कात्तिक २४, २०८०
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
साउन ६, २०७५
काठमाडौं– हवाइमार्गबाट करिब ३० वर्ष अगाडिदेखि भइरहेको सुन तस्करीको छानबिन अन्तिम चरणमा पुगिरहेका बेला त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुन तस्करी गर्ने नयाँ उपाय अपनाइन थालिएको छ ।
सुन तस्करहरुले मलद्वार (दिसा गर्ने ठाउँ)मा लुकाएर सुन तस्कर गर्न थालेका छन् । प्रहरीले शनिवार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट २ जना भारतीय ‘यात्रु’लाई पक्राउ गरेपछि मलद्वारमा लुकाएर सुन तस्करी हुने गरेको रहस्य खुलेको हो ।
थाई एयरलाइन्सको उडान नम्बर टीजी३१९ मा शनिवार थाइल्याण्डको बैंककबाट नेपाल आएका २ जना भारतीय नागरिकलाई चेकजाँच गर्ने क्रममा उनीहरुको मलद्वारामा २ हजार ६ सय ७० ग्राम (२ किलो ७ सय ६० ग्राम) सुन फेला परेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रहरीका प्रवक्ता एसपी दिनेश राज मैनालीले बताए ।
पक्राउ पर्नेमा एन४६१७८९० नम्बरको भारतीय राहदानी बोकेका इमरान र जेड४१७४१०७ नम्बरको भारतीय राहदानी बोकेका आरिफ अलि छन् ।
प्रहरीका अनुसार इमरानले ९९२ ग्राम सुन मलद्वारमा लुकाएर ल्याएका थिए भने इमरानले १ किलो ७ सय ६७ ग्राम सुन आफ्नो मलद्वारमा लुकाएर ल्याएका थिए ।
उनीहरुबाट बरामद भएको सुनको हालको बजारमूल्य १ करोड ३० लाख २ सय ३० रुपैयाँ रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका २ जनालाई आवश्यक छानबिन तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्यालयमा पठाइएको प्रहरीले जनाएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले क्षेत्रीय शिक्षा निर्देशनालय हेटौंडाका तत्कालीन कामु निर्देशक दिनेशकुमार श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिको हानिनोक्सानी गरी भ्रष्टाचार...
यातायात कार्यालयका कर्मचारी र बिचौलियाको मिलेमतोमा ठूलो संख्यामा अवैध लाइसेन्स बाँडिएको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन शुरू गरेको छ । लिखित र ट्रायल परीक्षा नै नलिई अवैध ढंगले ठूलो परिमा...
नेपालगञ्जका चेतन मानन्धरलाई नियन्त्रणमा लिएर खुँडा प्रहार गरी हत्या गरेको अभियोगमा जन्मकैदको सजाय भुक्तान गरिरहेका रिगल भनिने गुण्डानाइके योगराज ढकालले संविधान दिवस (असोज)का अवसरमा आममाफी पाएको विषयमा...
नेपालको संविधान पछिल्लो जनगणनाका आधारमा सबै घरधुरी वा घरबासमा नि:शुल्क उपलब्ध गराउन सर्वोच्च अदालतले दिएको आदेशको पूर्णपाठ सार्वजनिक भएको छ । अधिवक्ता विकास भट्टराईले दिएको रिटमा न्यायाधीशद्वय सुष्मालता माथ...
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेराम्क्स) प्रविधि खरिद प्रकरणमा नेपाल दुरसञ्चार प्राधिकरणका २० जना पदाधिकारी तथा कर्मचारीसँग बयान लिएको छ । ट...
त्रिभुवन विमानस्थल भन्सार बाहिरबाट गत साउन २ गते समातिएको झण्डै ६१ केजी सुन तस्करीमा संलग्न विचौलिया जीवन चलाउनेले प्रहरी हिरासतबाट छुट्न ६० लाखको बार्गेनिङ भएको छानबिन समितिलाई बयान दिएका छन् । ३० लाख रुपैय...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...
आत्मिक शुद्धताका पक्षपाती दार्शनिक सुकरात चौबाटोमा उभिएर एथेन्सबासीलाई आह्वान गरिरन्थे– ‘तपाईं नीति, सत्य र आत्माको शुद्धताका लागि किन ध्यान दिनुहुन्न ?’ उनका अर्थमा त्यो जीवन बाँच्न योग्य हुँदैन...
दाम्पत्य जीवनको मूलभूत आधार भनेको विवाह संस्कार हो । यस संस्कारले उमेर पुगेका केटाकेटीलीलाई आपसमा मिलेर जीवनरथ अघि बढाउने स्वीकृति दिएको हुन्छ । यसो त संस्कारहरू धेरै छन् । तिनमा १६ संस्कार विशेष महत्व...