×

NMB BANK
NIC ASIA

भेरी बबई डाइभर्सनको प्रगति ४९ प्रतिशत : मुख्यमन्त्री भन्छन्-'समृद्धिको ढोका खोल्न सहयोग पुग्छ'

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत-  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राष्ट्रिय गौरवको भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सुर्खेतको अवलोकन गर्नुभएको छ । 

शनिबार मुख्यमन्त्री शाही, भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्री र सरकारी अधिकारीसहितको टोलीले आयोजनाको अवलोकन तथा अनुगमन गरेको हो । मुख्यमन्त्री शाहीले नेपालमा सबैभन्दा ठूलो सुरुङ प्रविधिबाट निर्माणाधीन भेरी बबई डाइभर्सनको काम कारबाहीबारे बुझ्न, समस्या थाहा पाउन र यथार्थ प्रगतिको जानकारी लिन उक्त आयोजनाको अवलोकन गरिएको जनाउनुभयो । 

“आयोजनाको ल्याब, क्रसर उद्योग, सिगमेन्ट निर्माण कारखाना र मुख्यगरी करीब छ किलोमिटर निर्माण भइसकेको सुरुङमार्ग हेरेका छौँ । छोटो समयमा यसको उत्साहजनक र प्रशंसा गर्न लायक काम भएको छ,” उहाँले भन्नुभयो । मुख्यमन्त्री शाहीका अनुसार तीव्र गतिमा बनिरहेको नेपाल सरकारको सबैभन्दा सस्तो लगानीको यो आयोजनाले कर्णाली प्रदेश र ५ नं प्रदेशको समृद्धिको ढोका खोल्न सहयोग पुग्ने छ । 

आयोजनाको कार्य प्रगति ४९ प्रतिशत 

४ जुन २०१५ मा ठेक्का सम्झौता भई गत कात्तिक महिनाको पहिलो साताबाट सुरुङ निर्माण कार्य थालिएको १२ किलोमिटर उक्त बहुउद्देश्यीय सुरुङ निर्माण आयोजनाको कार्य प्रगति ४९ प्रतिशत भएको आयोजनाका निर्देशक शिवकुमार बस्नेतले जानकारी दिनुभयो । निर्देशक बस्नेतका अनुसार आठ महिनामा ४९ प्रतिशत काम भएको हो । 

भेरी बबई डाइभर्सन आयोजनाका ड्याम बाँध्दा सुर्खेतमा ३२ हेक्टर जमीन डुबान पर्ने भएको बताउँदै त्यस क्षेत्रको समुदायको व्यवस्थापनमा सहयोग गर्न निदेशक बस्नेतले मुख्यमन्त्री शाहीसँग अनुरोध गर्न भएको थियो । आयोजनाको काम सम्पन्न मिति २८ मार्च २०२० भनिए पनि तोकिएको तालिकाभन्दा दुई महिना अघि काम सम्पन्न हुने उहाँले बताउनुभएको छ । 

आयोजनाबाट प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने 

भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजना सम्पन्न भएपश्चात् प्रतिवर्ष रु सात अर्ब आम्दानी हुने प्रक्षेपण गरिएको छ । आयोजनाको पानीबाट बर्दियाको ५१ हजार हेक्टर जमीनमा सिँचाइ भई त्यसबाट उठ्ने वार्षिक राजस्व रु तीन अर्ब र उत्पादित ४८ मेगावाट जलविद्युत्बाट रु चार अर्ब आम्दानी हुने आयोजनाका निर्देशक बस्नेतले बताउनुभयो । 

Sagarmatha Cement
Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
Laxmi Bank
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २४, २०८०

मिडियाकै हितविपरीत काम गरेर विवादमा तानिएको विज्ञापन बोर्डले दुई वर्षमा राज्यकोषमा २० करोड ३१ लाख रुपैयाँ बढी व्ययभार थपेको छ । मिडियाको हितविपरीत एकपछि अर्को निर्णय गरेको बोर्डले विगत दुई वर्षमा २० करोड ३१...

कात्तिक १७, २०८०

विज्ञ समूहले दिएको सुझावसहितको प्रतिवेदन सम्बन्धमा मन्त्रिपरिषद्ले निर्णय गर्न ढिला गर्दा निजगढ विमानस्थल निर्माणको काम प्रभावित भएको छ । निजगढमा विमानस्थल बनाउन उपयुक्त रहेको भनेर विज्ञ समूहले प्रतिवेदन दिएको ए...

माघ ८, २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र सोही पार्टीका नेता समेत रहेका पूर्व बैंकर अनिल केशरी शाहले 'चेक क्लियरिङ'का सम्बन्धमा गरेको दाबीमा गम्भीर प्रश्न उठेको छ । सहकारी ठगी प्रकरणमा प्रस्टीकर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

पुस ८, २०८०

शनिवार राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल उद्योग परिसंघ (सीएनआई)द्वारा विराटनगरमा आयोजित कोशी प्रदेशको दोस्रो पदस्थापन समारोह कार्यक्रममा नेपालको अर्थतन्त्रमा देखिएको समस्याबारे आफू गम्भीर रहेको बताए । उनले आन्त...

फागुन ३०, २०८०

अर्थमन्त्री वर्षमान पुन 'अनन्त' समेत मुछिएको १३८ किलो सुन तस्करीको फाइल पर्याप्त अनुसन्धानविनै सरकारी वकिलको कार्यालयमा पुगेको छ । अर्थमन्त्रीका रूपमा पुन आएलगत्तै भन्सार विभागले पर्याप्त अनुसन्धानविनै फा...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x