×

NMB BANK
NIC ASIA

सुर्खेतका बाढीपीडितको समस्या समाधान गर्न कर्णालीमा उच्चस्तरीय समिति गठन

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

सुर्खेत–  कर्णाली प्रदेश सरकारको आर्थिक वर्ष २०७५/०७६ को पहिलो वैठकले २०७१ सालमा सुर्खेतमा आएको बाढीबाट प्रभावित बनेकाहरुको समस्या समाधान गर्न अधिकार सम्पन्न समिति गठन गरेको छ ।

Muktinath Bank

आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाका अनुसार आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको संयोजकत्वमा १० सदस्यीय उच्चस्तरीय 'बाढी पीडित समस्या समाधान समिति' गठन गरिएको हो ।मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका सचिवसहित भूमि, उद्योग, भौतिक, आर्थिक मन्त्रालयका सचिवहरु सदस्य रहने समितिमा  आन्तरिक मामिला मन्त्रालयका सचिव सदस्य सचिवकाे रुपमा रहनेछन् । यस्तै सम्वन्धित गाँउपालिका तथा  नगरपालिकाका प्रमुख आमन्त्रित स्थायी सदस्य रहने भएका छन् ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

मन्त्री ज्वालाले बाढी पीडितको समस्या समाधान हुन नसकेको बताउँदै अब यहि समितिले कार्यविधि तय गर्ने, बजेट बनाउने र संघीय सरकारसँग आवश्यक समन्वय गर्ने बताए । ‘अहिले कोही जंगलमा बसिरहेका छन्, कोही चौरमा बस्दै कष्टकर जीवन व्यतित गर्दै आएका छन्,’ मन्त्री ज्वालाले भने, ‘उक्त समस्या समाधान गर्न र नजिकको सरकार छ भन्ने देखाउन सरकारले यो निर्णय गरेको हो ।’


Advertisment
Nabil box
Kumari

समिति आफैंमा शक्तिशाली भएका कारण अन्यत्र कतैबाट हस्तक्षेप नहुने मन्त्री ज्वालाकाे भनाइ छ । ‘हामीले बाढीपीडितका समस्या समाधान गर्न आवश्यकताअनुसारको बजेटको व्यवस्था गरेका छौं,’ उनले भने, ‘यदि कम भएको खण्डमा रकमान्तर गरेर भए पनि बजेटको व्यवस्था गर्छौं ।’

Vianet communication
Laxmi Bank

कर्णाली प्रदेशकाे मन्त्रिपरिषद बैठकले खरिद प्रक्रियालाई चुस्त, दुरुस्त र पारदर्शी बनाउन तथा बजेट कार्यान्वयन गर्न सार्वजनिक ऐन बनाउनुपर्ने अावश्यकता महशुष गरी ऐनकाे मस्यौदाका लागि आर्थिक मामिला मन्त्रालयलाई सैद्धान्तिक सहमति दिने निर्णय गरेको छ । आर्थिक मामिला तथा याेजना मन्त्री ज्वालाले विगतमा आफूहरु आर्थिक समितिमा हुँदा केन्द्रमा १५ प्रतिशत भन्दा बढी घट्न नपाईने सुझाव दिए पनि संसदमा आइपुग्दा डबल दस्तुर तिरेर जति पनि घटन पाईने प्रावधानले विकास निर्माणलाई गति दिन नसकेको बताए । ‘कम मूल्यमा ठेका लिने तर वर्षौंसम्म काम नगर्ने परिपाटी यहि कारणले हावी भएको हो,’ मन्त्री ज्वालाले भने, ‘त्यसका लागि प्रदेश सरकारले कडाई गर्ने गरी ऐन बनाउनेछ ।’

यस्तै ठेकेदारहरुले पेश्की लिने र फरार हुने गरेको बताउँदै ऐनमा त्यस्तो नहुने गरी नीति ल्याइने मन्त्री ज्वालाकाे भनाइ छ । ‘हामी कर्णाली प्रदेशलाई समृद्ध बनाउने योजनामा अघि बढिरहेका छौं,’ उनले भने, ‘बजेट कार्यान्वयन गर्ने प्रमुख आधार ऐन भएका कारण हामी यसलाई विशेष बनाउनेछौं ।’

मन्त्री ज्वालाले सरकारले मन्त्रीपरिषदको लोगो तयार गर्ने निर्णय गरेको पनि बताए । लोगोमा सिंगो नेपालको नक्सा, त्यसैमा कर्णाली प्रदेशको अरुभन्दा फरक देखिने नक्सा, नेपालको झण्डा र कर्णाली मन्त्रिपरिषद उल्लेख गरिएको हुने मन्त्री ज्वालाले बताए ।

यसैबीच, सरकारले सबै मन्त्रालयलाई आफ्नो कार्यतालिका बनाउन निर्देशन दिएको छ । आइतबार मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्री र सचिवस्तरको वैठकले बजेटलाई कार्यान्वयन गर्न तालिका बनाउन निर्देशन दिएको हो ।

hAMROPATRO BELOW NEWS
TATA Below
मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x