मुक्तिनारायण-प्रवीणाले खडा गरे १ करोड ६० लाख राशिको अक्षयकोष

साउन ५, २०७५

काठमाडौं – शताब्दी पुरूष सत्यमोहन जोशीले शनिवार ललितपुरमा आयोजित एक समारोहमा ‘डा. मुक्तिनारायण प्रवीणा प्रतिष्ठान’को शुभारम्भ गरेका छन् ।

शैक्षिक र सांस्कृतिक क्षेत्रमा योगदान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठान अन्तर्गत १ करोड ६० लाख रुपैयाँको अक्षयकोष खडा गरिएको प्रतिष्ठानका संस्थापक डा. मुक्तिनारायण श्रेष्ठले दिए ।


ADVERTISEMENT

उनकी पत्नी प्रवीणा प्रतिष्ठानकी सह–संस्थापक छिन् ।

आर्थिक अवस्था कमजोर भएका छात्रछात्रालाई सहयोग र प्रोत्साहन प्रदान गर्ने प्रतिष्ठानको कार्यक्रम छ ।

सुदूरपश्चिमको डोटीमा जन्म भएका डा. श्रेष्ठ नेपालका ख्यातिप्राप्त पशुस्वास्थ्यविद् हुन् ।

३ वर्षअघि वर्ल्ड भेटेरीनरी कँग्रेसले डा. श्रेष्ठलाई एसिया महादेशकै विशिष्ट पशु चिकित्सकको रुपमा सम्मान गरेको थियो ।

डा. श्रेष्ठ सरकारी सेवामा रहँदा कृषि मन्त्रालयको सचिवसम्म भएका थिए ।

सत्यमोहन जोशीले मन्तव्यका क्रममा पुरस्कार, प्रोत्साहनले मानिसलाई सिर्जनशील हुने प्रेरणा दिन्छ भनी आफ्ना अनुभव सुनाएका थिए ।

साउन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस