×

NMB BANK
NIC ASIA

बानेश्वरमा कोणसभा हुँदै गर्दा तरुण कार्यकर्तामाथि अश्रुग्यास, भाषण नगरि हिडिन् मनिषा

साउन ५, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – २२ दिनदेखि अनशन बसिरहेका डा. गोविन्द केसीको समर्थनमा राजधानीमा प्रदर्शनको आयोजना गरिएको छ । 

Muktinath Bank

डा. केसीका समर्थकहरुले डा. केसीको जीवन रक्षा, चिकित्सा शिक्षा विधेयक फिर्ताको पक्षामा नारावाजी गरेका थिए । उनीहरुले प्रधानमन्त्री केपी ओलीको विरोधमा समेत नारावाजी गरेका थिए । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डा.केसीको मागमा सरकार गम्भीर नभएको भन्दै केसी समर्थक प्रदर्शनमा उत्रिएका हुन् । उनीहरुको आन्दोलनमा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई, अभिनेत्री मनिषा कोइराला, नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सदस्य गगन थापा, पूर्व प्रधानन्यायाधीस  शुशीला कार्की, विवेकशील साझा पार्टीका अध्यक्ष रबिन्द्र मिश्र, पूर्व प्रधानन्यायाधीश सुशीला कार्की, कल्याण श्रेष्ठ, मानवअधिकारवादी कृष्ण पहाडीलगायतको पनि उपस्थिति थियो । 


Advertisment
Nabil box
Kumari

र्‍यालीमा सहभागी डा. केसीका समर्थकहरुले ‘केपी ओली सरकार कस्तो श्री तीन जस्तो, डा. केसी तिमी एक्लै छैनौं हामी तिम्रो साथमा छौं,’ लगायतका नारा लगाएका थिए । केसीका समर्थकले सकारको विरोध र केसीको मागको कार्यान्वयन गर्न माग गर्दै नारा लेखिएका कागजका सेतो टोपी लगाएका थिए । 

Vianet communication
Laxmi Bank

डा. केसीका समर्थकहरुले माइतिघरबाट प्रदर्शन  गर्दै नयाँबानेश्वरमा पुगी कोणशभा गरेका थिए । कोणसभाको सुरु गर्दै डा. केसीका समर्थकहरुले  सत्याग्राही गोविन्द्र केसीको समर्थन गर्दै केपी ओली नेतृत्वको सरकारको विरोध गर्दै बेलुन उडाएका थिए । 

यसघि डा. केसीको समर्थनमा  माइतिघरमा नेपाल दरुण दलको झण्डा सहित ¥यालिमा सहभागि हुन लागेका नेपाल तरुण दलका नेता तथा कार्यकताहरु र अन्य समर्थकहरु वीच झडप समेत भएको थियो ।

दलको झण्डामा सहमागि हुन नदिएपछि तरुण दलका नेता तथा कार्यकताहरुले डा. केसीको पक्षमा छुट्छै प्रदर्शन गरेका थिए  । उनीहरुको प्रदर्शनका क्रममा भने प्रहरीसँग झडप भएको छ । दोहोरो झडपमा केही प्रहरी र एक दर्जन बढी आन्दोलनकारी घाइते भएका छन् । 

गोविन्द्र केसीका समर्थकको कोणसभा चलिरहेकै समयमा तरुण दलको समूहसँग प्रहरी झडप भएको थियो । त्यसक्रममा प्रहरीले प्रहार गरेको अश्रु ग्यासका कारण केही समयम कोणसभा रोकिएको थियो ।

केही समय पछि पुन सुरु भएको कोण सभामा बोल्दै पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीले डा. केशीको माग समयमा सम्बोधन नगरे अझै शसक्त आन्दोलन गर्ने बताएकी छन् ।

‘डा. केसीले जनताको आवज बोलिरहेका छन्, अहिलेको सरकारले बुझि बुझि पनि बुझ पचाएकोले हामी नबोलि नहुने भएर बोल्नै पर्ने भयो,’ उनले भनिन् ।

प्रहरीले तरुण दलको र्‍यालीमा बल प्रयोग गर्नुभन्दा पहिला केसी समर्थकहरुको कोणसभामा अभिनेत्री मनिषा कोइराला, गगन थापा, रवीन्द्र मिश्र लगायतले पनि सम्बोधन गर्ने कार्यक्रम रहेको थियो । तर, वानेश्वर क्षेत्रमा तनाव भएपछि मनिषा कोइराला बिरामी परेकी थिइन् । 
 

तस्वीर-गगन अर्याल

hAMROPATRO BELOW NEWS
TATA Below
फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

अब चेत आफैंभित्र उमार्नु छ, २०८१ ले सम्पूर्ण मनोक्रान्तिको आमन्त्रण गरोस्

बैशाख १, २०८१

आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...

दाम्पत्य जीवनको दाम्लो

दाम्पत्य जीवनको दाम्लो

चैत २४, २०८०

दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो ।  यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...

x