निगमको दोस्रो वाइड बढी ‘मकालु’ विमान साउन ११ गते काठमाडौँ आइपुग्ने

साउन ५, २०७५


काठमाडौँ- राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स)को ‘मकालु’ नाम राखिएको वाइड बढी विमान यही साउन ११ गते काठमाडौँ आइपुग्ने भएको छ । 

अहिले फ्रान्समा परीक्षण उडानमा रहेको सो विमान साउन ११ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने तयारी गरिएको निगमले जनाएको छ । 


ADVERTISEMENT

‘नाइन एन एएलजेट’ कलसाइनको उक्त विमान नेपाल भित्र्याउने सम्पूर्ण तयारी पूरा भएको निगमका प्रवक्ता रवीन्द्र श्रेष्ठले जानकारी दिए । 


वाइड बडी ए ३३०–२०० सिरिजको उक्त विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आउनेछ । 

निगमको पहिलो वाइड बढी ‘अन्नपूर्ण’ नामको विमान गत असार १४ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो । 

साउन ५, २०७५ मा प्रकाशित

प्रतिक्रिया दिनुहोस