गोविन्द केसीका समर्थकले मन्त्रीको गाडी फोडे

साउन ५, २०७५

काठमाडौं– डा. गोविन्द केसीको समर्थनमा नयाँ वानेश्वरमा कांग्रेसको भातृ संगठन नेपाल तरुण दलले गरेको प्रदर्शनका क्रममा प्रदेश नम्बर ३ र ४ का दुई मन्त्रीको गाडी तोडफोड भएको छ ।

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनको ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् । उनीहरुको गाडीको अगाडिको भागको सिसा फुटेको छ ।
 

साउन ५, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस