×

NMB BANK
NIC ASIA

सरकारको प्रयासले सार्थकता पाउँदै, के-के सुधार भयो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ?

साउन ६, २०७५

NTC
Sarbottam
Premier Steels
Marvel

–रमेश लम्साल/सिबी अधिकारी 

Muktinath Bank

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले सामाजिक सञ्जाल फेसबुकमा मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थलमा व्यापक सुधार भएको स्टाटस शनिबार पोस्ट गर्नुभयो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

सो स्टाटसमा हालसम्म धेरैले प्रतिक्रिया जनाउनुभएको छ भने ९२ पटक शेयर भएको छ । सो स्टाटसलाई मन पराउनेको संख्या एक हजार २०० छन् । नेता भट्टराईको स्टाटस पढेपछि साेधियाे–साँच्चीकै विमानस्थल सुधार भएको हो त ? उहाँको प्रतिक्रिया थियो “ विगतमा भन्दा धेरै सुधार भएको छ । त्यो मैले आफँैले अनुभव गरेँ ।” 


Advertisment
Nabil box
Kumari

नेता भट्टराईले मुलुकको आँखीझ्यालका रुपमा रहेको विमानस्थलमा सुधार हुनुलाई वर्तमान सरकार र त्यसका विभागीय मन्त्री रवीन्द्र अधिकारीको प्रयासले सार्थकता पाएको उल्लेख गर्नुभयो । 

Vianet communication
Laxmi Bank

उहाँले भन्नुभयो, “प्रस्थान र आगमन पत्र भर्न यात्रुलाई झन्झटिलो थियो र त्यसको कुनै उपयोगिता पनि थिएन त्यो हटाएर राम्रो काम भएको छ ।”

सरकारले गत जेठ ७ गतेदेखि विमानस्थल २१ घण्टा सञ्चालनमा ल्याएको छ । सोही योजनाको प्रभावले गर्दा विमान उडान र अवतरणमा रहेको एयर ट्राफिकको समस्यामा समेत उल्लेख्य सुधार आएको छ । 

नेता भट्टराईले थप भन्नुभयो, “विमानबाट ओर्लेपछि आधा घण्टाभित्रमा लगेजसमेत लिएर बाहिर निस्किन सक्नु त क्रान्ति नै जिते जस्तो लाग्यो मलाई ।” 

विमानस्थलको प्रतिक्षालय, शौचालय पहिलेभन्दा सफा देखिएको उल्लेख गर्दै नेता भट्टराईले सानो प्रयासबाट पनि ठूलै उपलब्धि हासिल हुन सक्ने भन्दै राम्रोलाई राम्रो नै भन्न सक्ने बानी बसाल्नसमेत आग्रह गर्नुभयो । 

नकारात्मक विषयले मात्रै प्राथमिकता पाइरहेका बेला सकारात्मक काम र अभ्यासलाई सबैले साथ दिनु जरुरी देखिएको छ । 

तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार र ऊर्जामन्त्री जनार्दन शर्मा र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गरेको सानो प्रयासले मुलुकमा लामो समयदेखि जकडिँदै आएको विद्युत्भार कटौतीको समस्याबाट मुलुकले त्राण पाएको थियो । गरे के हुँदो रहेनछ भन्ने एउटा प्रमाण विद्युत्भार कटौती पनि थियो । त्यस्तै प्रयासमा वर्तमान सरकार लागिपरेको छ । विमानस्थल सुधार तथा विकृति विसंगतिको अन्त्यका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले निरन्तर पहल गर्दै आउनुभएको छ । 

मन्त्री अधिकारी भन्नुहुन्छ, “सानो कामबाटै शुरु गरौँ र सेवाग्राहीलाई नै सुधारको अनुभव गराऔँ भन्ने मान्यता छ । सोही आधारमा काम भइरहेको छ ।” 

मन्त्री अधिकारीले सार्वजनिक गर्नुभएको कार्ययोजनामा समेत विमानस्थल सुधारको कामलाई प्रमुख प्राथमिकतामा राखिएको छ । विमानस्थलमा हुने सामान्य व्यवहार तथा शिष्टताले पनि ठूलो अर्थ राख्दछ । त्यो राष्ट्रिय प्राथमिकताको विषयसमेत हो । 

