×

NMB BANK
NIC ASIA

आन्दोलनका घाइतेलाई प्रदेश सरकारले रकम बाँड्दा विभेद गरेको आरोप

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

पर्सा – प्रदेश नं २ को सरकारले आन्दोलनका घाइतेलाई राहत रकम वितरण गर्दा विभेद गरेको आरोप तेस्रो मधेश आन्दोलनका घाइतेले लगाएका छन् । 

Muktinath Bank

विसं २०७२ मा भएको मधेश आन्दोलनका क्रममा प्रहरीले चलाएको गोली लागी गम्भीर घाइते भएका चार घाइतेले आज यहाँ पत्रकार सम्मेलन गरी मधेशवादी नेताले आफू निकटकालाई सामान्य घाइते हुँदासमेत लाखौंँ रुपैयाँ राहत प्रदान गरे पनि प्रहरीको गोली लागी घाइते भएकालाई नगण्य राहत प्रदान गरेको आरोप लगाए ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

वीरगञ्ज महानगरपालिका–२२ निवासी उपेन्द्र यादवले प्रहरीले चलाएको गोली खुट्टामा लागी आफू घाइते हुँदा ३० महिनासम्म स्वदेश तथा विदेशका विभिन्न अस्पतालमा उपचार गराउँदा आफ्नो घरजग्गा बिक्री गरी रु १५ लाख खर्च भएकामा शोधभर्ना माग्दा प्रदेश नं २ का मुख्यमन्त्रीले नदिने बताएको भन्दै यस्तो विभेदको अन्त्य गर्न केन्द्र तथा प्रदेश सरकारलाई आग्रह गरे ।


Advertisment
Nabil box
Kumari

“मलाई छ जनाको परिवार पाल्न गाह्रो भएको छ, म कामसमेत गर्न सक्षम छैन, आफ्नो परिवारको भरणपोषण तथा बालबालिकाको पढाइको जिम्मा सरकारले लिनुपर्छ ”, उनले भने, “यही साउन ३ गते प्रदेश सरकारले वीरगञ्जका दुई जना घाइतेलाई रु तीन लाख राहत प्रदान गरे पनि मलाई रु एक लाख र उपचारमा गरिएको खर्चसमेत दिएनन् ।” 

Vianet communication
Laxmi Bank

मधेश आन्दोलनका अर्का घाइते नगिना पासवानले प्रहरीले चलाएको गोली टाउकामा नै रहेको र आफू कामसमेत गर्न नसकेकाले परिवारको भरणपोषणमा समस्या भए पनि केन्द्र तथा प्रदेश दुवैै ठाउँमा सरकारमै रहेका मधेशवादी नेताले कुनै वास्ता नगरेको आरोप लगाए ।

आँखाबाट आँशु झार्दै पासवानले भने, “टाउकोमा रहेको गोलीका कारण मैले काम गर्न सकेको छैन, मेरो आर्थिक अवस्था बिग्रिँदै गएकाले परिवारको भरणपोषणको प्रबन्ध मिलाइदिन केन्द्र तथा प्रदेश सरकारसँग आग्रह गर्छु ।” 

पत्रकार सम्मेलनमा सहभागी मधेश आन्दोलनका घाइते लालबाबुप्रसाद र अनर्जित यादवले सबै घाइतेलाई उचित राहत र उपचार खर्च अविलम्ब दिन माग गरे ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

x