×

NMB BANK
NIC ASIA

चलचित्र नगरीको अध्ययन गर्न भारतीय टोली नेपालमा, ठाउँ छान्न धादिङ र गोरखामा स्थलगत अवलोकन

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौं – चलचित्र नगरी निर्माणका लागि भारतको एक टोलीले गोरखाको पालुङटार र धादिङको सल्यानटारको स्थलगत अध्ययन गरेको छ । 

Muktinath Bank

भारतका एक्सेल ग्रुपका प्रमुख तथा जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष सुवास चन्द्रा, भारतीय राजनीतिक व्यक्तित्व अमर सिंह तथा वरिष्ठ सिने कलाकार जया प्रदासहितको टोलीले स्थलगत अध्ययनपछि काठमाडौं फर्केर प्रधानमन्त्री केपी शर्मा ओलीसँग शनिबार भेट गरेको छ ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

यसअघिका सरकारले चलचित्र नगरी निर्माणका लागि दोलखाको लाँकुरीडाँडामा अध्ययन गरेको थियो । अमेरिकाको हलिउड र भारतको बम्बई चलचित्र नगरीका रुपमा चिनिन्छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले अध्ययन टोलीलाई धन्यवाद दिनुभयो । नेपाली कलाकारसमेतको उपस्थितिमा भएको भेटमा प्रधानमन्त्री ओलीले भारतीय कलाकार प्रदाले नेपाल–भारत सम्बन्धका लागि सांस्कृतिक राजदूतको भूमिका निर्वाह गर्दै आएको बताउनुभयो ।


Advertisment
Nabil box
Kumari

जी इन्टरटेन्मेन्ट इन्टरप्राइजेज लिका अध्यक्ष चन्द्राले पालुङटारका नदीदेखि पहाडसम्मको सुन्दर परिवेशले आफूलाई आकर्षित गरेको बताउनुभयो ।

Vianet communication
Laxmi Bank

भारतीय राजनीतिकर्मी तथा राज्यसभा सदस्य सिंहले प्रधानमन्त्री ओलीको समृद्ध नेपाल सुखी नेपाली नारा सफल पार्न आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सो अवसरमा नेपालका वरिष्ठ कलाकार नीर शाहले नेपाली चलचित्र उद्योगको समग्र अवस्थाबारे अवगत गराउनुभएको थियो ।

hAMROPATRO BELOW NEWS
TATA Below
पुस ६, २०८०

दरबारको कथा समेटेर नेपाली चलचित्र ‘राजमहल’ निर्माण गरिने घोषणा गरिएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाविच चलचित्रमा अभिनय रहने मुख्य कलाकारहरूको जानकारी दिँदै औपचारिक निर्माण घोषणा...

फागुन २७, २०८०

अभिनेता प्रदीप खड्का फेरि अर्को फिल्ममा अनुबन्धित भएका छन् । लामो समयदेखि बेलायत बस्दै आएका निर्देशक प्रदीप शाहीको निर्देशनमा बन्ने नयाँ फिल्ममा उनको शीर्ष भूमिकामा अभिनय रहने भएको हो ।   गतवर्ष प्रदर्शनमा...

फागुन १८, २०८०

वैशाखमा प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘डिग्री माइला’को टिजरलाई लिएर अर्बपति विनोद चौधरीले प्रतिक्रिया दिएका छन् । उक्त फिल्मको केही दिनअघि सार्वजनिक टिजरलाई लिएर चौधरीले प्रतिक्रिया दिएका हुन् ...

असोज ३०, २०८०

बडा दशैँको अवसर पारेर गत शुक्रवारबाट प्रदर्शनमा आएको नारायण रायमाझी निर्देशित चलचित्र ‘परदेशी २’ले दर्शकबाट सुखद् प्रतिक्रिया पाइरहेको छ ।  हलबाट निस्किँदै गरेका दर्शकहरूले आजको नेपाली समा...

फागुन ११, २०८०

अभिनेत्री रेखा थापा आमा बनेकी छन् । अमेरिकामा रहेकी रेखाले शुक्रवार छोरीलाई जन्म दिएकी हुन् ।  उनले छोरीको नाम वैभवी राज्यलक्ष्मी शाही ठकुरी राखेकी छन् । सामाजिक सञ्जालमा तस्वीर सार्वजनिक गर्दै उनले आमा...

फागुन २, २०८०

वैशाखको १४ गतेबाट प्रदर्शनमा आउने फिल्म ‘बोक्सीको घर’को फस्र्टलुक पोस्टर सार्वजनिक गरिएको छ । बुधवार सरस्वती पूजाको अवसर पारेर अभिनेत्री केकी अधिकारीको होम प्रोडक्सनमा निर्माण भएको यो फिल्मको पो...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x