चैत १९, २०७५
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
काठमाडौं – मानिस र कुकुरको साहचर्य सुप्रसिद्ध नै छ । कुकुरलाई नै मानिसको सबभन्दा राम्रो साथी मानिन्छ ।
भारतको गुजरात राज्यको सौराष्ट्र क्षेत्रमा रहेको अमरेली जिल्लाको सावरकुण्डला गाउँमा एक गोठालोमाथि तीन सिंहले आक्रमण गरे । यस्तो स्थितिमा गोठालोको कुकुरले ज्यान बचाइदियो ।
सिंहसँगको संघर्षमा भावेश हमीन भरवादलाई पिठ्युँ र हातमा हलुका चोट लागेको छ । संघर्षका क्रममा एक सिंहले भावेशलाई पञ्जाले तान्ने कोशिश गरेको थियो ।
भावेशलाई सरकारी अस्पतालमा उपचार गरियो । भावेशले अम्बार्दी गाउँको बाहिरी क्षेत्रमा भेडा र बाख्रा चराउँदै गर्दा यस्तो घटना भएको थियो ।
तीनवटा सिंह झ्याप्पै आए र भेडाहरूमाथि आक्रमण गरे । आक्रमणमा तीन भेडा मारिए । भावेशले सिंहबाट आफ्ना जनावर बचाउनका लागि प्रयास गर्दा उसैमाथि आक्रमण भयो ।
तर सिंहले आक्रमण गरेपछि भावेशको कुकुर लगातार भुक्न थाल्यो । कुकुर लगातार भुकेपछि गाउँलेहरू त्यहाँ पुगे ।
मानिसको ठूलो संख्या देखेर तीनै सिंह त्यहाँबाट भागे । गाउँलेहरूले वन विभागलाई सूचना दिए र विभागले सिंहको निगरानी गर्न थालेको छ ।
सौराष्ट्र क्षेत्रमा ठूलो संख्यामा एसियाली सिंह पाइन्छन् ।
एजेन्सी
काठमाडौं – अफ्रिकी मुलुक मोजाम्बिकमा इडाइ आँधीको प्रकोपपछि हैजा फैलिएको छ । आँधीप्रभावित क्षेत्रमा कम्तीमा १ हजार ५२ जना प्रभावित भएका छन् । विगत चार दिनदेखि संक्रमण तीव्र गतिमा फैलिएको छ ।&nbs...
भारत- भारतीय लोकसभा निर्वाचनको मिति घोषणा भएको छ । बीबीसी हिन्दीका अनुसार भारतीय लोकसभाको निर्वाचनको सात चरणमा हुने भएको छ । लोकसभा निर्वाचन ११ अप्रिलबाट शुरू भएर १९ मे सम्पन्न हुने भारतीय सञ्च...
जीवनमा हरेकका अनेक रंगीन सपना हुन्छन् । ती सपना साकार पार्ने अनेकौं जुक्ति र गोरेटा हुन्छन् । नेपालीको हकमा ती रंगीन सपना सजाउने पहिलो जुक्ति र मार्ग भनेकै जहाजको यात्रा हो । जहाजी यात्राले मात्र हाम्रा आर्थिक,...
काठमाडौं – रुसी उड्डयन उद्योगकी प्रभावशाली महिलाको नातालिया फिलेवा दक्षिणपश्चिम जर्मनीस्थित एजेलवाश शहरमा भएको विमान दुर्घटनामा परी निधन भएको छ । ६ सीट भएको विमानमा पाइलटसँगै नातालिया र उनका...
कही दिन यताको शंका आशंकाबीच उत्तर कोरियाका शासक किम जोन उन चीनको भ्रमणमा गएको पुष्टि भएको छ । चीन र उत्तर कोरिया दुवैले यो कुरालाई पुष्टि गरिसकेका छन् । सनु २०११ पछि नेतृत्वमा आएका किमको...
काठमाडौं — चीनमा राखिएका साइनबोर्डहरूमा अंग्रेजीको गलत अनुवादमा सुधार ल्याउनका लागि बेइजिङमा ठूलो अभियान चलाइएको छ । अनुवादमा गल्ती पनि निकै हाँसउठ्ने खालका हुने गरेका छन् । जस्तै, ट्वाइलेटक...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...