×

NMB BANK
NIC ASIA

रुट परमिट पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

काठमाडौँ- भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मार्ग इजाजत (रुट परमिट) पाएका सवारीलाई पुस मसान्तसम्म कम्पनीमा दर्ता हुने समय निर्धारण गरिएको बताउनुभएको छ । 

Sagarmatha Cement
Muktinath Bank

गत वर्ष चैत १८ गते जारी भएको यातायात निर्देशिकामा रुट परमिट पाएका सवारीलाई कम्पनीमा दर्ता हुनुपर्ने समय नतोकिएकाले असार ३१ गतेको निर्णयले यो व्यवस्था गरिएको आज यहाँ आयोजित साक्षात्कार कार्यक्रममा उहाँले जानकारी दिनुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

“साउन १ गतेदेखि संघ संस्था ऐनअनुसार जिल्ला प्रशासन कार्यालयमा दर्ता भएका यातायात समिति नवीकरण बन्द भएको छ, ती समितिको आयव्ययको अवस्था ३५ दिनभित्र प्रशासन कार्यालयमा पेश गर्न पनि असार ३१ गतेकै निर्णयअनुसार सबै समितिलाई निर्देशन दिइएको छ”, उहाँले भन्नुभयो । 


Advertisment
Nabil box
Kumari

समितिले पेश गरेको आयव्यय विवरण सही भए नभएको छानबिन गर्न जिल्ला प्रशासन कार्यालयको संयोजकत्वमा कोष तथा लेखा नियन्त्रण कार्यालय र यातायातका कर्मचारी रहेको संयन्त्र पनि गठन भएको छ । यातायात समितिको खाता मन्त्रालयले वैशाख २१ गते नै बन्द गरेको थियो । समितिको खातामा आएका पैसाका बारेमा सम्पत्ति शुद्धीकरण विभागले पनि छानबिन गरिरहेको मन्त्री महासेठले सुनाउनुभयो । 

Vianet communication
Laxmi Bank

यातायात कार्यदलले प्रारम्भिक प्रतिवेदन पेश गरेकाले सार्वजनिक सवारीको सिट कस्तो हुनुपर्छ र टिकट कसरी कहाँ काट्ने व्यवस्थित हुने उहाँको भनाइ छ । ट्याक्सीको एकाधिकार खारेज गर्न मिटरमा नगई ग्राहकसँग बार्गेनिङ गर्नेको दर्ता खारेज गरिने मन्त्रालयले जनाएको छ । 

चालु आर्थिक वर्षको जेठसम्म मात्र सडकलगायत पूर्वाधारका काम गरी असारमा अनुगमन र मूल्यांकनका काम गर्ने निर्णयसमेत मन्त्रालयले गरेको छ । महेन्द्र राजमार्गलाई यसै वर्ष शुरु गरी तीन वर्षभित्र चार लेनमा स्तरोन्नति गर्ने, चार वर्षमा मदन भण्डारी राजमार्गको काम सम्पन्न गर्ने मन्त्रालयको योजना मन्त्री महासेठले सुनाउनुभयो । मध्यपहाडी राजमार्ग तीन वर्षमा र हुलाकी मार्ग चार वर्षमा सकिने तयारी गरिएको छ । 

प्रतिपक्षी नेपाली काँग्रेससँग कुनै एजेण्डा नभएर डा गोविन्द केसीको अनशनलाई राजनीतिक रुप दिएको उहाँको आरोप छ । अनशनका नाममा अस्थिरता ल्याउन खोजे सरकार चुप लागेर नबस्ने मन्त्री महासेठको भनाइ छ । सरकार र प्रतिपक्षी मिलेर समस्या समाधानका लागि लाग्नुपर्नेमा पनि उहाँले जोड दिनुभयो ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

अपराजित जनयुद्धको पराजित कथा

अपराजित जनयुद्धको पराजित कथा

चैत १४, २०८०

सामान्यतः मानव समाजको आजसम्मको इतिहास जनयुद्धको इतिहास हो भन्दा फरक पर्दैन । किनकि, समयका प्रत्येक खण्डमा चाहे ती स्पाटाहरू होउन् या चार्टिष्टियन, सिलेसियाली होउन् या कम्युनाडोहरू अनि वोल्सेभिक–भियतकङ्&ndash...

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

निर्मोही राज्य र युगीन अवतारको प्रतीक्षामा नेपाली समाज

चैत १२, २०८०

रूढिवादी र पछौटे समाजले सधैँभरि अवतारको प्रतीक्षा गर्दछ । प्रतीक्षा गर्नेले आफू केही पनि कर्म गर्दैन र उसलाई पौरखमा त्यति विश्वास पनि हुँदैन ।  सामान्यतया व्यक्तिगत जीवनमा भाग्य र सामाजिक जीवनमा अवतारको प्रत...

सत्यको खोजी

सत्यको खोजी

चैत १०, २०८०

कसैले आएर सत्य भनेको के हो ? भनेर सोध्यो भने हामी अलमलिन्छौँ । कसैले केही भनौँला कसैले केही । अझ कसैले त सत्य भनेको सत्य नै हो भन्न पनि बेर लगाउन्नौँ । तर सत्य त्यो मात्र होइन । सत्य भनेको हामी आफैँ हौँ । सत्य...

x