वर्तमान सरकारले विमानस्थलको सुधार, सुरक्षा प्रणालीमा रहेको कमजोरीको अन्त्य गर्दै यात्रुलाई सरल र सहजरुपमा सेवा दिने लक्ष्य राखेको छ । सो लक्ष्यलाई पूरा गर्न हरतरहको प्रयास भइरहेको छ र केही सफलतासमेत हासिल भएको छ । 

विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले पछिल्लो दिनमा गरिएको प्रयासले सार्थकता पाएको बताउनुभयो । 

पर्यटनमन्त्रीका रुपमा अधिकारीले जिम्मेवारी सम्हालेदेखि विमानस्थल सुधार पहिलो प्राथमिकतामा परेको थियो । अहिले अध्यागमनमा विद्युतीयरुपमा नै फारम भर्ने व्यवस्थाले नेपाली यात्रुलाई सहज बनाएको छ । महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “यो ठूलो परिवर्तन हो । फारम भर्न नजान्ने, लेखपढ गर्न नजान्ने, शशारीरिकरुपमा अशक्त नागरिका लागि यो व्यवस्था अति उपयोगी देखिएको छ ।” 

सरकारको पछिल्लो प्रयासले विमानस्थलको सेवालाई सर्व सुलभ र प्रभावकारी बनाउन बल पुगेको छ । अहिले ४५ मिनेटमा ९९ प्रतिशत लगेज सम्बन्धित यात्रुले लिइसक्छन् । विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि सकारात्मक प्रभाव परेको छ । 

हाल एयर ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाइएको छ । हरेक दिन बिहान ६ बजे अगावै आन्तरिकतर्फबाट उडान गरिसक्ने व्यवस्था मिलाइएको छ । विगतमा विमानस्थल ६ बजे खुल्ने गरेकामा हाल बिहान ५ बजे नै खुल्ने व्यवस्था गरिएको छ । यस्तो व्यवस्थाले उडान र अवतरणको चापमा समेत व्यवस्थापन गर्न बल पुगेको छ । 

विमानस्थल २१ घण्टा सञ्चालनमा आएपछि पछि लामो समय ‘होल्ड’ बस्नुपर्ने बाध्यतासमेत हटेको छ । कहिलेकाहीँ सामान्य प्राविधिक समस्याका कारण उडान तलमाथि हुने विषय फरक भए पनि विमानस्थललाई व्यावसायिक र यात्रुमैत्री बनाउन हदैसम्मको प्रयास गरिएको महाप्रबन्धक क्षेत्रीको भनाइ छ । 

निजी वायु सेवा कम्पनीलाई उडान अनुमतिपत्रमा गरिएको व्यवस्थाअनुसार नै क्षेत्रीय विमानस्थलमा पार्किङ गर्नुपर्ने नीतिलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याइएको छ । केही विमान सेवा प्रदायकले त्यस्तो प्रक्रिया शुरु गरिसकेका छन् । 

विमानस्थल सुधारमा भइरहेको प्रयासबारे पर्यटनमन्त्री अधिकारीले विमानस्थलका पदाधिकारीलाई धन्यवादसमेत दिनुभएको छ । 

महाप्रबन्धक क्षेत्रीले भन्नुभयो, “आज मन्त्री अधिकारीले टेलिफोन विमानस्थलमा जे जति सुधार देखिएको छ, त्यसप्रति धन्यवाद दिनुभयो । अझै इमान्दार भएर जिम्मेवारीपूर्वक काम गर्न निर्देशन दिनुभएको छ । यसले हामीलाई थप उत्साहित बनाएको छ ।” 

हाल अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक र अन्तर्राष्ट्रिय गरी दैनिक झण्डै ४०० उडान र अवतरण हुने गरेको छ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा नै सञ्चालमा ल्याउने तयारी पनि गरिरहेको छ । यस्तै विमानस्थलको धावनमार्ग सुधार तथा अन्य व्यवस्थापनका कामलाई समेत पहिलो प्राथमकितामा राखेको छ । 

