केसी समर्थकहरुबीच विवाद, तरुण दलले झण्डा बोकेपछि र्‍यालीमा सहभागी हुन रोक !

साउन ५, २०७५

काठमाडौं–२२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन गर्न आएका प्रदर्शनकारीहरुबीच विवाद भएको छ । 

केसीको समर्थनमा माइतीघरबाट बानेश्वरसम्म आयोजना गरिने र्‍यालीमा सहभागी हुन नेपाली कांग्रेस निकटको तरुण दलका कार्यकर्ता दलको झण्डासहित उपस्थित भएपछि केसी समर्थकहरुले आपत्ति जनाएका हुन् । केसी समर्थकहरुले दलको झण्डा लिएर आउने तरुण दलका कार्यकर्तालाई केसीको पक्षमा हुने ¥यालीमा सहभागी हुन दिएनन् । 

केसीको मागमा सरकार गम्भीर नभएको भन्दै सरकारलाई दबाव दिनका लागि केसी समर्थकहरु प्रदर्शनमा उत्रिएका हुन् । बानेश्वरसम्म पुग्ने ¥यालीमा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराई, अभिनेत्री मनिषा कोइराला लगायको पनि उपस्थिति छ । 

केसीका समर्थकले सकारको विरोध र केसीको मागको कार्यान्वयन गर्न माग गर्दै नारा लेखिएका कागजका सेतो टोपी लगाएका छन् । 
 

साउन ५, २०७५ मा प्रकाशित

रिता लम्साल

रिता लम्साल लोकान्तरका लागि स्वास्थ्य र सामाजिक मामिलामा कलम चलाउँछिन् । 

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस