कात्तिक २१, २०८०
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ, ६ साउन– बिजुलीको नांगो तारका कारण देशव्यापीरुपमा नै नागरिकको अकालमा ज्यान जान थालेपछि सरकारले चासो व्यक्त गरेको छ ।
धादिङ, रामेछापलगायत देशका विभिन्न स्थानमा बिजुलीको नांगो तारले छोएर पछिल्ला दिनमा मात्रै चार जनाको ज्यान गएपछि सरकारले उक्त घटना दुःखद् रहेको भन्दै चासो व्यक्त गरेको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले नांगो तारका कारण नागरिकको अकालमा ज्यान गएको घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा त्यस्तो दुर्घटना दोहारिन नदिन र पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिको व्यवस्था गर्नसमेत सम्बद्ध निकायलाई निर्देशन दिएका छन् ।
उक्त घटनाप्रति ध्यानाकर्षण जनाउँदै ऊर्जामन्त्री पुुनले आइतबार नै ऊर्जा मन्त्रालयका सचिव अनुपकुमार उपाध्याय, नेपाल विद्युत् प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङ, सामुदायिक विद्युत् उपभोक्ता महासंघका अध्यक्ष नारायण ज्ञवालीसँग छलफल गरेका छन् ।
मन्त्री पुनले काठ र स्टिलका पोलका कारणले मानवीय क्षति बढिरहेको भन्दै तत्काल समस्याको समाधान गर्न निर्देशन दिए । मन्त्री पुनले विद्युतीकरणको सुरक्षाको पाटोलाई ध्यान दिन आग्रह जाेखिमयुक्त अवस्थामा रहेका काठका पाेलहरु तत्काल हटाउन निर्देशन दिए ।
विद्युतीकरणमा गुणस्तरहीन कामसमेत हुने गरेको उल्लेख गर्दै ऊर्जामन्त्री पुनले गुणस्तरयुक्त काम बनाउने दिशातर्फ ध्यान दिन पनि निर्देशन दिनुभएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री पुनले काठको पोल प्रयोग गरेको कारण भएका मानवीय क्षतिलाई कम गर्न र देशभर काठका पोल विस्थापित गर्न मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने जानकारीसमेत दिए ।
छलफलमा सहभागीहरुले आ–आफ्नोतर्फबाट विषयको गम्भीरतालाई मूल्यांकन गरी काम गर्ने र दुर्घटनाबाट जोगाउने प्रतिबद्धता जनाएका थिए ।
पाल्पामा दुईवटा खोलामा डुबेर मंगलवार दुई जनाको ज्यान गएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ मा रहेको तिनाउ खोलाको ड्याममा डुबेर घुम्न आएकी भारतीय युवती महिलाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाक...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
भैहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ मा बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आम...
हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...
सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...
एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...