धावनमार्गको कालोपत्र उप्कने तथा कहिलेकाहीँ देखिने समस्या समाधानका लागि मन्त्रालय र विमानस्थलले पनि समयमै ध्यान दिने र आवश्यक सुधार गर्न आवश्यक प्रक्रियासमेत अगाडि बढाएको छ । रासस

hAMROPATRO BELOW NEWS
TATA Below
चैत २७, २०८०

नेपाली सेनामा कार्यरत तीन जना सैनिकको मृत्यु भएको छ । डोल्पाको  दुनैस्थित ठुलीभेरी नगरपालिका–४ मा पर्ने तिप्लामष्टा भवानी सामुदायिक वनमा लागेको आगो निभाउन परिचालित सदरमुकाम सुरक्षा गुल्मका तीन सै...

माघ २३, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनाताको जीवनस्तर सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । सिंहदरबारमा आज आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री प्रचण्डले शिक्षा, स्वास्थ्य, र...

माघ २९, २०८०

सत्ताको नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को विधान सम्मेलन मङ्गलबार राजधानीमा सुरु हुँदैछ । भोलि बिहान ११ बजे कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानको प्रेक्षालयमा हुने सम्मेलनको सम्पूर्ण तयारी पूर...

मंसिर १४, २०८०

स्किल सेवाले घर निर्माणसम्बन्धी निःशुल्क प्राविधिक परामर्श कार्यक्रम गर्दै आइरहेको छ । घरसम्बन्धी चुनौतीहरूको पहिचान र समाधान गर्न विगत पाँच वर्षदेखि सेवाले आफ्ना ३ शाखाहरूमार्फत काम गर्दै आइरहेको छ । सेवाले ...

कात्तिक २५, २०८०

पृथ्वीराजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–३ धयरेमा भएको सवारी दुर्घटनामा बाबुको मृत्यु भएको छ भने छोरा घाइते भएका छन् । पोखराबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख २९४१ नम्बरको माइक्रोले विपरित दिशा...

मंसिर १६, २०८०

नेकपा एमालेको समृद्धिको लागि संकल्प यात्रा अछामको मंगलसेन पुगेको छ । झुलाघाट-चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्राअन्तर्गत एमालेको टोली शनिवार मंगलसेन पुगेको हो ।

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

'एमाले यो सरकारको धरौटीमा छ, बजेट सहमतिमै बन्छ'

बैशाख ७, २०८१

हामी १५औं अन्त्य गरेर १६औं योजनाको तयारीमा जाँदै छौं । दलका शीर्ष नेताबीच १६औं योजनाको विषयमा छलफल भएको छ । १५औं योजनाको असफलता र नमिलेका कुरालाई १६औं मा सुधार्छौं । हाम्रो गन्तव्य कहाँ हो भन्ने संविधानले ...

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

उल्लासविहीन नयाँ वर्ष, चंगुलमा परेको लोकतन्त्र

बैशाख ६, २०८१

सच्चा लोकतन्त्रमा सिमान्तमा रहेको नागरिकले पनि यो देश मेरो हो भन्ने अनुभूति गर्न सक्नेछ- माहात्मा गान्धी । माथि गान्धीको भनाइ किन उद्धृत गरिएको हो भने नयाँ वर्षको आगमन भैसकेको छ र २०८० को बिदाइ बडो हर्षपूर्वक...

ज्ञान र विज्ञानको भण्डार

ज्ञान र विज्ञानको भण्डार

बैशाख १, २०८१

एक दिन काम विशेषले नयाँ सडकतिर गएको थिएँ, मोबाइल टिङटिङ गर्‍यो । हेरेँ पुराना मित्र जयदेव भट्टराई, सम्पादक मधुपर्क (हाल अवकाश प्राप्त) ले सम्झेका रहेछन् । हामी दुई लामो समयसम्म सँगै रह्यौँ, कहिले गोरखापत्र...

x