमा ‘झुण्ड साहित्य’

पछिल्लो समयमा साहित्यकार बिचमा नै मत मिल्न सकेको छैन, विभाजित जस्तो देखिन्छन् । पहिलाको साहित्यका पुस्तामा साहित्यको श्रीवृत्तिको लागि एक भएर लागेको उदाहरण विराटनगर भित्रैबाट  नदिइएको भने होइन । तर, अहिलेको समसामयिक कुरा गर्ने हो भने अलिकति लेखन कलामा आउन खोज्छ भने झुण्ड साहित्यले त्यसको अप्ठ्यारो बनाउने र उसलाई साहित्यमा आउनै नदिने गरी सिध्याउने खेल हुने गरेको साहित्य वृतमा नाम कहलिएका साहित्यकार नै स्वीकार गर्छन् ।

देशलाई नै हाँक्ने साहित्यकार बोकेर हिँडेको विराटनगरको साहित्य झुण्ड साहित्यको चेपुवामा परेको छ । एउटाले गरेको साहित्यिक कार्यक्रममा अर्कोलाई नबोलाउने अनि अर्कोले गरेको कार्यक्रममा अर्कोलाई नबोलाउने प्रवृत्ति मौलाउँदै गएको छ । यसको अर्थ साहित्यकारले एकले अर्कोलाई स्वीकार गर्न सकेका छैनन् । यसले विराटनगरको साहित्यलाई उजागर गर्नुभन्दा पनि अप्ठ्यारो पार्ने काम भएको स्पष्टै देखिन्छ ।

लामो समयदेखि विरासत जमाएर बसेकाहरूले आफ्नो प्रभूत्व जनाउन खोजेको देखिन्छ । अर्को भनेको बाहिरबाट आएर पनि आफ्नो पकड जमाएर बसेकाहरू छन्, उनीहरूले अरुलाई गन्दैनन् । अर्को भनेको गर्न सकेको त मैले गरिहाल्छु नि भन्ने तर आफ्नो प्रभूत्व देखाउन नसक्नेलाई भने साहित्यमा अप्ठ्यारो भएको छ । जुनसुकै क्षेत्रमा लागेर पनि आफ्नो क्षेत्रमा जमेर पछिल्लो समय साहित्य वा कवि बन्न आउनेको भीड विराटनगरको साहित्यमा देखिन्छ । जागिर खाएर रिटायर्ड जीवन बिताएकाहरू साहित्यमा देखिएका छन् । ती पुराना व्यक्तिका कारण नयाँलाई आउन गाह्रो बनाइदिएको छ ।

यी साहित्यकारले धानेको विराटनगर

कोइराला परिवार भित्रका कृष्णप्रसाद कोइराला, मातृकाप्रसाद कोइराला, तारिणीप्रसाद कोइराला, धरेन्धर कोइराला लगायतको पुस्ता निक्कै पहिलाको पुस्ता अर्थात् शुरूवाती चरणको पुस्ताको रुपमा लिइन्छ । 

त्यसपछि मुखमा झुण्डिएर आउने नामहरू नरेन्द्र चापागाई, बालकृष्ण पोखरेल, परशु प्रधान, कृष्णभुषण बल, प्रमोद प्रधान, नरेन्द्र प्रसाई, इन्दीरा प्रसाई, रमेश प्रसाई, दधिराज सुवेदी, गंगा सुवेदी, विवश पोखरेल, मधु पोखरेल, राधिका गुराई, गोकुल अधिकारी, दिङ्गाली कान्छो, मञ्जु श्री गिरी, सुमन पोखरेल, ज्योती जंगल, सीमा आभास, मिनकुमार नवोदित, गण्डकी पुत्र, सविता गौतम दाहाल लगायतले अहिलेसम्मको साहित्यलाई यहाँसम्म ल्याउने काम गरे ।

त्यसपछि साहित्यकार जन्माउन केही सकश जस्तो देखिएपनि बिस्तारै देखिने क्रम भने रोकिएको छैन । धिरज राई, दिपक सञ्चु, अर्जुन ढुंगाना लगायतको लेखनमा पनि निखारतासँगै अघि बढ्दै गरेका साहित्यकार हुन् ।

साहित्यको श्रीवृत्तिका लागि लाखौं रकमको अक्षय कोषको समेत स्थापना हुनु अनि नयाँ पुस्ता साहित्यको विकासमा जमेर आउनुले विराटनगरको साहित्यमा उज्यालो घामको संकेत गरेकाले धेरैलाई आशा पलाएको छ । अघिल्ला पुस्तामा नाम चलेर पनि गुमनाम भएका साहित्यकारलाई नयाँ पुस्ताले चिनाउन सकेमा विराटनगरले नेपाली साहित्यमा थप फड्को मार्ने निश्चित छ । 

hAMROPATRO BELOW NEWS
TATA Below
असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

कात्तिक १३, २०८०

वरिष्ठ पत्रकार तथा साहित्यकार आचार्य कमल रिजालद्वारा लिखित उपन्यास ‘सुकर्म’को अंग्रेजी संस्करण ‘डीप क्वेस्ट' प्रकाशित भएको छ । २०६९ सालमा नेपालीमा प्रकाशित उक्त उपन्यासको अंग्रेजी संस्करणलाई स...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

कात्तिक ८, २०८०

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो । ‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घर...

असोज ३, २०८०

त्यो शिक्षकले पढायो, नेता बन्न सिकायो र त आज देशको बागडोर चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, कर्मचारी बन्न सिकायो र त आज देशको प्रशासन चलाइरहेका छौ । त्यो शिक्षकले पढायो, डाक्टर बन्न सिकायो र त आज हजारौ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x