तस्वीरमा हेर्नुहोस्, बानेश्वरमा तरुण दल र प्रहरीको घम्साघम्सी

साउन ५, २०७५

काठमाडौं–डा. गोविन्द केसीको समर्थनमा नेपाली कांग्रेस निकटको तरुण दलले गरेको प्रदर्शनमा प्रहरीले बल प्रयोग गरेको छ । 

शनिवार मध्याह्न माइतघरबाट शुरु भएको र्‍याली बानेश्वर पुगेपछि झडप भएको हो । 


ADVERTISEMENT

तरुण दलका कार्यकर्ताले प्रहरीमाथि ढुंगा हानेपछि प्रहरीले आन्दोलनकारीमाथि लाठी र अश्रुग्यास प्रहार गरेको थियो । 

आन्दोलनका क्रममा नेविसंघका अध्यक्ष नैनसिंह महर, तरुण दलका अध्यक्ष जीतजंग वस्नेतसहित दर्जनबढी कांग्रेस कार्यकर्ता घाइते भएका छन् । 

आन्दोलनकारीले भने आफूहरुको शान्तिपूर्ण र्‍यालीमा हस्तक्षेप गरेको आरोप लगाएको छ ।

आन्दोलनकारीले विजुली बजारमा रोकिराखेको  प्रदेश नम्बर ३ र ४ का दुई मन्त्रीको गाडी तोडफोड गरेका छन् । 

प्रदेश नम्बर ३ का सामाजिक विकासमन्त्री युवराज दुलालको बा २ झ३७६३ नम्बरको गाडी र प्रदेश नम्बर ४ का सामाजिक विकासमन्त्री नरदेवी पुनको ७२३४ नम्बरको गाडीमा तोडफोड गरेका हुन् ।

 

 

 

 

 

 

 

साउन ५, २०७५ मा प्रकाशित

गगन अर्याल

अर्याल लोकान्तरका फोटो पत्रकार हुन् ।

लेखकबाट थप...

प्रतिक्रिया दिनुहोस